हलिउडदेखि भाग् कलिउड भाग्!



यौन प्रसंग जोडिएपछि केटीको ज्यानै जाने खतरासम्म रहन्छ, समाचारकै कारण दशैंको दिनमा नायिका श्रीषा कार्कीले ज्यान फालेको जिम्मेवारीबाट हामी कोही, कहिले पनि भाग्न मिल्दैन।

सन् १९७२ मा बनेको 'लास्ट ट्यांङगो इन पेरिस’ मा खिचिएको आपत्तिजनक बलात्कार दृश्यको चर्चाले अहिले हलिउड तातेको छ।

‘दि गार्जियन’ लगायत अन्तराष्ट्रिय संचारमाध्यममा अहिले गर्माइरहेको समाचार हो यो। सिनेमा अनि यौन। सिनेमाभित्र हिरोइनलाई जानकारी नदिई खिचिएको आपत्तिजनक बलात्कारको दृष्य। समाचार चिसो हुने कुरै भएन। तर अहिले आवाज उठिरहेको छ यही दृष्यले अभिनेत्रीको सामाजिक जीवनमा परेको प्रभाव। हलिउडका सिनेमामा महिलाको भूमिका र यौनजन्य दृष्यहरुमा उनीहरुमाथि गरिने यौन शोषण बहसको बिषय बनेको छ। यही सिने-समाचारको लिंकमा गरिएका कडा टिप्पणीहरुले सिनेमाको दृष्य खिच्दा गरिएको यौन शोषणको हदैसम्म विरोध गरेका छन्। निर्देशकलाई जेल हाल्नुपर्नेसम्मका कुरा उठेको छ। यस सिनेमाका निर्देशक ‘दि लिटिल बुद्ध’ का पनि निर्देशक हुन्। जुन फिल्म नेपालमा सुटिङ गरिएको थियो।

सिनेमा ‘लास्ट ट्यांङगो इन पेरिस’मा निर्देशक बर्नाडो ब्रर्तोलुचि र मेल एक्टर मार्लोन ब्रान्डोको मिलेमोतोमा बलात्कारको दृष्य खिचियो। जुन दृष्य स्क्रिप्टमा थिएन। अभिनेत्री मारिया स्नाइडर त्यो बेला मात्र १९ बर्षकी थिइन्। हिरो थिए ४८ बर्षका। दृष्याकंन सकिएपछि अभिनेत्रीले बलात्कार भएको महसुस गरेको कुरा अन्तर्वार्ताको क्रममा बताएकी थिइन। त्यो बेला उनले आफूमाथि भएको यस्तो कुकर्मबारे कस्तो प्रतिक्रिया जनाउने वा वा वकिलसँग सल्लाह लिएर मुद्धा गर्ने भन्ने भेऊ पाइनन्। बरु त्यो ‘मेन्टल सक’ बाट बाहिर आउन उनले ड्रग्सको सहारा लिन थालिन्।

यही झड्काका कारण उनको करियर र जीवन फक्रिएन। तर निर्देशकले सफलताको स्वाद चाख्दै गए। सन् २०११ मा मारियाको ५८ वर्षको उमेरमा निधन भयो। जीवनभरि उनी यही सिनेमाको कारण दुःखी र लज्जित भइरहिन्।

सन् २०१३ मा दिएको इटालियन भाषाको अन्तर्वार्तामा निर्देशक ब्रर्नाडोले सो सिनको बारेमा आफ्नो दोष स्विकार गरेका थिए तर ग्लानी भने नभएको बताए। उनले मारियाबाट ‘अभिनेत्रीको जस्तो प्रतिक्रिया होइन बलात्कारमा परेकी केटीको जस्तो प्रतिक्रिया’ चाहेको बताएका थिए। यो ‘चिटिंङ’लाई उनले यसरी सच्याउने प्रयास गरे। उनको अन्तवार्ता हालै एक स्पेनिस पत्रिकाले पनि सार्वजनिक गरेको छ। विश्वव्यापी रुपमा चलिरहेको महिला हिंसाबिरुद्धको १६ दिने अभियानसँग जोडेर यो अन्तवार्ता प्रकाशित भएको छ। यसले अहिले सिङ्गो हलिउड हल्लाइरहेको छ। निर्देशकको यो प्रतिक्रियाले हलिउडको पुरुषकेन्द्रित सोच र तागत राम्रैसँग ऊजागर गरेको छ। सिनेमा निर्माण र लेखनमा महिलाको निरीह उपस्थितिको उपज मान्न सकिन्छ त्यो दृष्य। निर्देशकले ग्लानि महशुस नगर्नु त झन् खतरनाक कुरा हो। यसले सिने क्षेत्रमा पुरुषको हेपाहा प्रवृत्ति (डोमिनेसन)मा प्रहार पुगेको छैन भन्ने बुझाएको छ। हलिउडमात्र होइन पश्चिमी समाजको ठुलो तप्का अहिले बहसमा उत्रेको छ।

