संवैधानिक पद धारण गरेको व्यक्ति बैंक सञ्चालक बन्न नपाउने

संवैधानिक पद धारणा गरेको व्यक्तिले बैंक तथा वित्तीय संस्थाको सञ्चालन बन्न नपाउने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन संसोधन तथा एकीकरण गर्न बनेको विधेयक (बाफिया) व्यवस्थापिका संसद्बाट स्वीकृत भएसँगै यस्तो व्यवस्था लागू भएको हो।

बाफियामा बैंक तथा वित्तीय संस्था संचालनमा आएको १० वर्षपछि संस्थापक सेयरलाई साधारणमा परिणत गर्न सकिने व्यवस्था राखिएको छ। अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको दुई कार्यकाल लागि तोएिको छ।
मंगलबार बसेको ब्यवस्थापिका संसदको बैठकले विधयेक पारित गरेको हो। विगतमा अर्थसमितिमा पास गरेको बाफिया व्यवस्थापिका संसद्ले समितिमा फर्कादिएको थियो।

प्रकाशित 2017-01-10 14:16:15