फोर्ड एनडेभर ‘एनडीटीभी फुलसाई एसयूभी अफ द इयर’बाट घोषित



यस वर्षको प्रख्यात एनडीटीभी कार एन्ड वाइक अवार्ड समारोहमा फोर्ड एनडेभरलाई पूर्ण आकारको एस.यू.भीमा घोषित गरिएको छ। २०१६ सालमा बजारमा ल्याइएको फोर्ड एनडेभरको बनावट, ढाँचा, ड्राइभिङ अनुभूति र प्रविधिमा उच्चतम रहेको कम्पनीको दावी छ।

नयाँ एनडेभर एसयूवी फोर्डको टी ६ मा आधारित डिजाइन हो। यो सर्वपक्षबाट सुविधायुक्त हुनुका साथै आफ्नो दरिलो मौलिकता झल्काउँछ। यसको ठूलो बम्पर डिजाइन देखि लिएर यसमा रहेको ७ वटा एयर व्याग, यसको आकर्षक बनावट र प्रविधि विश्वव्यापी फोर्ड एस यू भी डिजाइनमा आधारित हुन््। फोर्ड एनडेभर अष्टे«लिया स्थित फोर्ड मोटरको फ्याक्ट्रीमा अनुसन्धान र विकास गरी अहिले विश्वव्यापी यसको विक्री वितरण सुरु भएको छ। भारत र नेपालमा यो सन् २०१६ मा बजारीकरण गरेको र यसले निकै लोकप्रियता हासिल गर्न सफल भएको छ।

सुरक्षित सवारीको लागि यसमा ७ वटा एयर ब्याग जडान गरिएको छ र यसमा ड्राइभरको घुँडाको सुरक्षाको लागि पनि एयर ब्याग राखिएको छ । भारतीय बजारमा निकै लोकप्रिय नयाँ क्ग्ख् फोर्ड एन्डेभर गाडी नेपाली बजारमा पनि छोटो समयमा लोकप्रिय हुदै आज नेपालगञ्ज डिलर मार्फत विक्री थालनी गरिएको छ ।

यसमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको, आकर्षक डिजाइन र क्षमता उत्कृष्ट छ। यस अगाडिका फोर्ड गाडीको बनौट र क्षमतामा थप अनुसन्धानका साथै स्तरीय प्रविधि प्रयोग गरी नयाँ फोर्ड एन्डेभर उत्पादन गरिएको हो। सीटको सजिलोपना, फोर ह्वील ड्राइभ, चालकमैत्री फ्रन्टसीटका साथै आकर्षक बडी पनि यसको विशेषता भित्र पर्दछ। नयाँ फोर्ड एन्डेभर २.२ लि. र ३.२ लि. इन्जिनमा उपलब्ध छ। साथै इन्धन किफायती (कम इन्धन उपयोग) हुने गरी बनाइएको छ।

प्रकाशित २० पुस २०७३, बुधबार | 2017-01-04 17:40:46

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सिंहदरबार रेट्रोफिटिङ गर्न टेण्डर निकाल्ने तयारी

    भूकम्पले क्षतिग्रस्त बनाएको सिंहदरबार रेट्रोफिटिङ (सबलीकरण) गरिने भएसँगै पुनर्निर्माणले गति लिने भएको छ। सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई...

  • पश्चिम सेतीले जगाएको आशा

    पश्चिमसेती जलविद्युत आयोजना अघि बढाउन वैधानिक रुपमा बाटो खुलेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बुधबार स्वीकृति दिएपछि ७ सय ५० मेगावाटको...

  • लण्डनले स्वागत गर्‍यो पहिलो चिनियाँ रेललाई

    चीनबाट बेलायतका लागि छुटेको मालबाहक रेल बुधबार लण्डन पुगेको छ। १८ दिनको यात्रापछि ७ हजार ५ सय माइल दूरी पार गरेर सो रेल पूर्वी लण्डनको बार्किङमा...

  • मधेशमा पाँच लाखको शक्ति प्रदर्शन: एमाले

    मधेशमा पाइला टेक्नै नपाउने चेतावनी खेपिरहेको नेकपा एमालेले मेचीदेखि महाकालीसम्म पाँच लाखभन्दा बढी जनता सडकमा उतार्ने तयारी भइरहेको बताएको छ।...