धरहराको छेउमै खुल्यो फेसन सस्तो बजार

३० देखि ४० प्रतिशतसम्म सस्तो मूल्यमा ब्राण्डेड र गुणस्तरीय सामान पाइने



ग्राहकहरुलाई एउटै छानामूनी सस्तो मूल्यमा ब्राण्डेड तथा गुणस्तरीय सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक फेसन सस्तो बजार सञ्चालनमा आएको छ।

अबदेखि आम उपभोक्ताहरुले सुन्धारास्थित धरहराको पछाडि गल्लीमा रहेको बजारमा सस्तो मूल्यमा गुणस्तरीय फेसन सामानहरु किन्न पाउने छन्। अन्य ठाउँको तुलनामा यो बजारमा ३० देखि ४० प्रतिशतसम्म सस्तो मूल्यमा विभिन्न सामानहरु उपलब्ध हुने बजारका सञ्चालक सुरेश लामिछानेले जानकारी दिए। ‘उत्पादकले सोरुमका रुपमा यहाँ सामानहरु बिक्री वितरण गर्ने भएकाले उपभोक्तालाई सस्तो पर्ने छ,’ सञ्चालक लामिछानेले भने– ‘त्यतिमात्र होइन, यस क्षेत्रमा एउटा कोठाको ३०÷४० हजार रुपैयाँ भाडा पर्छ। तर, यो बजारमा १० हजारदेखि १६ हजार रुपैयाँमा सटर भाडामा लगाइएको छ। जसले पनि उपभोक्तालाई यो बजारमा सामान किन्दा सस्तो पर्ने भएको हो।’

यो बजारमा ३६ वटा व्यवस्थित पसल रहेका छन्, जहाँ एक पसलमा एकै प्रकारका आइटम मात्रै राखिएको छ। बजारको क्षेत्रफल २ रोपनी भएकाले यहाँ आउने ग्राहकलाई पार्किङको कुनैपनि समस्या हुनेछैन। बजारमा १०० वटा मोटरसाइकल र १० वटा गाडी पार्किङ गर्न सकिन्छ। यो बजार बिहान १२ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुनेछ। ‘धेरै बेच्ने, सस्तोमा बेच्ने, ब्राण्डेड र गुणस्तरीय सामानमात्रै बेच्ने’ आफूहरुको उद्देश्य रहेको लामिछानेले बताए । ‘बाहिरको मुल्यभन्दा आइटम हेरेर यो बजारमा ३० देखि ४० प्रतिसतसम्ममा ब्राण्डेड सामान किन्न पाइन्छ,’ उनले भने, ‘हामीले गुणस्तरीय नेपाली उत्पादनको प्रवद्र्धन गर्न खोजेका हौं।’

लामिछानेका अनुसार बजार निर्माणका लागि ५ करोड रुपैयाँ लगानी भएको छ। बजारमा स्वदेशी तथा विदेशी ब्राण्डेड चस्मा, जुत्ता, लेहेंगा, साडी, फेन्सी, अन्डर गार्मेन्टका पसल रहनेछन् भने एउटा स्तरीय शैलुन रहेको छ। नेपाली फेसनलाई समेत प्रवद्र्धन गर्ने उद्देश्ले यो बजारमा राष्ट्रिय पोसाक दौरा सुरुवाललाई १६ सय रुपैयाँमै तयार गरेर उपलब्ध गराइने छ। त्यसैगरी, जाडो समयका लागि १ हजार रुपैयाँदेखि नै गुणस्तरीय ज्याकेटहहरु उपलब्ध गराइएको छ। त्यस्तै, हेयर स्टाइलिङ, फेसियलजस्ता सुविधाहरु पनि ५० प्रतिशतभन्दा सस्तो मूल्यमा उपलब्ध गराइन्छ। ४÷५ हजार रुपैयाँमै गुणस्तरीय साडी यो बजारमा उपलब्ध छन्।

१४ देशमा शाखा भएको लोकप्रिय अन्तराष्ट्रिय ब्राण्ड ब्रिलियर शैलुन पनि छ। बजार सञ्चालन भएको अवसरमा यो शैलुनमा आउने प्रत्येक ग्राहकले फेसवास लगायतका सामाग्री उपहारस्वरुप प्रधान गरिने छ। मोटरसाइकल चढ्ने उपभोक्ताहरुलाई मध्यनजर गर्दै बजारमा सस्तो मूल्यमा उच्च गुणस्तरीय हेलमेटहरु उपलब्ध छन्। त्यसैगरी, सबै ब्राण्डका मोवाइलहरु सस्तो मूल्यमा उपलब्ध गराउने मात्रै होइन, केही ब्राण्डहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था पनि छ। त्यस्तै, हरेक मोवाइल किन्दा ग्राहकले आकर्षक उपहार पाउनेछन्।

त्यसैगरी, सस्तो बजारमा आउने उपभोक्ताले २५ सय रुपैयाँ व्यालेञ्च भएको सिमकार्ड उपहारस्वरुप प्राप्त गर्नसक्नेछन्। ‘पैसा र गुणस्तरका हिसाबमा यो बजारमा आउने ग्राहकहरु सन्तुष्ट हुनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ बजारका अर्का सञ्चालक भेषराज पौडेलले भने। पौडेलका अनुसार देशभर यस्तै २५ वटा सस्तो बजार खोल्ने तयारी भइरहेको छ।

प्रकाशित २२ पुस २०७३, शुक्रबार | 2017-01-06 11:42:42

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरामा एमालेको विजय–सभा: मख्ख मुद्रामा ओली

    पोखरा–लेखनाथ महानगरसहित कास्कीका चार स्थानीय तहमा विजय हासिल गरेको पार्टी नेकपा एमालेले आज पोखरामा विजय–सभा आयोजना गरेको छ। विजय–सभामा हँसिलो...

  • मञ्जु गुरुङ

    राष्ट्रपतिकी मितिनी पोखराकी उपमेयर

    पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा एमालेबाट विजयी बनेकी मञ्जु गुरूङ राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी र आफ्नै साइँला बाबुको बुहारी सरस्वती...

  • दुर्घटनाग्रस्त गोमा एयरका घाइते चालक पारस रार्इको निधन

    सोलखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटनामा परेर घाइते गोमा एयरका विमान चालक पारस रार्इको उपचारको क्रममा निधन भएको छ। विमान दुर्घटनामा परेर...