वेगनास माछा महोत्सव फागुनमा



लेखनाथ नगरपालिकाको वेगनासतालस्थित मन्दरे पार्कमा फागुनको दोस्रो हप्तामा तेस्रो वेगनास माछा महोत्सव हुने भएको छ। ‘वेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरिने सो महोत्सव फागुन १३ देखि १७ गतेसम्म हुनेछ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा हुने सो महोत्सवमा त्यस ठाउँमा रहेका दिपाङ, वेगनास र रुपातालमा पाइने २३ थरिका माछाका परिकार बनाएर पर्यटकलाई खुवाउनाका साथै ती सबै जातका जीवित माछाको प्रदर्शनीसमेत गरिने एसोसिएसनका अध्यक्ष दामोदरभक्त थापाले बुधबार जानकारी दिए।

यस क्षेत्रमा पाइने माछा, मह, कफी, जडीबुटी र पर्यटकीयस्थलको प्रचारप्रसार तथा स्थानीय माछाको संरक्षण एवम् आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य छ।

महोत्सवमा महिला तथा पुरुष खुल्ला डुङ्गा दौड, माछा तथा खानाका कष, माछा र मह तथा कफी एवम् जडीबुटीको प्रदर्शनी, पप कन्सर्ट, लोक दोहोरी र स्थानीय सांस्कृतिक कार्यक्रम पनि गरिनेछ। रासस

प्रकाशित २१ पुस २०७३, बिहिबार | 2017-01-05 08:54:49

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • श्री एयरलाइन्सको जहाज

    प्राधिकरणको अनुमति ढिलाइले श्री–एअरको जहाज क्यानडामै रोकियो

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुमति नदिँदा श्री एअरलाइन्सले ल्याउन लागेको दुई वटा जहाज क्यानाडामा रोकिएर बसेका छन्। तीन महिनादेखि बनेको...

  • अन्नपूर्णको फेदीमा आँखा अल्झँदा...

    नेपालको दशौँ अग्लो हिमाल अन्नपूर्ण (८०९१ मि) को आधार शिविर (४१३० मि) संसारभरमा परिचित छ। छपक्क हिउँले छोपिएको अन्नपूर्ण आधार शिविर मात्र होइन...

  • चीनसँग विगतमा भएका सम्झौता लागू गर्न प्रधानमन्त्री दाहाललाई विज्ञको सुझाव

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा चीन विज्ञहरुले चीनले अघि सारेको वान बेल्ट वान रोड–ओबीओआरको समझदारी पत्रमा हस्ताक्षर...

  • खैरेनी बनले हर्यो पर्यटकको मन

    अठार हेक्टर क्षेत्रफलमा फैलिएको खैरेनी सामुदायिक वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ। नदीले घेरेको वनलाई सानो...