‘त्यो दृष्य बलात्कारको फिल्मांकन होइन वास्तविक बलात्कार नै हो। निर्देशक दोषी हुन् उनलाई सजाय हुनुपर्छ,’ अहिले मानिसहरु यही भनिरहेका छन्। विश्वव्यापी रुपमा महिला हिंसाविरोधी अभियान चलिरहँदा, सिनेमाको साम्राज्य हलिउडमा भएको यो बहसले अभिनेत्रीहरुको न्यायको वकालत भइरहेको छ।

यो बहस पढिरहँदा मलाई केही बर्षअघिको एउटा घटना याद आयो। एक दिन म एउटा नाम चलेको पत्रिकाको कार्यालयमा थिएँ। सिनेमासम्बन्धि समाचार विश्लेषणको लागि अनुसन्धान गर्दै थिएँ। मेरी पत्रकार मित्रले ढोकाबाट भित्र पस्दै भनिन्, ‘फलानो झोक्किँदै आएको छ। खै कुन हिरोइनले के भनिछ कुन्नि, त्यसको पनि श्रीषाको जस्तो हालत गराइदिन्छु अनि थाहा पाउँछे भन्दैछ।’ सुन्दा नै झसङ्ग भएँ म। ‘तैले प्रतिवाद गरिनस्?’ मैले उनलाई सोधें। ‘यस्तो कुरामा कति निहुँ खोज्ने? प्रतिकार गरिन भो,’ उसको जवाफ आयो। निसंकोच कोही सिने पत्रकारले हिरोइनलाई यसरी धम्कीको भाषा बोल्नसक्ने हिम्मत कहाँबाट पायो होला। रिस उठ्नुपर्ने हो मलाई तर म आफैं जिल खाएकी थिएँ।

करियरसँग जोडिने नैतिकताको प्रश्नले हिरोइनलाई लखेटेको लखेटै गर्नुपर्ने किन? बाँकी उनको व्यथा त चम्किलो कपडाको आवरणले छोपिहालेको हुन्छ। सिनेमा छायांकन गर्दा होस् वा यौनजन्य दृष्यको सुटिङमा, महिला कलाकारले सहेका, देखिएका नदेखिएका यौन दुव्र्यवहार हलिउड, बलिउडमात्र होइन कलिउडको पनि विषय हो। कति बाहिर आउँछन् कति गुमनाम। हलिउड तताएको ‘लास्ट टयांङ्गो इन पेरिस’ को समाचारले संसारभरि सिने क्षेत्रभित्रको कुरालाई नमुना चित्र दिएको छ। सिनेमा लेखन र मेकिङमा पुरुष पात्रहरुको मात्र हालिमुहालीले महिला पात्र माथि हुने दुव्र्यवहार। अनि त्यो व्यवहारबापत हिरोइनले तिर्ने चर्को मूल्य। सिने पत्रकारिताले महिलालाई प्रस्तुत गर्ने तरिका लगभग सबैतिर उस्तै छ।

अहिले बलिउड, ऐश्वर्या रायले ‘ए दिल हे मुस्किल’ मा रणवीर कपुरसँग दिएको बोल्ड सिन र त्यसको वरिपरिको र्‍युमरले तातेको छ। आफूले दिएको दृष्यमा ऐश्वर्या कम्फर्टेवल देखिएकी छिन्। उनका ससुरा अमिताभ बच्चनले नयाँ जमानाको केटीको कथा बोल्ड हुन्छ भन्दै वचाऊ पनि गरिरहेका छन्। तर मिडिया पछि लाग्न छोडेको छैन। ऐश्वर्याको परिवारले केही तुष झारुन् र आफूलाई गरम-मसाला मिलोस्। यो कसरतमा बलिउडका मिडियाले खोपडी खियाउँदैछन्।

विश्वव्यापी रुपमा महिलाको शरिर र यौनिकताको विषयमा एकै खालको मनोबिज्ञान पाइन्छ। सिनेमा मेकिङमा लाग्ने र त्यसको समाचार संकलनमा लाग्ने दुबै वर्गको संयुक्त दोषपूर्ण सोचले नायिकाले दुःख पाउने कुरा सबैतिरको कथा हो। यौन प्रसंग जोडिएपछि केटीको ज्यानै जाने खतरासम्म रहन्छ। समाचारकै कारण दशैंको दिनमा नायिका श्रीषा कार्कीले ज्यान फालेको जिम्मेवारीबाट हामी कोही, कहिले पनि भाग्न मिल्दैन।

