बैतडीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना



बैतडी जिल्लामा पनि प्रधानमन्त्री कृषि आधुिनकीकरण परियोजना सुरु भएको छ। जिल्ला कृषि विकास कार्यालयले चालु आवमा जिल्लामा ब्लक र पकेटको अवधारणाअनुसार परियोजना सुरु गरेको जिल्ला कृषि विकास कार्यालय प्रमुख दिव्यदेव भट्टले जानकारी दिए।

परियोजनाअन्तर्गत १०० हेक्टरको एक ब्लकका आधारमा मकै र मकैको बीउ उत्पादन तथा तरकारी उत्पादनका लागि कार्यक्रम गरिएका छन्। मकै र मकैको बीउ उत्पादनका लागि गाँजरी, सिगास, शिवलिङ्ग, थालाकाँडा, ढुङ्गाड, भटना, हाट, न्वादेउ, महादेवस्थान, मल्लादेही, मेलौली, सलेना, महारुद्र, विशालपुर र शिवनाथ गाविस छनोट गरिएका छन्।

यस्तै, तरकारी उत्पादनका लागि देहीमाडौँ, सलेना, सिद्धपुर, गोकुलेश्वर, दशरथचन्द नगरपालिका, गुरुखोला, सिद्धेश्वर, महारुद्र, चौखाम, भूमराज र न्वाली छनोट गरिएका छन्।

परियोजनाअन्तर्गत बीउबीजन, कृषि यान्त्रीकरण ५० प्रतिशत अनुदान दिइनेछ भने सिँचाइमा ८५ प्रतिशत अनुदान दिइने जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत कर्णबहादुर चन्दले बताए। रासस

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 10:29:17

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • श्री एयरलाइन्सको जहाज

    प्राधिकरणको अनुमति ढिलाइले श्री–एअरको जहाज क्यानडामै रोकियो

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुमति नदिँदा श्री एअरलाइन्सले ल्याउन लागेको दुई वटा जहाज क्यानाडामा रोकिएर बसेका छन्। तीन महिनादेखि बनेको...

  • अन्नपूर्णको फेदीमा आँखा अल्झँदा...

    नेपालको दशौँ अग्लो हिमाल अन्नपूर्ण (८०९१ मि) को आधार शिविर (४१३० मि) संसारभरमा परिचित छ। छपक्क हिउँले छोपिएको अन्नपूर्ण आधार शिविर मात्र होइन...

  • चीनसँग विगतमा भएका सम्झौता लागू गर्न प्रधानमन्त्री दाहाललाई विज्ञको सुझाव

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा चीन विज्ञहरुले चीनले अघि सारेको वान बेल्ट वान रोड–ओबीओआरको समझदारी पत्रमा हस्ताक्षर...

  • खैरेनी बनले हर्यो पर्यटकको मन

    अठार हेक्टर क्षेत्रफलमा फैलिएको खैरेनी सामुदायिक वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ। नदीले घेरेको वनलाई सानो...