आइफोनको बिक्री घटेपछि एप्पलले सिइओको कमाइमा पनि कटौती गर्‍यो



१५ वर्षमा पहिलो पटक आइफोनको बिक्रीमा गिरावट आएपछि एप्पलले प्रमुख कार्यकारी अधिकृत टिम कुकको कमाइमा कटौती गरेको छ। कुकको कमाइमा सो कम्पनीले १५ प्रतिशतले कटौती गरेको हो।

सन् २०१६ मा कुकको तलब २० लाख डलरबाट बढेर ३० लाख डलर पु¥याइएको थियो। तर सन् २०१५ मा उनले पाएको बोनस ८० लाख डलरबाट घटेर २०१६ मा उनलाई ५४ लाख डलर मात्रै दिइयो।

त्यसैले गर्दा २०१५ मा कुकले प्राप्त गरेको एक करोड ३ लाख डलरबाट घटेर २०१६ मा उनले ८७ लाख डलर मात्रै प्राप्त गरे।

सन् २०१६ मा एप्पलको आयमा ८ प्रतिशतले कमी भएर २ खर्ब १६ अर्ब डलरमा झरेको र नाफामा १६ प्रतिशतले गिरावट आएर ६० अर्ब डलर मात्रै भएको जनाइएको छ। सन् २००७ मा आइफोन बजारमा आएपछि पहिलो पटक यसको बिक्री घटेका कारण एप्पलको आयमा गिरावट आएको जनाइएको छ।

सन् २००१ मा तत्कालीन सिइओ स्टिभ जब्सले आइपड सार्वजनिक गरेपछि त्यसले आइफोन र आइप्याडका लागि मार्गप्रशस्त गरेको थियो। एप्पलले विभिन्न उत्पादन गरेपनि आइफोन सो कम्पनीको मुख्य आयस्रोत हो। हाल मानिसहरुले हरेक एक वा दुई वर्षमा नयाँ मोडेलको आइफोन किन्न छोडेको कारण यसको बिक्री घटेको विश्लेषण गरिएको छ।

त्यसैले एप्पल आइफोनमा बढी नै निर्भर भएको तथा स्टिभ जब्सको मृत्युपछि अन्य कुनै सफल उत्पादन बजारमा ल्याउन नसकेकोले लगानीकर्ताहरु चिन्तित भएको जनाइएको छ। एजेन्सी

प्रकाशित २३ पुस २०७३, शनिबार | 2017-01-07 14:13:35

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बच्चाले ‘गर्छ’ सिक्तैन

    शिक्षाविदहरू जतिखेर पनि ‘सीप’ को कुरा गरिरहेका हुन्छन् : पढाइको सीप, लेखाइको सीप, सम्प्रेषणको सीप, हुँदाहुँदा सुनाइको सीप। कुनै मुश्किल काम...

  • भुइँचालोपछि राहत पर्खिरहेका सर्वसाधरण (फाइल फोटोः पालनी मोहन)

    भूकम्पः वर्ष दोस्रो, किस्ताः न पहिलो न दोस्रो

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणको १४ महिना बिताइसक्दा पनि सबै पीडितले पहिलो किस्ता पाउन सकेका छैनन्। दुई वर्षअघि वैशाख १२ गते गएको...

  • तेल चोरी रोक्न जेठ १ बाट ट्यांकरमा 'लकिङ सिस्टम'

    ‘नेपाली ट्यांकरमा अटोमेटिक लकिङ सिस्टम जडान गर्ने विषयमा भारतले पनि सहमति जनाएको छ,’ आपूर्ति विभागका डाइरेक्टर तथा निगमका प्रवक्ता पोखरेलले...

  • के गर्दैछन् मिस नेपालका यी सुन्दरी?

    राजधानीको अन्नपूर्ण होटलमा आइतबार भएको तालिममा मिस नेपालका सहभागी प्रतिस्पर्धी सदस्यहरुलाई खाना खाने शैलीबारे सिकाइएको थियो। प्रतियोगिता हुनुअघि...