सेयर बजारको समस्या समाधान गरिने



व्यवस्थापिका-संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले पुँजी बजारका समस्या समाधान गर्न अर्थ समिति तत्पर रहेको बताएका छन्। नेपाल सेयर ब्रोकर एसोसिएसनको २२ औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले पुँजी बजारसँग सम्बन्धित विषय लगानी, प्रवद्र्धन र सुरक्षणमा व्यवसायीलाई सघाइने बताए।

उनले सरकार सरोकार भएका निकाय र पुँजी बजारसँग सम्बन्धित सबैलाई राखेर छलफल गरी समस्याको समाधान गर्न समिति तत्पर रहेको उल्लेख गरे।

एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीको सभापतित्वमा भएको उद्घाटन सत्रमा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार प्रा. पुण्यप्रसाद रेग्मी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलगायतले बजारको स्थायित्व र आर्थिक विकास सबैको चासोको विषय भएकाले सम्बद्ध पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए। रासस

प्रकाशित २३ पुस २०७३, शनिबार | 2017-01-07 09:47:49

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पाइलट अभावका कारण चिनियाँ जहाज थन्किदै

    सरकारले केही हप्ता अघि ल्याएको चिनियाँ जहाज (वाइ १२ र एमए ६०) पाइलट अभावका कारण नउडने भएको छ। चिनियाँ जहाज उडान पाइलट अभाव भएपछि निगमले मार्च १...

  • सैनिक दिवसमा यस्तो देखियो टुँडिखेल

    सैनिक दिवसको विशेष अवसर पारेर शुक्रबार काठमाडौँको टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले विशेष प्रदर्शनी गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी...

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • शिवरात्रीको पशुपति

    शिवरात्रीको अवसरमा पवित्र पाशुपत क्षेत्रमा भक्तजन र बाबाहरुको घुँइचो बढेको छ। तिर्थस्थल दर्शन गर्न टाढा टाढाबाट तिर्थालुहरु आएका छन्। शिवरात्रीमा...