वन विभागद्धारा सुर्खेतका डिएफओ पुरस्कृत



वन विभागले अधिक बेरुजु फस्र्योट गर्न सफल भएकोमा सुर्खेतका जिल्ला वन अधिकृत हेमराज विष्टलगायतको टिमलाई पुरस्कृत गरेको छ। विभागले पुस ६ गतेको निर्णयले जिल्ला वन अधिकृत विष्टसहित लेखापाल उत्तमकुमार उपाध्यायलाई जनही चार हजारका दरले नगद पुरस्कार प्रदान गरेको छ।

जिल्ला वन कार्यालय, सुर्खेतले गत आर्थिक वर्षसम्मका कायम बेरुजुमध्ये ७७ प्रतिशत फस्र्योट गरेवापत पुरस्कार प्रदान गरिएको हो। जिल्ला वन कार्यालयमा रहेको गत आर्थिक वर्षसम्मको बेरुजु एक करोड ५१ लाख २० हजार रुपैयाँमध्ये एक करोड १६ लाख ५३ हजार फस्र्योट भएको थियो।
पछिल्लो समय सरकारले सबै सरकारी कार्यालयहरुलाई बेरुजु फस्र्योटमा प्राथमिकताका साथ अघि बढ्न निर्देशन दिँदै आएको छ।

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 09:34:05

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरामा एमालेको विजय–सभा: मख्ख मुद्रामा ओली

    पोखरा–लेखनाथ महानगरसहित कास्कीका चार स्थानीय तहमा विजय हासिल गरेको पार्टी नेकपा एमालेले आज पोखरामा विजय–सभा आयोजना गरेको छ। विजय–सभामा हँसिलो...

  • मञ्जु गुरुङ

    राष्ट्रपतिकी मितिनी पोखराकी उपमेयर

    पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा एमालेबाट विजयी बनेकी मञ्जु गुरूङ राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी र आफ्नै साइँला बाबुको बुहारी सरस्वती...

  • दुर्घटनाग्रस्त गोमा एयरका घाइते चालक पारस रार्इको निधन

    सोलखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटनामा परेर घाइते गोमा एयरका विमान चालक पारस रार्इको उपचारको क्रममा निधन भएको छ। विमान दुर्घटनामा परेर...