तानसेनको आगामी वर्षको बजेट १५ करोड



तानसेन नगरपालिकाको २०औँ नगरपरिषद्ले आव २०७४/०७५ को १४ करोड ६६ लाख ७२ हजार ७१६ रुपियाँको बजेट तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ। तानसेन नगरपालिकाका कार्यकारी अधिकृत अनिल पौडेलले आगामी आवमा परिषद्ले पुँजीगततर्फ १३ करोड १४ लाख ७२ हजार ७ सय १६ र चालु प्रशासनिकतर्फ एक करोड ५२ लाख रुपियाँ छुट्याएको बताए।

परिषद्ले सन् २०१८ भित्र तानसेन नगरलाई शून्य फोहरयुक्त नगरपालिका घोषणा गर्ने, प्लास्टिकमुक्त नगरलाई नेपालमै नमुना नगरपालिका बनाउने, तानसेनलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको अधिकृत पौडेल बताउँछन्।

तानसेनलाई सरकारले घोषणा गरेअनुसारको ऐतिहासिक तथा सांस्कृतिक सहरको रुपमा विकास गर्ने, पर्यटकीय आर्कषणको रुपमा रहेको श्रीनगर पार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने, गौडे पुलदेखि होलाङ्दीसम्म सडकलाई चार लेनको बनाउने जस्ता महत्वाकांक्षी योजना अघि बढाएको छ।

परिषद्ले उत्कृष्ट काम गर्ने कर्मचारी विष्णु पौडेल, मनोहरलाल शाक्य, रुपा शाक्य, मङ्गलबहादुर भाट, राजु महर्जन, धनबहादुर सारु, लोकमान श्रेष्ठ, दिलबहादुर दमाई, तथा उत्कृष्ट करदाता पाल्पाली छे र सरसफाइतर्फ कैलाशनगर युवा क्लबलाई सम्मानित गरेको छ ।

पाल्पाका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले नगरपालिका जस्तै जिल्लाको आन्तरिक स्रोत कम भएकाले चाहे जति बजेट तानसेन नगरपालिकालाई विनियोजन गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका नेताको सहभागिता रहेको थियो । रासस

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 13:05:10

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ‘केरुङ–काठमाडौ जोडिने चिनियाँ रेल भारतले चाहेर पनि रोकिन्न’

    चीनले अघि सारेको ओबीओआरबाट नेपालले भारतसँग रहेको ६५ प्रतिशत व्यापारमा निर्भरता आगामी १० वर्षपछि सन्तुलनमा आउनसक्ने अनुमान सुनाउँदै छिमेकीका सबल र...

  • मुसहर बस्तीका एक्ला प्लस टु विद्यार्थी मञ्जय सदा

    धुर्मुस–सुन्तलीसँग काँध मिलाउँदै यी मुसहर युवा

    पुस अन्तिम साता महोत्तरी बर्दिबास नगरपालिका वडा नं २ मा रहेको एकीकृत नमुना मुसहर बस्ती शिलान्यासमा एक जना फुर्तिला युवा जोसिँदै मुसहर बस्तीका...

  • यसै साता काठमाडौँ ओर्लंदै छ नयाँ जहाज ‘एमए ६०’

    नेपाली टोलीसँग चीन पुगेका नेपाली क्याप्टेनले उडाएर एमए ६० जहाज ल्याउने तयारी भएको निगम स्रोतले जानकारी दिएको छ। ‘पहिलो चरणमा एमए ६० मात्रै आउँछ,’...

  • दुई पटक अनमेल विवाह दुई पटक अनमेल विवाह गरेका सखी–६ टुनिबोट रोल्पाका ७५ वर्षीय भीमबहादुर खत्री परिवारका साथमा।

    'कसैले पनि अनमेल बिहे नगरोस्, दु:ख मात्र पाइन्छ'

    खत्रीको भनाइ छ “अहिले म ७५ वर्षको भएँ। अब कति बाँचुला र ? कतै म मरे भने बच्चाले त दुःख पाउलान् नै। तर श्रीमती पो के गर्लिन् ? कहाँ जालिन् ? उनको अझ...