निशान श्रेष्ठ बने ग्लोवल स्टुडेन्ट अवार्ड नेपालका विजेता



रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदशर्नीमार्ग काठमाडौंमा अध्ययनरत निशान श्रेष्ठ ग्लोवल स्टुडेन्ट इन्टप्रेनुअर अवार्ड (जीएसइए) नेपालबाट विभुषित भएका छन्।

जीएसइए नेपाल प्रतियोगिता नेपाली यूवा उद्यमी मंचको साझेदारीमा इन्टप्रेनुअर्स अर्गनाइजेसन नेपालले आयोजना गरेको हो। जीएसइए प्रतियोगिता भर्खर स्नातक गरेका यूवा उद्यमी विद्यार्थीहरुका लागि विश्वव्यापी प्रतिस्पर्धात्मक कार्यक्रम हो। जुन प्रत्येक देशमा आन्तरिक प्रतियोगिताबाट छानिएर जाने एक जना विद्यार्थी उद्यमीले उक्त प्रतियोगिताको विश्व संस्करणमा भाग लिने मौका पाउने गर्दछ।

उक्त अवार्ड कार्यक्रम शिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्ट, लैनचौरमा सम्पन्न भएको हो। विजेता विद्यार्थी श्रेष्ठले नगद पुरस्कार रु. ५० हजारका साथै प्रमाणपत्र प्राप्त गरेका छन्। विद्यार्थी श्रेष्ठसँग सम्बन्धित कम्पनी ईको सेल ईण्डष्ट्रिज प्रँ.लि.ले उक्त कार्यक्रममा भाग लिएको थियो। सो कम्पनीले नेपालमा भूकम्प प्रतिरोधात्मक, वातावरण मैत्री तथा किफायती निर्माण सामग्रीहरु उत्पादन गर्दै आइरहेको छ।

सम्मानित निशान श्रेष्ठले सन् २०१६÷१७ का लागि जर्मनीमा आयोजना हुने जीएसइए ग्लोवल २०१७ को फाइनल प्रतियोगितामा भाग लिन पाउने छन्। करिव ३७ भन्दा बढी देशका एक हजार सात सय भन्दा बढी विद्यार्थी उद्यमीहरु बीचको उक्त प्रतिस्पर्धात्मक विश्व कार्यक्रममा उनले भाग लिनेछन्। उक्त विश्व प्रतियोगितामा विजयी हुनेले अमेरिकी डलर ४ लाख सहित अन्य पुरस्कार हात पार्नेछ।

यसैगरि दोस्रो पुरस्कार काठमाडौं विश्व विद्यालयका जोनशन बोकटीले हात पारेका छन्। उनको कम्पनी ईन्डेभर प्रा.लि. हो। सो कम्पनीले मोबाइल एप्सको विकास गर्दै आएको छ। उक्त कम्पनीले कार्य व्यस्तताका बाबजुद पनि आफुलाई आएको फोन कल उठाउन मिल्ने पहिलो मोबाइल एप्सको विकास गरेको थियो। विजयी बोकटीले प्रमाणपत्र सहित नगद पुरस्कार रु. २५ हजार हात पारेका छन्।

त्यसैगरि तृतिय पुरस्कार नागार्जुना कलेज अफ आईटीका विकेश सापकोटाले हात पारेका छन्। उनको कम्पनी क्रेप्टीक थ्रेड टेक्नोलोजि प्रा.लि. सूचना प्रविधिसँग सम्बन्धित कम्पनी हो। यसको मुख्य उत्पादन स्कुल म्यानेजमेन्ट सिस्टम प्याकेज रहेको छ। विजयी सापकोटाले प्रमाण पत्र सहित नगद पुरस्कार रु. १० हजार हात पारेका छन्।

उक्त प्रतियोगिताका निर्णायक मण्डलमा फ्ल्युरा हिमालयनका एम.डी अजय बहादुर प्रधानाङ्ग, आई क्यापिटल प्रा.लि.का अध्यक्ष्ँ अजय श्रेष्ठ, मर्केन्टायल गु्रप प्रालिका प्रमुख लगानी अधिकृत अमोद राजभण्डारी, आर्या ईन्टरनेश्नल प्रा.लि. का एम.डि. अनुज श्रेष्ठ, सिद्धी ईन्टरप्राइज प्रा.लि.का एमडी प्रगुन राजभण्डारी र वेलनेश हस्पिटल प्रा.लि.का अध्यक्ष सुदर्शन बस्नेत थिए।

कार्यक्रममा नेपालका लागि जीएइएका अध्यक्ष समिर थापाले यस प्रकारको अन्तराष्ट्रिय प्रतियोगिताबाट सहभागि विद्यार्थी उद्यमीहरुलाई सिक्ने अवसर जुट्नुका साथै अन्तराष्ट्रिय प्रतियोगितात्मक मञ्चहरुमा आफुलाई प्रस्तुत गर्न प्रोत्साहन मिल्ने बताए। नेपाली यूवा उद्यमीहरुले यस प्रकारका प्रतियोगितात्मक अन्तराष्ट्रिय मंचहरुमा भाग लिन पाउँदा वाह्य प्रविधि तथा ज्ञान आर्जन गर्नमा समेत सघाउ पुग्ने उनको दाबी छ।

प्रकाशित २४ पुस २०७३, आइतबार | 2017-01-08 16:46:18

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सिंहदरबार रेट्रोफिटिङ गर्न टेण्डर निकाल्ने तयारी

    भूकम्पले क्षतिग्रस्त बनाएको सिंहदरबार रेट्रोफिटिङ (सबलीकरण) गरिने भएसँगै पुनर्निर्माणले गति लिने भएको छ। सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई...

  • पश्चिम सेतीले जगाएको आशा

    पश्चिमसेती जलविद्युत आयोजना अघि बढाउन वैधानिक रुपमा बाटो खुलेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बुधबार स्वीकृति दिएपछि ७ सय ५० मेगावाटको...

  • लण्डनले स्वागत गर्‍यो पहिलो चिनियाँ रेललाई

    चीनबाट बेलायतका लागि छुटेको मालबाहक रेल बुधबार लण्डन पुगेको छ। १८ दिनको यात्रापछि ७ हजार ५ सय माइल दूरी पार गरेर सो रेल पूर्वी लण्डनको बार्किङमा...

  • मधेशमा पाँच लाखको शक्ति प्रदर्शन: एमाले

    मधेशमा पाइला टेक्नै नपाउने चेतावनी खेपिरहेको नेकपा एमालेले मेचीदेखि महाकालीसम्म पाँच लाखभन्दा बढी जनता सडकमा उतार्ने तयारी भइरहेको बताएको छ।...