स्मृति

'पिताजी सामाजिक न्यायका जुझारु अभियन्ता हुनुहुन्थ्यो'

छोरा विमलको नजरमा कलाकार विष्णुभक्त फुँयाल



आमाकै मायाममता, कडा मेहनत, विवेकशील मार्गदर्शन र भेटेजति मान्छेलाई भलो गर्ने स्वभाव र व्यवहारकै कारण बुवा र हामीहरु आजको ठाउँमा आइपुगेका हौँ

 कलाकार विष्णुभक्त फुँयालको पुस १९ गते नाटकमा अभिनय गर्दागर्दै रङ्गमञ्चमै निधन भएको हो। सामाजिक क्षेत्रमा क्रियाशील फुँयालका जेठा छोरा विमलले पिताको निधनमा लेख्नुभएको संक्षिप्त स्मृति यहाँ जस्ताको तस्तै प्रस्तुत छः


पिताजीको निधन ... ...

हाम्रा पिताजी नाट्य कलाकार बिष्णुभक्त फुँयाल यही पुस १९ अर्थात जनवरी ३ तारिखको दिन यो संसारबाट विदा हुनु भएको छ। अस्सी बर्षको उमेरमा पनि युवा सरह उर्जावान र पूर्णकालिनरुपमा कृयाशील उहाँ राष्ट्रीय नाचघर जमलमा नाटकमा अभीनय गर्ने क्रममा अन्तिम संवाद तिर आइपुग्दा मेजर ब्रेन स्ट्रोक अर्थात मष्तिस्काघातको कारण ढल्नुभयो र तत्काल बित्नु पनि भयो।

विगत ५० बर्षदेखि नाटकमा अभिनय गर्दै आउनु भएको उहाँको अन्तिम नाटक सत्यमोहन जोशीद्वारा लिखित याज्ञबल्क्य हुन पुगेको छ, जुनमा उहाँ राजा जनकको भूमिका निक्कै प्रभावकारी ढङ्गले निभाउदै हुनुहुन्थ्यो।

बुवा पहिले कुक र सेफको रुपमा काम गर्नुहुन्थ्यो। तत्कालिन रोयल होटेलबाट वेटरको हैसियतमा काम सुरु गर्दै उहाँले कुकको रुपमा होटेल शङ्कर, होटेल ग्रीन, होटेल तारागाउ (अहिलेको हायात), गोकर्ण सफारी पार्क देखी होटेल अन्नपूर्णमा पनि काम गर्नु भयो।

कमल र म हामी दुइ छोराहरु सानै उमेरदेखी काम गर्दै कमाएर घर परिवारको खर्च धान्न सक्षम भएकोले बुवा ४५ बर्षको उमेरमै पुरानो पेशाबाट रिटायर्ड हुनुभइ स्वतन्त्र ढङ्गले पूर्णकालिन रुपमा कला क्षेत्रमा लाग्नु भयो।

वि सं २०४५ मा लिभर क्यान्सरको कारण आमा तारादेवी ४३ बर्षको अल्पायुमा बित्नु भएको घटना हाम्रो परिवारको निम्ती सबैभन्दा ठुलो बज्रपात थियो जस्को चोटले आजसम्म पनि हाम्रो मुटु दुखिरहेकै छ।

आमाकै मायाममता, कडा मेहनत, विवेकशील मार्गदर्शन र भेटेजति मान्छेलाई भलो गर्ने स्वभाव र व्यवहारकै कारण बुवा र हामीहरु आजको ठाउँमा आइपुगेका हौँ।

कलाकार विष्णुभक्त फुँयाल

कलाकार विष्णुभक्त फुँयाल

सफल कलाकार र सामाजिक न्यायको निम्ति सदैव लागिरहने जुझारु अभियन्ताको साथै उहाँ आफ्नो गच्छेअनुसार जिम्मेवार पिता र अभिवावक पनि हुनुहुन्थ्यो।

म एक्सनएड लन्डनमा कार्यरत हुँदा बुवा ६ महिना हामीसङ्ग रहनु भएको समय नै मेरो उहाँसङ्ग सबैभन्दा बाक्लो उठबस र गहिरो कुराकानिहरु भएको अवधी रह्यो।

