चीनसँग 'सफ्ट पावर' आदानप्रदानका यी फाइदा



लिजेन्ड अफ झेनहुआनका कलाकारहरु
लिजेन्ड अफ झेनहुआनका कलाकारहरु

कुनै पनि मुलुकको सफ्टपावर अर्थात् संस्कृतिले जति खुलापन धारण गर्दछ त्यति नै अन्तरदेशीय भावनालाई प्रगाढ बनाउँछ। अहिले खुलापनतर्फ उन्मुख भएको चीनले सांस्कृतिक आदानप्रदानको सम्बन्धलाई जनस्तरमा सबल पार्ने माध्यमहरु खोजिरहेको छ। त्यसकै एउटा कडीका रुपमा कन्फ्युसियस कक्षामार्फत् चीनले हालसम्म विश्वका १ सय ४० वटा देशमा ५ सय ११ वटा इन्स्टिच्युट तथा १ हजार ७३ कन्फ्युसियस क्लासरुम खोलेर खुलापनको दैलो उघारेको छ।

चीनले आफ्नो संस्कृतिलाई अनेक माध्यमबाट विश्वसमक्ष पुर्‍याउनका लागि अनेकन उपाय खोज्दै विश्वका अनेकन देशहरुसँग गहन आदान प्रदानलाई ध्यान दिएको छ। यसबाट सम्बन्धित मुलुकबीचको जनस्तरीय सम्बन्धलाई मलजल गर्न सहयोग पुगेको छ। निकटस्थ छिमेकी भएको नाताले दक्षिणी छिमेकी भारतको जति साँस्कृतिक प्रभाव नेपालमा छ, त्यति चिनियाँ संस्कृतिको छैन।

चिनियाँ श्रव्यदृश्य सामग्रीको लोकप्रियता

झण्डै ५ हजार वर्ष पुरानो सभ्यता बोकेको चीनका टिभी दृश्य कार्यक्रमहरु अहिले विश्वव्यापी बन्दै क्रमशः प्रतिष्ठा आर्जन गरिरहेका छन्। विशेषगरी ऐतिहासिक रहनसहनलाई जीवन्त राख्न र भावी पुस्तामा हस्तान्तरण गर्न चिनियाँ टेलिभिजन कार्यक्रमहरु झन् झन् प्रभावकारी बन्दै गैरहेका छन्। गहन विषयवस्तु, तत्कालीन सामन्ती शासन व्यवस्था, राष्ट्रियता, प्राचीन चीनको पुनस्मरण गराउने कथाहरु, धार्मिक तथा परम्परागत उपचार तथा अध्यात्म पद्धति, तिलस्मी नाटकहरुका अलावा वाह्य मुलुकका स्वरांकन र सब-टाइटल गरिएका टेलिसिरियल अहिले चिनियाँ टेलिभिजनहरुमा देख्न सकिन्छ। जसरी चिनियाँ सामग्रीहरुले विदेशी भूमिमा वाहवाही कमाइरहेका छन् त्यसैगरी चिनियाँ टेलिभिजनहरु पनि विदेशी टेलिभिजन कार्यक्रमहरुले रङ्गिन थालेका छन्।

विगतमा संस्कृति आयात निर्यातमा रुखो बनेको चीनले अहिले उदारता देखाउँदै अङ्ग्रेजी, कोरियाली, जापानी, रसियन र हिन्दी समेत चलचित्र तथा टिभी सिरियलहरु प्रसारण गर्दछ। त्यसैगरी चिनियाँ संस्कृति बोकेका अनेकन टिभी नाटकहरु विदेशी टेलिभिजनबाट प्रसारणको तयारीमा बसेका छन्। यो क्रम ढिलो हुनुका पछाडि चीनले भर्खरै अङ्गीकार गरेको खुलापनको नीति हो।

मियुएझुआनको दृश्य

मियुएझुआनको दृश्य

नेपाल प्रवेशमा चिनियाँ अभिरुचि

टेलिसिरियल वा चलचित्रको प्रभाव कति हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण चीनमा पनि देख्न सकिन्छ। एउटा दक्षिण कोरियाली नाटकबाट त्यहाँका मीठा खानेकुरा चिनियाँहरूको टेबुलमा ल्याइपुर्‍याएको छ भने नाटकका दृश्य स्थलहरू चिनियाँका लागि पर्यटकीय गन्तव्य बनेका छन्। तथ्याङ्क अनुसार, दक्षिण कोरियाली भाषा जापानी भाषालाई उछिनेर सबैभन्दा आधुनिक भाषाहरूमध्येको एक बनेको छ। विदेशी सँस्कृति चीनभित्र यति ठूलो परिधिमा प्रचलित भइरहेबाट चिनियाँ संस्कृतिलाई कसरी विश्वतर्फ फैलाउने भन्ने चुनौती देखापरेको छ। यही मेसोमा चिनियाँ उच्चस्तरका नेताले काठमाडौं पुगेर सहकार्यको चाहना देखाउनु पनि हो। संसारको सबैभन्दा ठूलो रेडियो चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआई र नेपाल टेलिभिजनले श्रव्यदृश्य सामग्री प्रसारणसम्बन्धी हातेमालो गर्नुको निहितार्थ यसरी खोतल्न सकिन्छ।

