चीनमा मध्यम गतिको चुम्बकीय रेल गुड्ने (तस्बिरहरु)



नयाँ वर्षको अवसर पारेर चीन सरकारले मध्यम गतिको चुम्बकीय उत्तोलक रेल सञ्चालनमा ल्याउने भएको छ। २५ डिसेम्बरमा परीक्षण गरिएको यो रेल १०० किलोमिटर प्रतिघण्टा गुड्नेछ।

२०२० सम्म विश्वकै ठूलो, तीब्र र अत्याधुनिक प्रविधियुक्त रेल सञ्जाल बनाउने उद्देश्यसहित यो रेल सञ्चालनमा ल्याइएको चीन सरकारले जनाएको छ। कूल आठ स्टेसनमा रोकिने यो रेल शचिङ्शानको फिङ्क्वो युआन सव वेबाट चल्नेछ।

एकपटकमा १३ सय भन्दा बढी यात्रु बोक्ने क्षमता भएको यो रेल गत डिसेम्बर ९ तारिखमा उत्तरी चीनको हुबेइ प्रान्तको राजधानी थाङ्शानबाट बेइजिङ ल्याइएको हो। विज्ञहरुका अनुसार म्याग्लेव रेलहरु हाल सञ्चालित मेट्रो र अन्य हल्का रेल कारभन्दा सुरक्षित र सस्तो हुन्छ। इलेक्ट्रो म्याग्नेट र विशेषगरी त्यसकै लागि डिजाइन गरिएको हुनाले ट्राकबाट हुत्तिने संभावना कम हुन्छ। अत्यन्त खराब मौसममा पनि कम हल्ला र शून्य उत्सर्जनमा यसलाई गुडाउन सकिन्छ।

चुम्बकबाट बेग हान्ने तीब्र गतिको यो रेल विश्वमै पहिलो पटक साँघाइमा बनाइएको हो। तस्बिर: एजेन्सी

प्रकाशित ११ पुस २०७३, सोमबार | 2016-12-26 14:24:39

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेसलाई रोक्न जोसँग पनि तालमेल गर्ने एमाले रणनीति

    एमाले नेताहरुले t उपेन्द्र यादव र विजय गच्छदारसँग तालमेलका लागि विमर्श सुरु गरेका छन्। ‘मधेसमा जोसँग मिल्दा हामीलाई फाइदा हुन्छ त्योसँग मिल्ने नीति...

  • माला पहिरन ठिक्क परेका महा-मेयर

    यसअघि नै दुई–दुई पटकसम्म वडा अध्यक्ष भएर काम गरेका शाक्य काठमाडौंका लागि पार्टीका कुशल संगठक पनि हुन्। उम्मेदवार मात्र नभएर पार्टीको एउटा संगठकले...

  • नवनिर्वाचित मेयर मानबहादुर जिसी

    महानगर हाँक्ने मानबहादुर

    क्याम्पस पढ्न एक ठिटो झोला भिरेर सहर आइपुग्यो। उच्च शिक्षा लिन गाउँबाट सहर आइपुगेको तन्नेरीले मनको चर्खा पढाइमा भन्दा अन्तै घुमाइरहेको थियो। उसलाई...

  • ‘देउवालाई नचिनेर पनि चुनाव जितिँदोरहेछ’

    कुराकानी पछि छुट्टिने बेला चिरिबाबु भन्दै थिए, ‘ चिरिबाबुले ललितपुरका सांस्कृतिक सम्पदाहरु जोगाएरै विकास गर्ने छ, विकासका नाउँमा जथाभावी गर्ने छैन,...