विराटचोकमा कोसीहरैंचा एक्स्पो तयारी



उदीयमान सहर विराटचोकमा आगामी फागुन २१ देखि २७ सम्म विशेष महत्वका साथ कोसीहरैचा एक्स्पो–२०७३ सञ्चालन गरिने कुरा आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। आयोजक मूल समितिका संयोजक एवम् उद्योगी भोलेश्वर दुलालले पूर्वमा नै सबैभन्दा ठूलो व्यापारिक कारोबार हुने एक्स्पो लगाउने तयारी भइरहेको बताए।

कृषि तथा औद्योगिक प्रदर्शनीको सम्मिश्रणको सघनता रहने एक्स्पोलाई भव्य र सहभागितामूलक बनाउनका लागि उपभोक्ताले चाहेको वस्तु एकै स्थानमा उपलब्ध गराउने एक्स्पोको मूल ध्येय रहेको संयोजक दुलालले बताए।

रु ६८ लाखको लागतमा एक्स्पो लगाउने स्थानको तयारी थालिएको जानकारी दिँदै एक्स्पो स्थलमा २०१ स्टल रहने संयोजक दुलालले उल्लेख गर्दै एक्स्पोमा नुनदेखि सुनसम्म एकै ठाउँ भने झै उपभोग्य सामानदेखि मनोरञ्जनका साधनसमेत सुलभ मूल्यमा उपलब्ध गराउने प्रयास हुने जानकारी दिए।

एक लाख मानिसले एक्स्पो अवलोकन गर्नेछन् भन्ने विश्वास गरिएको सो कृषि तथा औद्योगिक एक्स्पोले रु १० करोडको आर्थिक कारोबार गर्ने विगतका एक्स्पोको अनुभवबाट अनुमान गरेको उद्योग वाणिज्य सङ्घ विराटचोकका अध्यक्ष नवराज चापागाईंले बताए। एक्स्पोमा टिकट बिक्री र स्टलबाट मात्र रु एक करोड ४५ लाख आम्दानी हुने पनि अनुमान गरिएको बताइएको छ।

एक्स्पोमा अटोमोबाइल्सका २१ वटा, कृषि उत्पादनका १० वटा, खाद्य परिकारका होटलको २० वटा र अन्य विभिन्न उत्पादनका १५० वटा स्टल रहने तयारी पनि भइरहेको एक्स्पो मूल आयोजक समितिका महासचिव सन्तोष वान्तवाले बताए। रासस

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 09:39:52

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सिंहदरबार रेट्रोफिटिङ गर्न टेण्डर निकाल्ने तयारी

    भूकम्पले क्षतिग्रस्त बनाएको सिंहदरबार रेट्रोफिटिङ (सबलीकरण) गरिने भएसँगै पुनर्निर्माणले गति लिने भएको छ। सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई...

  • पश्चिम सेतीले जगाएको आशा

    पश्चिमसेती जलविद्युत आयोजना अघि बढाउन वैधानिक रुपमा बाटो खुलेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बुधबार स्वीकृति दिएपछि ७ सय ५० मेगावाटको...

  • लण्डनले स्वागत गर्‍यो पहिलो चिनियाँ रेललाई

    चीनबाट बेलायतका लागि छुटेको मालबाहक रेल बुधबार लण्डन पुगेको छ। १८ दिनको यात्रापछि ७ हजार ५ सय माइल दूरी पार गरेर सो रेल पूर्वी लण्डनको बार्किङमा...

  • मधेशमा पाँच लाखको शक्ति प्रदर्शन: एमाले

    मधेशमा पाइला टेक्नै नपाउने चेतावनी खेपिरहेको नेकपा एमालेले मेचीदेखि महाकालीसम्म पाँच लाखभन्दा बढी जनता सडकमा उतार्ने तयारी भइरहेको बताएको छ।...