ठगी रोक्न ट्याक्सीमा अब ‘प्रिन्टर मेसिन’



सन्देश दुमरु

ट्याक्सी चालकबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो बढेपछि सरकारले ट्याक्सीमा ‘प्रिन्टर मेसिन’ जडान गर्ने भएको छ।

नेपाल नापतौल तथा गुणस्तर विभागका अनुसार मंसिर महिनाबाटै ट्याक्सीमा प्रिन्टर मेसिन जडान कार्य सुरु हुनेछ। ‘आफ्नो ट्याक्सीमा प्रिन्टर जडान गर्न व्यवसायी पनि इच्छुक छन्,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘प्रिन्टर मेसिन जडान गर्न आवश्यक पर्ने सहयोगका लागि सरकार समेत तयार रहेको छ।’

ट्याक्सीमा प्रिन्टर मिटर राख्ने विषयमा व्यवसायी र सरकारबीच विभिन्न चरणमा छलफल समेत भइसकेको छ। आगामी मंसिर २२ गते हुने छलफलबाट पहिलो चरणमा कति ट्याक्सीमा प्रिन्टर मेसिन राख्ने विषयमा अन्तिम टुंगो लाग्ने महानिर्देशक पुडासैनीले जानकारी दिए।

‘ट्याक्सीको मिटर राखिएकै ठाउँमा प्रिन्टर मेसिन राखिन्छ,’ उनले भने, ‘त्यसका लागि व्यवसायी साथीहरू पनि सहमत भएका छन्।’ आपूर्ति मन्त्रालयको निर्देशन पछि विभागले यस्तो कार्य अघि बढाएको हो। उनका अनुसार पहिलो चरणमा एक सय वटा ट्याक्सीमा प्रिन्टर मेसिन राख्ने तयारी गरेको हो। तर, त्यो नै अन्तिम हैन। व्यवसायीबीच छलफल गरेर निर्णयमा पुग्ने विभागको तयारी छ।

पुडासैनीका अनुसार प्रिन्ट गर्दा निस्किने ‘स्लीप’मा चालकको नाम, ठेगाना, कुन ठाउँदेखि कुन ठाउँसम्मको यात्रा र लाग्ने शुल्क समेत तोकिएको हुन्छ। ग्राहकले भाडा तिरेपछि त्यसमा सम्पूर्ण विवरण आउने र यदि आपूm ठगिएको शंका लागेमा तिरेको ‘रिसिप’ ट्राफिक प्रहरीसमक्ष उजुरी गर्न सकिने व्यवस्था हुन्छ।

तर, व्यवसायीले सस्तोदरमा प्रिन्टर मेसिन उपलब्ध गराइदिन सरकारसँग आग्रह समेत गरेको उनको भनाइ छ। ‘आवश्यक रकम हामी आफै तिर्छौ, तर सस्तो दरमा प्रिन्टर मेसिन उपलब्ध गराइदिनु भन्नु भएको छ,’ उनले भने, ‘सरकार सहजीकरण गर्न तयार रहेको छ।’

ट्याक्सी चालकले चर्को मूल्य लिने र मिटर चलाएर यात्रा गर्न नमान्ने गुनासो आएपछि सरकारले यस्तो कार्य रोक्न प्रिन्टर मेसिन राख्न लागेको हो । ‘पहिलो चरणमा छलफल गर्दा उनीहरू (व्यवसायी) प्रिन्टर राख्न तयार थिएनन्,’ उनले भने, ‘तर, अहिले उनीहरु पनि सहमत भएका छन्,।’ सरकारले मंसिर पहिलो साताबाट ट्याक्सीमा प्रिन्टर मेसिन राख्ने योजना बनाए पनि व्यवसायीहरु सहमत नभएपछि लम्बिएको हो।

पुडासैनीका अनुसार प्रिन्टर मेसिन राख्दा धेरै खर्च पनि नहुने अहिलेको विकृति रोक्न सहयोग पुग्छ । ‘कुनै ट्याक्सी व्यवसायीले उपभोक्ताबाट तोकिए भन्दा बढी मूल्य लिएको पाइएमा प्रमाणसहित उजुरी गर्न सकिन्छ,’ उनले भने, ‘व्यवसायीको यस्तो कार्य रोक्न सरकारले नयाँ कदम चालेको हो।’

 

प्रकाशित १५ मंसिर २०७३, बुधबार | 2016-11-30 16:44:59

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • फाइल

    दबाबमा कांग्रेसका शीर्ष नेता, को कहाँ छन् सक्रिय?

    कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव भने काठमाडौंमै आराम गरिरहेकी छिन्। अस्वस्थ रहेकी यादव असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका...

  • सुन्नुस त! विचार हाम्रा पनि छन्

    जब ग्राहक बारीमा सीधै ताजा तरकारी किन्न जान थाल्छ, बिचौलियाहरु बिच्किन थाल्छन्। र बिचौलिया नबिच्केसम्म ताजगी अलि परको कुरा हुन्छ। विचारका...

  • पवन चाम्लिङ

    गोर्खाल्याण्डप्रति दार्जिलिङबाहिर पनि समर्थन बढ्दै

    भारतको पूर्वोत्तर पहाडी सहर दार्जिलिङमा बेग्लै गोर्खाल्याण्ड राज्यको माग गर्दै सुरु भएको आन्दोलन झण्डै दुई सातादेखि जारी छ। आन्दोलनप्रति...

  • बारपाकमा नमूना एकीकृत बस्ती? गफै मात्र भो

    सहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले नगर बिकास समिति गठन नहुँदा एकीकृत बस्ती बिकास प्रक्रिया अघि बढाउन कानूनी...