लेकसाइडको होटल स्नोल्यान्डले ल्यायो ‘पोखरा टुर प्याकेज’



अंग्रेजी नयाँ वर्षको अवसरमा बाराहीचोकको होटल स्नोल्यान्ड प्रालिले स्वदेशी पाहुनाका लागि विशेष प्याकेज घोषणा गरेको छ ।

२ रात ३ दिनको लागि ५ हजार रुपैयाँको प्याकेज ल्याइएको होटल स्नोल्यान्ड सञ्चालक गणेशबहादुर थापाले जानकारी दिए। शुलभ दरमा पोखरा भ्रमण प्याकेजको व्यवस्था मिलाएको उनले बताए। उक्त प्याकेजमा एयरपोर्ट वा बस स्टेसनबाट होटलसम्म लैजाने, स्नोल्यान्डमा २ रात सुविधा सम्पन्न कोठामा राख्ने र विहानको नास्ताको सुविधा छ।

प्याकेजको पहिलो दिन सराङकोट, विन्ध्यवासिनी मन्दिर, महेन्द्र गुफा, चमेरे गुफा, सेती खोँच, गोर्खा स्मारक, पूरानो पोखरा र बजार क्षेत्र घुमाइन्छ । दोस्रो दिन बाराही मन्दिर, कोमागाने पार्क, केदारेश्वर मन्दिर, रक गार्डेन, विश्व शान्ति स्तुप, डेभिज फल, गुप्तेश्वर गुफा घुमाइने सञ्चालक थापाले बताए।

पाहुनाले साँझपख फेवातालको वरपर डुलेर आनन्द लिन सक्छन्। विभिन्न स्थानमा लाग्ने प्रवेश शुल्क, डुंगा भाडा, बिहान र बेलुकीको खाना, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, बेगनास र रुपाको यात्रा भने प्याकेजमा समावेश छैन।

प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प, क्यानोनिङ, जिप फ्लायरको लागि होटल स्नोल्यान्डबाटै बुक गर्ने सुविधा छ। २०२९ सालमा स्थापना भएको होटल स्नोल्यान्ड पोखराकै जेठो पुस्ताको होटल हो । २ तारे होटलमा हाल ४२ कोठा छन् । होटलमा पार्किङको राम्रो सुविधा छ।

प्रकाशित २४ पुस २०७३, आइतबार | 2017-01-08 16:35:39

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बच्चाले ‘गर्छ’ सिक्तैन

    शिक्षाविदहरू जतिखेर पनि ‘सीप’ को कुरा गरिरहेका हुन्छन् : पढाइको सीप, लेखाइको सीप, सम्प्रेषणको सीप, हुँदाहुँदा सुनाइको सीप। कुनै मुश्किल काम...

  • भुइँचालोपछि राहत पर्खिरहेका सर्वसाधरण (फाइल फोटोः पालनी मोहन)

    भूकम्पः वर्ष दोस्रो, किस्ताः न पहिलो न दोस्रो

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणको १४ महिना बिताइसक्दा पनि सबै पीडितले पहिलो किस्ता पाउन सकेका छैनन्। दुई वर्षअघि वैशाख १२ गते गएको...

  • तेल चोरी रोक्न जेठ १ बाट ट्यांकरमा 'लकिङ सिस्टम'

    ‘नेपाली ट्यांकरमा अटोमेटिक लकिङ सिस्टम जडान गर्ने विषयमा भारतले पनि सहमति जनाएको छ,’ आपूर्ति विभागका डाइरेक्टर तथा निगमका प्रवक्ता पोखरेलले...

  • के गर्दैछन् मिस नेपालका यी सुन्दरी?

    राजधानीको अन्नपूर्ण होटलमा आइतबार भएको तालिममा मिस नेपालका सहभागी प्रतिस्पर्धी सदस्यहरुलाई खाना खाने शैलीबारे सिकाइएको थियो। प्रतियोगिता हुनुअघि...