उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न उच्च स्तरीय संयन्त्र गठन



नेपाल लगानी बोर्डको कार्यालयमा बसेको बैठकले मेट्रो रेल आयोजना सञ्चालन गर्नका लागि उच्च स्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। लामोसमय देखि बोर्डको बैठक बस्न सकेको थिएन्। चौतफी आलोचना पछि आज बैठक बसेको हो।  त्यसैगरी बोर्डको बैठकले फोहोरमैला व्यवस्थापन परियोजनाको दस्तुर, आयोजना बैंकको सम्भाव्यता अध्ययन, अरुण तेस्रो जलविद्युत् आयोजनाको बित्तीय व्यवस्थापन, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बित्तीय व्यवस्थापन, तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको विकासको मोडालिटी, परियोजना लगानी सम्झौता, तल्लो तटीय सिंचाई प्रभाव अध्ययन, लगानी प्रवद्र्धन सम्मेलन लगायत लगानी आयोजनाहरुमा छलफल गरी निर्णय लिएको छ।

बैठकमा बोल्दै प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष प्रचण्डले लगानीको वातावरणका लागि सरकार गम्भीर रहेको भन्दै आर्थिक समृद्धिका लागि प्राथमिकता तोकेर आयोजनाहरुमा लगानी आकर्षित गर्नुपर्ने बताए। प्रधानमन्त्रीले लगानीको वातावरणका लागि नीतिगत र कानूनी अड्चन फुकाउन सरकारले आवश्यक निर्णय गर्ने बताउँदै राजनीतिक विवादमा मात्रै नअल्झेर विकासका कामलाई प्राथमिकता दिने बताए।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, उर्जामन्त्री जनार्दन शर्मा, उद्योग मन्त्री नवीन्द्रराज जोशी, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे, बन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मूख्य सचिव डा. सोमलाल सुवेदी लगायतको उपस्थिति थियो।

देशमा ठूला परियोजना समयमै निर्माण सम्पन्न गर्न दु्रत गतिमा प्रक्रिया अघि बढाउन भन्दै सरकारले पाँच वर्षअघि लगानी बोर्ड गठन गरेकोे हो। बोर्डले तत्काल निर्णय गर्नुपर्ने माथिल्लो कर्णाली र अरुण तेस्रोलगायतका ठूला परियोजना अलपत्र थिए। दुवै कम्पनीको म्याद थपसम्बन्धी निर्णय हुन सकेको थिएन। यस्तै, काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन परियोजना, बोर्डका महत्वपूर्ण नियमावली निर्माण, विभिन्न परियोजनाको वातावरणसम्बन्धी मुद्दाबारे समेत टुंगो लाग्न सकेको थिएन।

योजनाविद् डा. शंकर शर्माले पनि लामो समयसम्म बोर्डको बैठक बस्न नसक्दा बाह्य लगानी आउन नसकेको बताए।

प्रकाशित २४ पुस २०७३, आइतबार | 2017-01-08 13:24:30

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बच्चाले ‘गर्छ’ सिक्तैन

    शिक्षाविदहरू जतिखेर पनि ‘सीप’ को कुरा गरिरहेका हुन्छन् : पढाइको सीप, लेखाइको सीप, सम्प्रेषणको सीप, हुँदाहुँदा सुनाइको सीप। कुनै मुश्किल काम...

  • भुइँचालोपछि राहत पर्खिरहेका सर्वसाधरण (फाइल फोटोः पालनी मोहन)

    भूकम्पः वर्ष दोस्रो, किस्ताः न पहिलो न दोस्रो

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणको १४ महिना बिताइसक्दा पनि सबै पीडितले पहिलो किस्ता पाउन सकेका छैनन्। दुई वर्षअघि वैशाख १२ गते गएको...

  • तेल चोरी रोक्न जेठ १ बाट ट्यांकरमा 'लकिङ सिस्टम'

    ‘नेपाली ट्यांकरमा अटोमेटिक लकिङ सिस्टम जडान गर्ने विषयमा भारतले पनि सहमति जनाएको छ,’ आपूर्ति विभागका डाइरेक्टर तथा निगमका प्रवक्ता पोखरेलले...

  • के गर्दैछन् मिस नेपालका यी सुन्दरी?

    राजधानीको अन्नपूर्ण होटलमा आइतबार भएको तालिममा मिस नेपालका सहभागी प्रतिस्पर्धी सदस्यहरुलाई खाना खाने शैलीबारे सिकाइएको थियो। प्रतियोगिता हुनुअघि...