पाटा नेपालद्वारा ‘क्यापासिटी बिल्डिङ्ग इन माईस टुरिजम’तालिम सुरु



प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा)नेपाल च्याप्टरले आगामी जुन १ देखि ४ सम्म आयोजना हुने “हिमालयन ट्राभल मार्ट २०१७” तथा ईन्टरनेश्नल ट्राभल ब्लर्गस एण्ड मिडिया कन्फ्रेन्सको आयोजनाका लागि आवश्यक विविध विद्याहरुमा परिचालन हुने विद्यार्थी युवा जनशक्तिलाई क्षमता अभिबृद्धि गराउने उद्देश्यले आजदेखि राजधानीको ज्ञानेश्वर स्थित मिड भ्याली ईन्टरनेश्नल कलेज मा आगामि मे १२ सम्म तालिम सञ्चालन गर्दै छ।

“क्यापासिटी बिल्डिङ्ग इन माईस टृुरिजम” अभियानमा आयोजना हुन लागेको उक्त तालिममा पाटा नेपाल च्याप्टरका सदस्य शैक्षिक संस्थाहरुबाट करिव ६० जना विद्यार्थीहरुले सहभागिता जनाउँदै छन्।

तालिम प्रशिक्षकको रुपमा पाटा नेपालले भोग एड् एण्ड इभेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत प्रभात रिमाललाई इभेन्ट कन्सल्टेन्टका रुपमा अघि सारेको छ।

उनले आगामी मे १२ सम्म विद्यार्थीहरुलाई “प्रर्सनालिटि डेभलपमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट” शिर्षकमा तालिम दिनेछन्।

कार्यक्रमको उद्घाटनको क्रममा स्वागत मन्तब्य राख्दै पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले हिमालयन ट्राभल मार्टमा विद्यार्थीहरुको भुमिका तथा उनीहरुको ब्यक्तित्व विकासका निम्ति आयोजना गर्न लागेको यस तालिमको महत्व बारे प्रकाश पारे।
यस अभियान अन्र्तगत पाटा नेपाल च्याप्टरले एसियाली माईस् इन्डष्ट्रिजमा प्रख्यात ब्यक्तित्व एबं विज्ञ थाइल्याण्डका डा।

बर्ट वालविक लाई आमन्त्रण गरी आगामी मे ६ र ७ मा माईस् टृुरिजम् सम्बन्धि २ दिने तालिम आयोजन गर्न लागेको पाटा नेपाल च्याप्टरका कार्यकारी प्रबन्धक सुरेश सिंह बुडालले बताए।

प्रकाशित ४ बैशाख २०७४, सोमबार | 2017-04-17 18:21:57

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...