‘हवाइ, रेल र सडकमार्फत नेपाललाई दुई मुलुकसँग जोड्छौं’



प्रधानमन्त्री पुष्पकमल दाहालले हवाई, रेल र सडकमार्गबाट देशलाई दुई ठूला राष्ट्रसँग जोड्ने अभियान थालेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सको ६६ औँ वार्षिक साधारणसभा तथा चेम्बर दिवस उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले नेपाल दुई ठूला देशको बीचमा रहेकाले त्यसबाट फाइदा लिन यस्तो गर्न लागिएको बताए। त्यसैगरी दाहालले त्रिदेशीय व्यापारिक साझेदारी कायम गर्नसके त्यसको सबैभन्दा बढी फाइदा नेपाललाई हुने बताए। हवाई, रेल र सडक यातायात सम्पर्कबाट त्रिदेशीय व्यापारिक साझेदारिता बढाउने उद्देश्य अनुरुप उत्तर–दक्षिण मार्ग निर्माणमा जोड दिएको उनको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले निरन्तर विद्युत् आपूर्ति गर्न सरकारले अग्रसरता देखाएजस्तै आर्थिक वृद्धिमा पनि अभियान चलाउनुपर्ने बताए। कार्यक्रममा दाहालले रुग्ण उद्योगलाई पुनःस्थापना गर्ने तयारीमा सरकार लागेको जानकारी दिए। वित्तीय क्षेत्रलाई सुदृढ बनाउन हालै बैँक तथा वित्तीय संस्थासम्बन्धी ऐन पारित भयो, नयाँ खुल्ने उद्योगलाई विद्युत् आपूर्ति गर्न सरकारले सहयोग गर्ने उनको भनाइ छ।
दाहालले आर्थिक क्षेत्रसँग सम्बन्धित निर्णय गर्दा निजी क्षेत्रसँग सुझाब माग्ने बताएका छन्।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले विद्युत उत्पादन बढाएर पेट्रोलियम पदार्थको आयात घटाउनुपर्ने सुझाव दिए। अहिले आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम छ, वार्षिक एक खर्बभन्दा बढी पेट्रोलियम पदार्थको आयातमा खर्चिनुपरेको छ। यसबाट मुक्त गर्ने आर्थिक नीति निर्माण गरिनुपर्ने उनको भनाइ छ।

त्यसैगरी, कार्यक्रममा सो अवसरमा लोडसेडिङ न्यून गर्न योगदान दिएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको थियो।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 18:50:29

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेसलाई रोक्न जोसँग पनि तालमेल गर्ने एमाले रणनीति

    एमाले नेताहरुले t उपेन्द्र यादव र विजय गच्छदारसँग तालमेलका लागि विमर्श सुरु गरेका छन्। ‘मधेसमा जोसँग मिल्दा हामीलाई फाइदा हुन्छ त्योसँग मिल्ने नीति...

  • माला पहिरन ठिक्क परेका महा-मेयर

    यसअघि नै दुई–दुई पटकसम्म वडा अध्यक्ष भएर काम गरेका शाक्य काठमाडौंका लागि पार्टीका कुशल संगठक पनि हुन्। उम्मेदवार मात्र नभएर पार्टीको एउटा संगठकले...

  • नवनिर्वाचित मेयर मानबहादुर जिसी

    महानगर हाँक्ने मानबहादुर

    क्याम्पस पढ्न एक ठिटो झोला भिरेर सहर आइपुग्यो। उच्च शिक्षा लिन गाउँबाट सहर आइपुगेको तन्नेरीले मनको चर्खा पढाइमा भन्दा अन्तै घुमाइरहेको थियो। उसलाई...

  • ‘देउवालाई नचिनेर पनि चुनाव जितिँदोरहेछ’

    कुराकानी पछि छुट्टिने बेला चिरिबाबु भन्दै थिए, ‘ चिरिबाबुले ललितपुरका सांस्कृतिक सम्पदाहरु जोगाएरै विकास गर्ने छ, विकासका नाउँमा जथाभावी गर्ने छैन,...