१- ‍भारतीय फिल्म इण्डस्ट्री बलिवुडले हलिवुडलाई पछ्याउँदै विश्व बजार तताइरहे जस्तै चीन पनि आफूलाई त्यसैगरी उभ्याउन चाहन्छ। ज्याकी चेन, ब्रुस ली बाहेक चिनियाँ कलाकारलाई शायदै नेपालीहरुले चिनेका होलान्। नेपालमा भित्रिएर चीनले देशको कलासँस्कृतिलाई विदेशी भूमिमा परिचित गराउन चाहेको देखिन्छ।

मियुएझुआनको दृश्य

मियुएझुआनको दृश्य

२- चिनियाँ टेलिसिरियलहरु लोभलाग्दा छन्। कुनै कुनै सिरियलहरु त चिनियाँहरुले हरेक वर्ष दर्जनौं पटक हेर्ने गर्दछन्। त्यति मात्रै नभएर पश्चिमको यात्रा नामक धार्मिक श्रृङ्खला ३ हजार पटक प्रसारणका कारण गिनिज बुकमा दर्ता भएको छ। यसर्थ चीन टेलिकार्यक्रम मार्फत् विश्व बजारमा मिसिन चाहन्छ। नेपाल त्यसको एउटा पाटो बन्न सक्छ।

- जसरी चिनियाँ सञ्चारमाध्यममा बाह्य जगतका सामग्रीहरु रुचाइएका छन्, त्यसैगरी आफ्ना सामग्री पनि अरु बजारमा जाऊन् भन्ने चीनको मनसाय देखिन्छ। मुख्य समस्या भाषा भएको चीनले खुट्याएको छ, आगामी दिनमा यसको विकल्प खोज्ने ध्याउन्नमा देखिन्छ।

४- कलाको पाटोबाट कुनै पनि मुलुकको समृद्ध व्यक्तित्व झल्किने भएकाले वाह्य जगतमा चिनियाँ कलालाई कसरी भिजाउने भन्ने उत्कण्ठालाई लिएर चिनियाँ संसदमा पनि गहन बहस भएको छ। एक पेटी एक मार्गको प्रारुपमा छिमेकी हुँदै फैलिन खोजेको चीनले अरु देशजस्तै नेपालमा पनि अवसर बाँडफाँड गर्न खोजेको देखिन्छ।

चिनियाँ श्रव्यदृश्य नेपाल भित्रिँदाका ५ फाइदा

सन् २०१० मा कपुरको रुख नामक टेलिसिरियलका अलावा चीनले वर्षेनी चलचित्र महोत्सवको आयोजना गर्दछ। नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवको मौका पारेर नेपाल-चीन भगिनी सहर र तिब्बत सम्बन्धी वृत्तचित्र  नेपाली सञ्चारमाध्यमबाट प्रसारण भएका छन्। त्यति मात्रै हैन, चिनियाँ चलचित्र टोलीको सहभागितामा तङ्ग फङ्ग लाइ अर्थात् पर्ख, हावा चल्नेछ नामक चलचित्रले नेपाललाई चिनियाँ भूमिमा फैलाएको छ। यी त औंला भाँचेर गन्न सकिने केही उदाहरण हुन्। नेपाल चीन आपसी साँस्कृतिक सम्बन्धका आधारहरुलाई थप उजागर गर्न सकियो भने नेपाली कला सँस्कृतिमा भारतीय एकाधिकार पनि तोडिनेछ। चिनियाँ कला संस्कृति नेपाल भित्रिएमा ५ फाइदा यसरी दिनसक्छ।  

१‍- सांस्कृतिक ग्रन्थहरू तथा वास्तविक जीवनबीच ठूलो भिन्नतालाई उजागर गर्नेछ। आदान प्रदानबाट अन्तर्देशीय सम्बन्धलाई जगैबाट बलियो बनाउन सहायता मिल्नेछ।

२- नेपालजस्तो सीमित बजार भएको ठाउँमा चिनियाँ कला शिल्प भित्रिन्छ भने नेपाली कला संस्कृतिलाई पनि चीनमा फैलिने मौका मिल्छ। यसबाट नेपाली कलाकारलाई चिनियाँ कलाकारबाट गुणस्तरीय नाट्यकलाशिल्पी ग्रहण गर्न सहायता पुग्छ।

