‘चिनियाँ पर्यटक नेपाल आउन रोकिएको छैन’

टुरिजम ब्यूरो र पब्लिक सेक्युरिटी ब्यूरोले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न नरोकिएको जनाएका छन्



रवी शर्मा

चिनियाँ पर्यटकलाई नेपाल भ्रमण नगर्न एड्भाइजरी जारी गरिएको भन्ने समाचार फैलिएपछि बुकिङ् रद्ध गरेका चिनियाँ पर्यटकहरु यथावत् रुपमा नेपाल भ्रमणमा निस्किएका छन्। नेपाल भ्रमण नगर्न चिनियाँ पर्यटकलाई सुझाइएको भन्ने समाचार भ्रामक रहेको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ।

नेपालमा चिनियाँ पर्यटक बढाउनका लागि दूतावासले बेइजिङमा ट्राभल एजेन्सी, सञ्चारमाध्यम तथा सम्बन्धित निकायहरुसँग निरन्तर परामर्श र अन्तर्क्रिया गरिरहेका बेला अचानक यस्तो भ्रम फैलिँदा नकारात्मक असर पर्ने भएकाले ट्राभल एजेन्सी र सञ्चारमाध्यमहरुबाट खण्डन गर्ने काम भैरहेको चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले बताए।

चिनियाँ अङ्ग्रेजी दैनिक ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिएपछि राजदूत पौडेलले चिनियाँ सञ्चारमाध्यमबाट पनि खण्डन गरिएको बताए। कुन निकायले के अभिप्रायले यस्तो सूचना फैलायो भन्ने कुरा यकिन खुलेको छैन। तर कुनै एजेन्सीले प्रतिष्पर्धाका कारण वा आफ्ना कुनै सिट बुकिङ रद्ध गरेको र त्यसमा जोडिएर समाचारहरु आएको हुनसक्ने पौडेलको भनाइ छ।

‘चीनको आधिकारिक निकायले त्यस्तो एड्भाइजरी जारी गरेको छैन भनेका छन्, तर एउटा ट्राभल एजेन्सीले काठमाडौंको बुकिङ रद्ध गरेको भनेपछि अरु एजेन्सीमा त्यस्तो हल्ला फैलिएछ’, राजदूत पौडेलले भने, ‘तर छेङ्दुको त्यो एजेन्सीले बुकिङ्ग गरेका सय जना यात्रु लिएर काठमाडौं जाँदैछु भनेर हामीलाई खबर गरेको छ।’

अब यथावत् रुपमा चिनियाँ पर्यटक नेपाल जाने बताउँदै राजदूत पौडेलले भने, ‘एड्भाइजरी जारी गर्ने आधिकारिक निकाय चिनियाँ टुरिजम ब्यूरो र पब्लिक सेक्युरिटी ब्यूरो हुन्। दुवैले त्यस्तो एड्भाइजरी जारी नगरेको नगरेको अवस्थामा अरुले भनेको कुराको कुनै अर्थ रहँदैन।’

चिनियाँ आधिकारिक निकायले आफ्ना नागरिकलाई नेपाल नजान एड्भाइजरी जारी गरेको भन्ने समाचार कहीं प्रकाशित, प्रसारित भएको छैन। सामाजिक सञ्जालमा पनि खासै चर्चा छैन। कैयौं चिनियाँलाई नेपाल भ्रमण गर्नु केही असहज भएकोसम्म जानकारी छैन। तर हठात् सुचारु भएको समाचारले भने केही चिनियाँ पर्यटकलाई आश्चर्यमा पारेको छ। चिनियाँ वीच्याट सञ्जालमा एक जना पर्यटकले नेपाली बालिकाको फोटो राखेर लेखेका छन्, ‘घरेलु (चिनियाँ) टुर ग्रुपको भारत र नेपाल भ्रमण पुनर्वहाली।’

अहिले नेपालमा पर्यटक बढाउनकै लागि दूतावासले निरन्तर रुपमा चिनियाँ मिडिया, टुर अपरेटर, ट्राभल एजेन्सी तथा एयरलाइन्सहरूसँग अन्तक्रिया गरिरहेको छ। चिनियाँ नागरिकलाई नेपाल भ्रमण नगर्न सचेत गराइएको भन्ने समाचार नेपाली सञ्चारमाध्यममा आउनु केही दिनअघि मात्रै राजदूत पौडेलले २२ वटा एयरलाइन्सका र चिनियाँ सञ्चारमाध्यमका प्रतिनिधिलाई दूतावासमा बोलाएर श्रृङ्खलावद्ध चिनियाँ पर्यटक नेपाल भित्र्याउने विषयमा अन्तर्क्रिया गरेका थिए।

