राजनीतिक दवाब त आउँछ, तर ऋण मिनाह नगर्नुस्ः गर्भनर



गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकबाट लिएको ऋण मिनाहा गराउन राजनैतिक दवाव आउने गरेको बताएका छन्। तर आफूले यस्तो दवाब वास्ता नगरेको बताउँदै उनले बैंकरहरुलाई पनि दवावमा नपरी आफ्नो दायराको ऋण चुक्ता गराएरै छोड्न सल्लाह दिएका छन्।

गुरॉस लघुवित्त वित्तीय संस्था लिमिटेडको धनकुटा बजारमा आयोजित उद्‍घाटन समारोहमा उनले यो सल्लाह दिएका हुन्। ‘सीप र जॉगर भएकालाई वित्तीय संस्थाहरुले ऋण उपलब्ध गराएर जीवन उत्थानमा टेवा पुर्‍याइरहेको छ,’ उनले भने, ‘बैंकको ऋण लिएर मिनाहा गराउन दवाव दिनु उचित पनि होइन।’

कतिपय ऋण लिएका व्यक्तिहरु राजनीतिक पार्टी परिवर्तन गर्दै मिनाहा गराउन दवाव दिने गरेको उनको भोगाइ रहेछ। ‘तर जुनसुकै दवावको पनि सामना गरिन्छ’, उनले भने, ‘राष्ट्र बैंकले जनताको पैसालाई सुरक्षा गर्ने जिम्मा लिएको छ।’

उनले साहुसँग ऋण काढेर खाडी मुलुकमा श्रम गर्न विदेशिने युवा जमातले स्वदेशमा नै बैंकबाट सहुलियत दरमा ऋण लिएर आयमूलक व्यवसाय गर्नुपर्ने सुझाव दिए। ‘यसका लागि हाम्रो सक्दो सहयोग हुनेछ’, उनले भने ‘आउनोस् हामी सेवा गर्न तत्पर छौं।’

बैंक तथा वित्तीय संस्थाले आफूले मात्र नाफा गर्नेभन्दा तल्ला वर्गका जनतालाई विश्वास दिलाई सेवा गर्नु पर्ने उनको सुझाव थियो। उनले ६८ प्रतिशत कृषि क्षेत्रमा सम्लग्न रहेकासहित ७८ प्रतिशत गरिबीको अवस्था रहेकोले उत्पादनमूलक कार्यमा वित्तीय संस्था तथा बैंकले लगानी गर्नु पर्ने सुझाए।

यसैगरी उनले मुलुकमा सजिलै उत्पादन गर्न सकिने उपभोग्य वस्तुसमेत विदेशबाट निर्भर हुनु दुखद् रहेको भन्दै चार महिनामा एक अर्ब रुपियाँको फलफूल र करोडौंको तरकारी विदेशबाट आयात भएको तथ्यांक प्रस्तुत गरे। ‘हामी सामान्य वस्तुमा पनि आत्मनिर्भर हुन सकेनौं’’, उनले भने, ‘हाम्रो ध्यान त्यता जानु आवश्यक छ। परिनिर्भरताले हाम्रो विकास हुन सक्दैन।’

प्रकाशित २३ पुस २०७३, शनिबार | 2017-01-07 09:29:45

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बच्चाले ‘गर्छ’ सिक्तैन

    शिक्षाविदहरू जतिखेर पनि ‘सीप’ को कुरा गरिरहेका हुन्छन् : पढाइको सीप, लेखाइको सीप, सम्प्रेषणको सीप, हुँदाहुँदा सुनाइको सीप। कुनै मुश्किल काम...

  • भुइँचालोपछि राहत पर्खिरहेका सर्वसाधरण (फाइल फोटोः पालनी मोहन)

    भूकम्पः वर्ष दोस्रो, किस्ताः न पहिलो न दोस्रो

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणको १४ महिना बिताइसक्दा पनि सबै पीडितले पहिलो किस्ता पाउन सकेका छैनन्। दुई वर्षअघि वैशाख १२ गते गएको...

  • तेल चोरी रोक्न जेठ १ बाट ट्यांकरमा 'लकिङ सिस्टम'

    ‘नेपाली ट्यांकरमा अटोमेटिक लकिङ सिस्टम जडान गर्ने विषयमा भारतले पनि सहमति जनाएको छ,’ आपूर्ति विभागका डाइरेक्टर तथा निगमका प्रवक्ता पोखरेलले...

  • के गर्दैछन् मिस नेपालका यी सुन्दरी?

    राजधानीको अन्नपूर्ण होटलमा आइतबार भएको तालिममा मिस नेपालका सहभागी प्रतिस्पर्धी सदस्यहरुलाई खाना खाने शैलीबारे सिकाइएको थियो। प्रतियोगिता हुनुअघि...