३- चीनमा हजारौं चलचित्र कम्पनी छन्। टिभी स्टेशनको संख्या पनि दुई हजारभन्दा बढी छ। यस्तो अवस्थामा चिनियाँ नाटकको गुणस्तर र मुख्य विचारलाई प्रत्याभूति दिनु सरल कुरा नभएको सन्दर्भमा कसरी चिनियाँहरुले यसलाई माझ्ने काम गरेका छन् भनेर बुझ्न सहयोग पुग्नेछ।

४- अहिले चीनले स्वदेशी संस्कृतिलाई विदेशतर्फ निर्यात गरिरहेको छ। तर निर्यात कसरी गर्नुपर्छ भनेर चीन पनि सिकिरहेको छ, यही मौकामा नेपाली कलाक्षेत्रले केही उपाय हासिल गर्न सक्छ। सांस्कृतिक गुणस्तरलाई हुर्काउनका लागि चीनले अवलम्वन गरेको परिपाटीले नेपाली कलाप्रेमीलाई पनि हौस्याउन सक्नेछ। अहिले केही सँख्यामा मात्रै नेपाली चलचित्र र डकुमेन्ट्रीहरु चिनियाँ सञ्जालमा देख्न सकिन्छ, भविष्यमा यो परिणाम बढ्न सक्छ।

५- दुई मुलुकबीचको सम्बन्ध सेतु पनि बन्न सक्छ। आर्थिक धुरीमा विराजमान चिनियाँ कला संस्कृतिलाई नेपाली भूमिमा प्रवेश दिन सकियो भने भोलि नेपाली कला संस्कृतिलाई चीनमा पुर्‍याउन सकिन्छ। एकअर्काको कलासँस्कृतिको आदान प्रदानबाट जनस्तरमा सम्बन्ध प्रगाढ पार्नमा मद्दत पुग्नेछ।

मिडिया कला आदान प्रदानको औचित्य

नेपाली कला संस्कृति र प्रविधिको उचाई शिशुकालमा रहेजस्तै चिनियाँ सँस्कृति पनि उस्तो शिखरमा चढिसकेको छैन। निश्चित छ कि भविष्यमा चीन पनि माथि पुग्नेछ। यही मौकामा हातमा हात मिलाउन सकियो भने भोलि नेपाल पनि उही रफ्तारमा अघि बढ्न सक्छ। चिनियाँ प्रसिद्ध टिभि नाटक निर्देशक चाउ पाउ काङ्ग भन्छन्- सँधैं एकै किसिमको नियमित ढाँचाले विचार र सिर्जनशील क्षमतालाई सिमित पारिएको छ। लामो समयसम्म चलेको उही ढाँचाले सिर्जनशील क्षमतामा ह्रास आएको छ।

चीनमा ३००० पटक प्रसारणको विश्व रेकर्डको प्रमाणपत्र लिँदै पश्चिमको यात्रा नामक धार्मिक श्रृङ्खलाका मंकी किङ अर्थात् लिउ स्याउ लिङ् थोङ्।

चीनमा ३००० पटक प्रसारणको विश्व रेकर्डको प्रमाणपत्र लिँदै पश्चिमको यात्रा नामक धार्मिक श्रृङ्खलाका मंकी किङ अर्थात् लिउ स्याउ लिङ् थोङ्।

चिनियाँ कलाक्षेत्रमा संलग्न विज्ञ र व्यक्तिहरु चिनियाँ कला संस्कृतिलाई कुन ढङ्गले अन्तर्राष्ट्रियकरण गर्ने भनेर भौतारिरहेका छन्। कसरी अन्तर्राष्ट्रिय क्षमतामा पुग्ने भन्नेमा पनि गम्भीर बहस चलिरहेको देखिन्छ। मुख्य कारण प्रतिस्पर्धात्मक शक्ति कमजोर हुनु र सिर्जनशील क्षमताको अभावलाई चीनमा पहिल्याइएको छ। चीन सरकारले पनि त्यो विषयबारे स्पष्टसँग बुझेर विभिन्न किसिमका कदम अपनाउन थालेको छ।

