‘स्मार्ट प्राक्टिसेस इन रेष्टुरेण्ड बिजनेस’ तालिम



प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले नेपाली पर्यटन क्षेत्रको जनशक्तिको सीप तथा ज्ञान अभिवृद्दि गर्ने उद्देश्यका साथ निरन्तर रुपमा मानव संसाधन विकास सम्बन्धी तालिम तथा कार्यशाला गोष्ठी सञ्चालन गर्दै आएको छ।

यस अभियान अन्तर्गत पाटा नेपालले पूनः नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहयोगमा जनवरी ३० र ३१ मा राजधानीको ¥याडिसन होटलमा ‘स्मार्ट प्राक्टिसेस इन रेष्टुरेण्ड बिजनेस’ शीर्षकमा २ दिने तालिम सम्पन्न गरेको छ। पाटाले तालिम प्रशिक्षणका लागि हङकङ पोलिटेक्निक युनिवर्सिटीका प्रोफेसर डा. मुरे म्याकन्सि र ¥यान स्मिथलाई नेपाल आमन्त्रण गरेको हो।

कार्यक्रममा होटेल, रेस्टुरेण्ट, एयरलाईन्स तथा होटेल म्यानेजमेन्ट कलेजहरु बाट करिब १९० जनाले सहभागिता जनाएका थिए। नेपाल पर्यटन बोर्डका सीइओ तथा पाटा नेपालका प्रथम उपाध्यक्ष दीपकराज जोशीले कार्यक्रममा उपस्थित प्रशिक्षक तथा सहभागीरुलाई स्वागत गदै मानव संसाधन सीप विकास र सेवा सुÞदृढीकरण नेपाली पर्यटनक्षेत्रको आवश्यक बिषय भएको बताउँदै वहाँले पाटा नेपाललाई निरन्तर रुपमा उल्लेखनीय योगदान पु¥याएको बताए।

प्रशिक्षकहरुले रेस्टुरेण्ट तथा क्याटरिङ विजनेसमा नवितम तथा सफल अभ्यासहरु अन्तर्गत स्ट्राटेजिक मेनु डिजाइन, रेस्टुरेण्ट टेक्नोलोजी, वाइन सेलिङ एण्ड मांकेटिङ, फुड एण्ड वाइन पेरिङ, वाइन टेस्टिङ जस्ता बिषयहरुमा प्रशिक्षण दिएको पाटा नेपाल च्याप्टरका कार्यकारी प्रबन्धक सुरेश सिहं बुडालले जानकारी दिए। यसैगरी आगामी फेब्रुअरी २ मा रेस्टुरेण्ट तथा बार एशोसिएशन नेपाल– पोखरासँगको सहकार्यमा पोखरामा समेत १ दिने तालिम आयोजना गरिने जानकारी दिए।

प्रकाशित १८ माघ २०७३, मंगलबार | 2017-01-31 12:39:42

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...