राजधानीमा खुल्यो परामर्श कम्पनी राइट पाथ



नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले परामर्शको नाममा बदनाम गराउने उद्देश्यले यस्ता संस्था खोल्ने गरेको भन्दै त्यसबाट जोगिएर काम गर्न राइटपाथलाई अनुरोध गरेका छन्।

राजधानीको पुतलीसडकमा रहेको राइट पाथ कन्सल्टेन्सीको उद्घाटन गर्दै पाण्डेले यस्तो बताएका हुन्। ‘अहिले बजारमा छ्याप्छ्याप्ती रुपमा कन्सल्टेन्सी खुल्ने गरेको छन्,’ उनले भने, ‘त्यसमध्ये थोरैले मात्रै सेवाभाव राखेर काम गर्ने गरेका छन्। त्यसमध्ये राइट पाथ परोस्, यही शुभकामना छ।’

शैक्षिक परामर्शसहित विदेशमा अध्यापन गराउने उदेश्यसहित राइट पाथ करियर काउन्सिलिङ खुलेको अध्यक्ष फिलीप डिसीले जानकारी दिए। उक्त कन्सल्टेन्सीले अष्ट्रेलिया, भारत, बेलायत, न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, लाटभियालगायतका देशमा अध्ययनका लागि विद्यार्थी पठाउने जनाएको छ।

पाण्डेले नेपालमा शैक्षिक परामर्शलाई मर्यादित बनाएर अघि बढाउन आग्रह गरे। संघका निवर्तमान अध्यक्ष राजेन्द्र बरालले संघको स्थापनासँगै शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित बनाउन थालिएको बताउँदै स्वदेशमै पनि विदेशी विश्वविद्यालय सम्वन्धन लिएर सेवा सुरु भएको बताए। उनले शैक्षिक परामर्श व्यवसायीले गरेको मुनाफाबाट उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए।

बरालले पछिल्लो समयमा केही व्यवसायीले विश्वविद्यालय र जलविद्युतमा लगानी थालेको बताउँदै संघले सामूहिक लगानीमा जोड दिएर उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने सुझाब दिए। राइट पाथका अध्यक्ष फिलिप डिसीले मुनाफा भन्दा पनि सेवाभावलाई मध्यनजर गरेर कन्सल्टेन्सी संचालन गर्ने प्रतिवद्धता जनाए। कन्सल्टेन्सीका संचालक सुरज पौडेलले कन्सलेटेन्सी कारोबारलाई व्यवस्थित बनाउन संघले समेत अनुगमन गर्नुपर्ने बताउँदै अनुगमन हुन सकेमा नराम्रा व्यवसायी पाखा लाग्ने र राम्रा व्यवसायी अगाडी बढ्ने धारणा राखे।

प्रकाशित २४ पुस २०७३, आइतबार | 2017-01-08 17:36:04

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • श्री एयरलाइन्सको जहाज

    प्राधिकरणको अनुमति ढिलाइले श्री–एअरको जहाज क्यानडामै रोकियो

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुमति नदिँदा श्री एअरलाइन्सले ल्याउन लागेको दुई वटा जहाज क्यानाडामा रोकिएर बसेका छन्। तीन महिनादेखि बनेको...

  • अन्नपूर्णको फेदीमा आँखा अल्झँदा...

    नेपालको दशौँ अग्लो हिमाल अन्नपूर्ण (८०९१ मि) को आधार शिविर (४१३० मि) संसारभरमा परिचित छ। छपक्क हिउँले छोपिएको अन्नपूर्ण आधार शिविर मात्र होइन...

  • चीनसँग विगतमा भएका सम्झौता लागू गर्न प्रधानमन्त्री दाहाललाई विज्ञको सुझाव

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा चीन विज्ञहरुले चीनले अघि सारेको वान बेल्ट वान रोड–ओबीओआरको समझदारी पत्रमा हस्ताक्षर...

  • खैरेनी बनले हर्यो पर्यटकको मन

    अठार हेक्टर क्षेत्रफलमा फैलिएको खैरेनी सामुदायिक वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ। नदीले घेरेको वनलाई सानो...