एउटै मत छ कि चिनियाँ संस्कृति विदेशतर्फ खुल्ला हुनका लागि वास्तविक क्षमतालाई उकास्नुपर्छ। अर्को कुरा सफ्ट पावरलाई उजागर गर्ने र पुरानो संस्कृतिलाई जगेर्ना गर्ने रणनीतिका साथ अधिकांश चिनियाँ टेलिभिजन च्यानलहरु सक्रिय देखिन्छन्। सीछ्वी नामक पुरानो ओपेरा, चिनियाँ सैन्य, कलाशिल्प, सांस्कृतिक प्रतिष्पर्धा, नयाँ पुस्ताका बीचमा प्रतिष्पर्धात्मक कार्यक्रमहरु समावेश गरिएका छन्। यसबाट नयाँ पुस्तामा परम्परागत कलासँस्कृति हस्तान्तरण गर्ने अभिप्राय देखिन्छ भने चीनले यो संस्कृतिलाई विदेशमा फैलाउनका लागि निरन्तर रुपमा टेलिभिजन संस्थाहरुसँग सम्झौता गर्दै आइरहेको छ। द लेजेण्ड अफ चन ह्वान, रोमान्स अफ थ्री किङ्डम, पश्चिमको यात्रा, न्यू लेजेण्ड अफ म्याडम ह्वाइट स्नेक, खाङ्सी डाइनेस्टी, प्रिन्सेस पर्ल लगायतका दर्जनौ चिनियाँ सिरियलले विदेशी भूमिमा दर्शकको मन तानेका छन् भने चिनियाँ संस्कृति बुझ्नका लागि सहयोग पुर्‍याएका छन्। अहिले चिनियाँ सर्च इन्जिनमा विरलै नेपाली चलचित्र, गीत र डकुमेन्ट्रीहरु भेट्न सकिन्छ। नेपाल-चीन आदान प्रदानबाट नेपालको कला क्षेत्र र संस्कृतिले फल्ने फुल्ने मौका पाउनेछ

प्रकाशित ३ पुस २०७३, आइतबार | 2016-12-18 09:29:50
author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

  • आयातीत पीडाको कहानी

    हिजोआज नेपालका हरेक घरका नजिक वा टाढाका सदस्य विदेशिनु अकाट्य सत्य बनेको छ। तीमध्ये खाडी मुलुक जानेको संख्या बढी भएको कुरा पनि अर्को यथार्थ हो।...

  • कवि केशव सिलवाल

    सहरमा एक पुँजीवादः काँठमा एक रामचन्द्रे

    मिश्र सरको पुँजीवादबाट पीडित साक्ष्य हो रामचन्द्रे। उसलाई सिंहदरबारको कुनामा थन्किएको राज्यले नजर लगाउँदैन। उसको आहत कसैलाई सुन्ने फुर्सद छैन।...

  • विनोदविकास सिंखडा

    मेरो समयको एसएलसी र आजको एसइई

    एकाबिहानै फेसबुक खोलेर हेर्दा थाहा पाएँ, यो सालको एसएलसी सुरु भइसकेछ। आजभोलि त एसएलसीलाई ‘एसइइ’ पो भन्दा रहेछन्। सबै भन्छन्– यो परीक्षा जीवनको...

  • रवीन्द्र मिश्र

    रवीन्द्र मिश्रको समूहमा व्यक्ति प्रधानताको लक्षण

    राजनीति गर्छु भन्नेहरूले ति एजेण्डाका बारेमा स्पष्ट दृष्टिकोण सार्वजनिक नगरी सुख छैन। अहिले भएका वा भविष्यमा बन्ने सबै राजनीतिक दलले आफ्नो...

  • खस्कँदो छ उद्योग वाणिज्य महासंघको साख

    विस्तारै हटिरहेको लोडसेडिङ, उद्योगी र मजदुरबीचको सुमधुर सम्बन्ध र विदेशी लगानी बढिरहेको अवस्थामा अबको नेतृत्वले मुलुकमा लगानीको वातावरण रहेको...

  • समलिङ्गी जोडी रजनी र शर्मिला

    यस्ता छन् एक लेस्वियन जोडीका दुःखसुख

    नेपाली तेस्रो लिङ्गी अञ्जली तामाङको चर्चा काठमाडौँदेखि न्युयोर्कका पत्रपत्रिकासम्म पुग्दा मलाई पनि केही समयअगाडि बिबिसी साझा सवालमा आएका तेस्रो...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • साडी, स्वीटर र ब्लाउजमा बुट्टा भर्ने तथा कढाइ गर्ने सीप सिकिरहेका एकल जीवन बिताउँदै आएका रोल्पाका महिला

    सीप सिकेर जीवन बदल्ने प्रयास गर्दैछन् रोल्पाका यी एकल महिला

    उमेर नपुग्दै विवाह गर्ने चलन रोल्पामा अझै घटेको छैन। सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्ध विच्छेद...

  • परासर आश्रमतनहुँको सेती र मादी नदीको किनारमा अवस्थित परासर आश्रम

    पर्यटकीय स्थलमा बदलिँदै छ व्यास क्षेत्र

    पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासका दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहुँको सकृयतामा करिब २७...

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...