भारतीय दैनिक टाइम्स अफ इण्डीयामा सञ्चारमाध्यममा चीनको सिचुवान, छिङ्हाई र अन्य प्रान्तका पर्यटकलाई नेपाल, भारत र भुटान नजानका लागि तिब्बतस्थित चिनियाँ अधिकारीले सूचना दिएको खबर प्रकाशित भएको छ। भारतका केही सञ्चारमाध्यमले भने जनवरी १० सम्म नेपाल नजान चिनियाँ पर्यटकलाई सतर्क तुल्याइएको भनेर नेपाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै लेखेका छन्।

बेइजिङस्थित कुनै पनि सरकारी निकायले अस्थायी ट्राभल एड्भाइजरी जारी गरिएको वा गरिनुपर्ने संभावित कारणबारे केही औंल्याएका छैनन्। नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको अवस्थामा चीन सरकारबाट आधिकारिक रुपमा राजनीतिक कारण बनाएर कुनै सूचना जारी गरिएको छैन भनेर चिनियाँ विदेश मन्त्रालयले पुष्टी गरिसकेको छ।

राजनीतिक कारणलाई आधार मान्दै केही विज्ञहरुले भने भारतको बोधगयामा जनवरी पहिलो साताबाट सुरु हुने कालचक्र पूजामा सहभागी हुन जान खोज्ने तिब्बती बौद्ध धार्मिक मान्यता राख्ने व्यक्तिहरूलाई अनुगमन गर्न खोेजिएको हुनसक्ने जनाएका छन्। कालचक्र पुजामा निर्वासिच तिब्बती बौद्ध धार्मिक नेता दलाई लामा सहभागी हुन्छन्। जनवरी ३ देखि १४ तारिखसम्म बिहारको बोधगयामा आयोजना हुने पुजामा सहभागी हुन दलाई लामा डिसेम्बर २८ मा बोधगया जाँदैछन्।

कालचक्र पूजामा भाग लिन यस पटक ३ लाख भन्दा बढी बौद्ध तथा अन्य धर्मावलम्बी पनि सामेल हुने अनुमान छ भने समारोहमा ४० देशबाट वौद्ध श्रद्धालुहरु सहभागि हुने अनुमान गरिएको छ। तिब्बत र मुख्यभूमी चीनबाट समेत बौद्धमार्गीहरू पूजामा सहभागी हुन नेपाल हुँदै बोधगया जाने गर्छन्। दलाई लामा सहभागी हुने पूजामा जान खोज्ने चिनियाँ बौद्धमार्गीलाई निगरानीमा राख्ने क्रममा चीनले नेपाल र भारत यात्रा गर्न खोज्नेहरूलाई अनुगमन गरेको हुनसक्ने बताइएको छ।

बौद्ध धर्मानुयायीहरुले बौद्ध लामा गुरुबाट दीक्षा लिनुलाई सौभाग्य ठान्ने भएकाले यो संख्या वर्षेनी उस्तै गरी बढ्ने गर्छ। बौद्ध धर्मावलम्वीका लागि कालचक्र पूजामा सामेल हुनु हिन्दुहरुले महाकुम्भ मेला र मुस्लिमहरुले हज गर्नुजस्तै ठानिन्छ।

प्रकाशित १२ पुस २०७३, मंगलबार | 2016-12-27 18:57:34
author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्


प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दुर्घटनाका घाइतेको उपचार भएन मनिपालमा

    उपचार लागि मनिपाल मेडिकल कलेज पुर्याइएका मुस्ताङका बस दुर्घटनाका घाइतेले उपचार नपाइ फर्कनु परेको छ। चिकित्सकको आन्दोलनका कारण मेडिकल कलेजबाट बिरामी...

  • लगानी बोर्डको कार्यालय

    ३० नयाँ परियोजनाको सम्भाव्यता अध्ययन सुरु

    लगानी बोर्डले ३० वटा नयाँ परियोनाको अध्ययन सुरु गरेको छ। पूर्वाधार, उद्योग, कृषिक्षेत्र, सूचना प्रविधिलगायत ३० वटा परियोजनाको अध्ययन सुरु गरेको...

  • उज्यालोका उस्ताद अर्थात् गोविन्द सर

    जन्मँदै आँखाको ज्योति नलिई आएको यौटा मान्छेको जीवनमा के सपना होला? उसले भविष्यका लागि के–के योजना बुन्ला? त्यस्ता व्यक्ति सायदै भेटिएलान्, जो...

  • मुस्ताङ यात्रामा पूर्वप्रधानमन्त्री भट्टराई र छोरी मानुषी

    छोरी मानुषीलाई बाबुराम भट्टराईको युद्धकालीन चिठी

    पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दश वर्ष लामो सशस्त्र युद्धमा आफू भूमिगत हुँदा एक मात्र छोरी मानुषी यमि...