चार बोरा न्यानो माया



यो नियात्रा हैन। तर सिन्धुलीको सडक मार्ग भएर बर्दिबास, महोत्तरी पुग्दा रातको आठ बजिसेकेको थियो। मुग्लिन हुँदै पूर्व र पश्चिम छुट्टिने बाटो थाहा थियो यद्द्पि सिन्धुलीको बाटोमा पहिलो पटक यात्रा गर्दै थिएँ। त्यसैले सुनकोशी नदी, पारिपट्टि देखिने रामेछापको डाँडो, तमाम दृश्य मेरा निम्ति एकदमै नौला थिए। सिन्धुलीगढी जहाँ अंग्रेज उक्लिन सकेका थिएनन्, त्यहाँ पुगेर त म हेरेकोहेर्यै भए।

जापान सरकारले निर्माण गरिदिएको सडक फराकिलो त थिएन तर थियो निकै सुन्दर। यस्तो सडक टेलिभिजनमा हेर्दा युरोपका देशहरुमा देखिन्छन्। हामीकहाँ एउटा फोबिया जीवनको दैनिकीसंग नै गाँसिएको छ। सुनकोशी नदी किनारमा जस्ता पाताको छानो भएका घरका मालिक रुद्र तामाङले भने, 'यो बाटो लाइफलाइन थियो, भारतको कारण साँघुरो बनाइयो, यताबाट समान ल्याएर खान्छ भने ।' म खिस्स हाँसिदिएँ।

मसंग हुनुहुनथ्यो दुई जना महिला। उहाँहरुलाई म हृदयबाटै सम्मानको भाव जागेर 'मेडम' भन्छु। उहाँहरुको शुभ नाम चाहिँ, आशा लामा र कला क्षेत्री हो। केही हप्ताअगाडि आशा लामा मेडमले टेलिफोन गरेर, 'अलिकति न्यानो कम्बलहरु छन् चिसो ठाँउमा बाँडौ, मलाई आइडिया चाहियो' भन्नुभएको थियो। मैले तत्कालै 'शीतलहर' सम्झेको थिएँ। कहाँ छ त्यो शीतलहर? रौतहटका केदार तिमिल्सिनाले भने- 'मुसहर बस्तीमा छ।'

रौतहट चन्द्रनिगाहपुर पुगेपछि कला क्षेत्री मेडम अलिक भावुक हुनुभयो। केदर तिमल्सेना मनका गरिब थिएनन्। उनले हामीलाई सक्दो सहयोग गरे र मुसहर बस्तीमा लगे। खासमा सिङ्गो बस्ती नाङ्गै थियो। लुगा लगाउनुको अर्थ यस्तो हैन कि केवल लाज मात्र ढाकोस्, जाडो नछेकोस्। डाँडामाथिको घामजस्ता बुढाबुढीहरुको बिजोग थियो चिसोले। बालबालिकाहरु निमोनियाका कारण 'घ्यारघ्यार' गरिरहेका देखिन्थे।

कम्बल दियौँ, मुस्कान लियौँ

त्यहाँका स्थानीय नागरिक समाज, प्रहरी, पत्रकारसंग सहकार्य गरेर हामीले रौतहटको सन्तपुर गाविसमा २ सय थान न्यानो कम्बल वितरण गर्यौँ। स्थानीयबासीहरुले लाइन लागेर कम्बल लिए। अनि जवाफमा हामीलाई खुसीको मुस्कान बाँडे। सायद त्यो क्षण, जीवनको एउटा उत्कृष्ट क्षण थियो। नेपाली सामाजको जिजिविषा थाहा नभएको हैन, तर एक थान न्यानो कम्बलले धैरै फरक पार्दोरहेछ जिन्दगीमा।

लाग्थ्यो, त्यो चार न्यानो कम्बल होइन, माया वितरण भैरहेको छ। कतिपयले जाडो भयो भनेर वितरण स्थलमा नै कम्बल ओढेको देखियो। थाहा छैन एनजिओ, आइएनजिओको मोटो डलर कहाँ छ, जस्ले तिनको नाम भजाएर नानाथरि गफ चुट्दै हिँडेका छन्। यो राज्य व्यवस्था कहाँ छ? सबैभन्दा ठूलो कुरा नागरिकहरुको हक, अधिकार कहाँ छ? यो उहिलेदेखि नै थाहा नभएको कुरा हो।

कस्ले बाँडेको हो न्यानो कम्बल ?