विगत २० बर्षको अवधिमा उहाँको रेखदेख, उपचार लगायत हेरचाहको मूल जिम्मेवारी भाइ कमल र बुहारी लक्ष्मीले लिएका थिए। कान्छो भाइ निर्मल र उसको परिवार केही बर्षदेखी अमेरिकामा बसोबास गर्दै आएकाले यतिबेला हामी सङ्गै हुन सकेनौ।

आमा र बुवा दुबै अब स्मृतिको लोकमा मात्र रहनु हुने भो ...।

तर सामाजिक न्यायको अभियानहरु जहाँ हाम्रो संलग्नता हुनेछ ति हरेक पलमा उहाँहरु जीवितै रहनु हुनेछ... ...।

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 12:39:02
author photo

विमल फुँयाल एक्सन एड इन्टरनेसनल नेपालको कन्ट्री डाइरेक्टर हुन्

@BimalPhnuyal


प्रतिकृया दिनुहोस

  • जीवनमा रिलका पात्र

    एक पात्र जो टन्टलापुर घाममा आफू र आफ्ना बालखाका लागि खोला किनारमा गिटी कुट्दै छ। उसको त्यो कथालाई हामी वास्तविक जीवनमा सुन्न त्यति महत्व दिँदैनौ...

  • घरबार एकातिर, माया अर्कैतिर!

    कीर्तिपुरमा पढ्न आउँदा म विवाहित र एक बच्चाकी आमासमेत बनिसकेकी थिएँ। मेरा साथीहरू २६ कटेका छन् सबै। खासै कोही प्रेमको कुरा गर्दैनन्। २५ वर्ष पुग्दा...

  • मज्जाले प्रेम गर तर वियोगमा रुँदै नहिँड

    प्रेम गर्यो त गर्यो सकियो। मैले त प्रेम गर्न सकें त्यो नै मेरो सफलता हो। एउटा सफल प्रेम मैले बाँचें । बस्, प्रेमको सफलताको मापदण्ड प्रेम नै हो।...

  • पहिलो कला साहित्य उत्सवको एक दृश्य

    युवा–विद्यार्थी केन्द्रित साहित्योत्सव

    काँकरभिट्टामा यही फागुन १२ गतेदेखि आयोजना हुन लागेको तीन दिने कला साहित्य उत्सव विद्यालयका शिक्षक र विद्यार्थीहरूका उपयोगी हुनेछ। साधारणतया...

  • ध्वनि प्रदुषणको चपेटामा बिचरा बिरामी!

    केही महिनाअघिसम्म स्वास्थ्यमन्त्री गगन थापाकै निर्वाचन क्षेत्रमा पर्ने धुम्बाराही चोकैको एउटा भवनमा ‘अनमोल अस्पताल’ सञ्चालनमा थियो। सोही भवनको आधा...

  • कर्णाली-भेरी खोला, फेरि भेट होला-नहोला

    ‘हाम्रा बज्या भेडा पाल्दा खन्, हामी पनि भेडो पाल्न्या हुम्।’ यति भनिसकेर फुच्चेले एकपटक सुँक्क गर्यो, नाकको भेडोको लम्बाई घट्यो। मैले क्यामेरा...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पाइलट अभावका कारण चिनियाँ जहाज थन्किदै

    सरकारले केही हप्ता अघि ल्याएको चिनियाँ जहाज (वाइ १२ र एमए ६०) पाइलट अभावका कारण नउडने भएको छ। चिनियाँ जहाज उडान पाइलट अभाव भएपछि निगमले मार्च १...

  • सैनिक दिवसमा यस्तो देखियो टुँडिखेल

    सैनिक दिवसको विशेष अवसर पारेर शुक्रबार काठमाडौँको टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले विशेष प्रदर्शनी गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी...

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • शिवरात्रीको पशुपति

    शिवरात्रीको अवसरमा पवित्र पाशुपत क्षेत्रमा भक्तजन र बाबाहरुको घुँइचो बढेको छ। तिर्थस्थल दर्शन गर्न टाढा टाढाबाट तिर्थालुहरु आएका छन्। शिवरात्रीमा...