रौटहटको मुसहर बस्तीमा न्यानो कम्बल वितरणमा म पुगेँ, सहयोगीका रुपमा, व्यवस्थापक पनि हुँ। तर यसको जिम्मा 'आशा फाउण्डेशनले' लिन्छ। आशा फाउण्डेशन परोपकारी संस्था हो। खासगरी महिलाहरुको हक, हितको लागि महत्वपुर्ण कामहरु गर्दै आइरहेको छ। र आशा फाउण्डेशनको प्रमुख, आशा लामाजी हुनुहुन्छ।

आशा लामा मूलत; वैदेशिक रोजगारको क्षेत्रमा काम गर्नुहुन्छ। हामीकहाँ के छ भने मेनपावर भएको मानिसहरु दलाल नै हुन्। केही खराब व्याक्तिहरुको झुण्डको कमजोरी र गलत सोचका कारण मेनपावर व्यवसायमा गम्भीर चुनौती थपिएका छन्। केही महिनाअगाडि सिरियामा बेचिएकी रेनु मगरको उद्दार गर्ने आशा लामा नै हुनुहुन्छ। त्यस्तै सहयोग गरेकै कारण खाडी मुलुकका माहिलाहरु उहाँलाई खुब मान्छन्।

आफ्नो कमाइबाट छुट्याएको अलिकति सरक समाजसेवामा प्रयोग गर्ने उहाँको चाहना बमोजिम यस्ता थुप्रै कामहरु हुदैँ आइरहेका छन्। तर ती कामहरु विविधकारणवश ओझेलमा छन्। काम गर्दैजाँदा आरोप पनि नलागेका हैनन् तर त्यसको कुनै आधार थिएन। उनै आशाको पहलमा रौतहटको मुसहर बस्तीमा २ सय थान न्यानो कम्बल वितरण भएको हो। बाँकी कम्बलहरु सप्तरी र दोलखाकको जिरीमा वितरण हुँदैछन्।

कसरी जुट्यो कम्बल ?

व्यापारको लागि आशा लामा अधिकांश समय युएइ आउनेजाने गर्नुहुन्छ। त्यहाँ उहाँले चिनेका एकजना भारतीय धनाढ्य व्यापारी हुनुहुन्छ, 'दादा'। नेपालको बारेमा दादासंग कुरा गर्दै जाँदा गरिबीको कुरा पनि निस्कियो। आशा लामाले दादालाई नेपालीहरुको समस्याबारे धेरै कुरा सुनाउनुभयो। चिसो र शीतलहरको कुरा सुनाउनुभयो।

धनाढ्य दादाले दिल्लीमा कम्बल कम्पनीलाई टेलिफोन गरेर आशा फाउण्डेशनको लागि कम्बल पठाउन भन्नुभयो।  त्यही कम्बल विरतण गरिएको हो, गरिँदैछन्।

 

 

 

प्रकाशित ४ पुस २०७३, सोमबार | 2016-12-19 19:48:48
author photo

दिल निसानी मगरबाट थप


प्रतिकृया दिनुहोस

  • सुन्नुस त! विचार हाम्रा पनि छन्

    जब ग्राहक बारीमा सीधै ताजा तरकारी किन्न जान थाल्छ, बिचौलियाहरु बिच्किन थाल्छन्। र बिचौलिया नबिच्केसम्म ताजगी अलि परको कुरा हुन्छ। विचारका...

  • चित्ताकर्षक रारा, अद्भुत यात्रा

    यसपटक रारा घुम्ने रहरको मूल मुटुभित्र फुटेर आयो। इच्छाहरु यति रसाएर आए कि अनिच्छा र अल्छीका झिल्काहरुका लागि कुनै स्थान रहेन। यसपटकको...

  • खगेन्द्र संग्रौला

    गाई–निबन्धे गाली र खगेन्द्र संग्रौला

    संग्रौला सामाजिक सञ्जालमा निकै गाली खाने लेखकमा पर्छन्। उनले ट्वीटरमा केही लेख्नेबित्तिकै उनलाई गाली गर्नेहरू जाइलागिहाल्छन्। हिंसाको पक्षपोषण...

  • मिल्काइदेऊ नाथे ढोंग-२

    मैले सोधेँ, ‘हामीमध्ये को–को खुलेर हाँस्न सक्छौँ।’ प्रायः सबैको उत्तर थियो, ‘धेरै हाँस्ने बानी छैन।’ एकजना अभियन्ताको स्वीकारोक्ति थियो, ‘कुरा त...

  • पहेँलो जर्नल छोडेर गएकी निर्मला म्याडम

    हँसिलो मुहार र नेवारी लवजमा उनले मेरो संक्षिप्त परिचय मागेकी थिइन्। पहिलो भेटमै म उनको व्यक्तित्वबाट प्रभावित भएको थिएँ। उनको उज्यालो अनुहार आज पनि...

  • डाक्टर रामेश र चार्ल्स शोभराज

    मुटुविहीन मान्छेको मुटु ठीक गर्दा

    चार्ल्स भारतको तिहाड जेलबाट भागेका थिए। पुनमका पिता सोही जेलको एक कनिष्ठ अधिकारी थिए। उनले सो घटनबारे सुनेकी थिइन्। उनको पिताले भोगेको तनाव र...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...

  •  गोरखाको प्रोकभ्यालीमा गरिएको गहुँ खेती। यहाँ बर्षदिनमा एक खेतीमात्रै उत्पादन हुन्छ।

    उत्तरी गोरखाका यी भोकमरी-स्थान जहाँ राज्यको लगानी शून्य छ

    उत्पादन भएको अन्नले दुई-तीन महिना मात्रै खान पुग्ने, थप उत्पादन बृद्धि गर्न खेतीयोग्य जमिन पनि नभएको र सदरमुकामलगायत क्षेत्रबाट खाद्यान्न ढुवानी...