‘लास्ट टयाङगो इन पेरिस’को जस्तो आपत्तिजनक दृष्य नेपाली सिनेमामा नहोलान्। तर नेपाली नायिकाहरुले चुपचाप सहेका कहरका कथालाई समाजले नजरअन्दाज गर्न मिल्दैन। सिनेमा निर्माताहरुले सिनेमा चलाउनकै लागि हिरोइनको दृष्यमाथि ज्यादती गर्ने सोच हामीकँहा नमौलाओस्। यसका लागि अरु देशको बहसले हामीलाई सजगता दिन सक्छ। अहिले महिला कलाकारको तुलनात्मक रुपमा उपस्थिति बढेको छ। महिला सिनेमा निर्माताको संख्या भने कम छ। पुरुष बाहुल्यता भएपनि सोचमा परिवर्तन आउन सके समस्या न्यूनीकरण हुन्छ। महिलाको भूमिकाप्रति संवेदनशिलता र सेटमा उनीहरुप्रति गरिने व्यवहार स्वस्थ रहेमात्र सिनेमाले दिने सन्देश स्वस्थ हुन सक्छ। महिलाहरुको उपस्थिति बाक्लिने वातावरण बन्न सघाऊ हुन्छ।

सिने समाचारको सवालमा हाम्रो संचारमाध्यमले आफ्नै गल्तीबाट सिक्नैपर्छ। मान्छेका ज्यान लाने वा डिप्रेसनमा जाने ‘काइते’ समाचारको पुनरावृत्ति हुनु हुँदैन। महिलाले सिने उद्योग हाँक्नसक्ने भइसकेको परिस्थितिमा सिनेमाभित्र हुने यौनशोषणका चरम रुप आफ्नो उद्योगमा छिर्न दिनुभएन। यसका लागि सिनेमा बनाउनेले नै हो सोच्नुपर्ने । सिक्नको लागि सबै गल्ती आफैले गर्न पर्दैन। अरुको गल्ती पनि काफी हुन्छ। पश्चिमा जगत तताइरहेको बहसले हामीलाई सघाउन सक्छ। लास्ट टयाङ्गो इन पेरिसको कथा हामीकँहा नदोहोरियोस्, यत्ति हो।

सिनेमा बनाउने मान्छे र सिनेमाको समाचार लेख्ने मान्छेको कारण अभिनय गर्ने महिला पीडामा पर्नु हुँदैन। पर्दामा चम्किने मानिसको जीवनमा बग्ने आँसु ग्लिसिरिनको मात्र होइन। त्यो हृदय पग्लिएको पीडाको आँसु हो। यति विचार गरे धेरै अमानवीय कुराबाट सिने उद्योग जोगिन सक्छ। आशलाग्दो कुराः पछिल्लो पटक समाचारकै कारण कहालिलाग्दो परिस्थिति झेलेकी चल्तीकी नायिकालाई जोगाएको पनि यही समाज हो। यसको मूल्यांकन पनि गर्नैपर्छ। पछाडि आकार झुन्डिएका कुनै पनि अधि...कारवालाहरुलाई उनले सहेको हिंसा कुनै विषय बनेन। सिनेमामा देखिने मान्छे प्लाष्टिकका होइनन्, मन मुटु भएका हुन्। यति बुझेका गुमनाम असल मानिसहरुको सान्त्वना र ढाडसले उनको जीवन र करियर बरकरार राख्यो। हाम्रो समाज सम्भावित अर्को दूर्घटना बाट बँच्यो। गौरि मल्लले सिनेमा खेल्दाको समय र रेखा थापाले सिनेमा बनाउन थाल्दाको समयको सोच ठप्प छैन। हिरोइनले कति पारिश्रमिक पाउने भन्ने बहसलाई रेखाले बदलदिइन्। रेखा हिरोलाई पारिश्रमिक तोक्ने हैसियत राख्छिन्। स्क्रिप्ट र भूमिकामा पकड राख्न सक्छिन्। महिलाको शानदार उद्यमशिलता नेपाली सिने उद्योगले पायो।

एक दशकभन्दा बढि सिने उद्योगको क्रियाशिलतामा रेखाले सम्हालेको नेतृत्व निसंकोच स्वीकार गर्नैपर्छ। अहिले आएर दिपाश्रीले निर्देशन गरेको छक्कापञ्जाले आँफै बोलिदियो उनको खारिएको अनुभवको नतिजा। क्लास र मासमा जाने सिनेमा वा अरु विश्लेषणमा अहिले म जान चाहँन्न। यति हो, महिला कलाकारको प्रभाव नेपाली सिने उद्योगमा रहरलाग्दो देखिएको छ। पुरुष चिन्तनको घनत्वमा कमी आएको पक्कै हो। सिनेमा निर्माणमा महिलाको हस्तक्षेपकारी भूमिकाले महिला कलाकारमाथिको दूव्र्यवहार कमी हुँदै जानेछन्। आश अडाउने ठाउँहरु छन्। हिड्नुपर्ने बाटो भने लामो छ।

प्रकाशित २३ मंसिर २०७३, बिहिबार | 2016-12-08 12:58:42

प्रतिकृया दिनुहोस

  • आयातीत पीडाको कहानी

    हिजोआज नेपालका हरेक घरका नजिक वा टाढाका सदस्य विदेशिनु अकाट्य सत्य बनेको छ। तीमध्ये खाडी मुलुक जानेको संख्या बढी भएको कुरा पनि अर्को यथार्थ हो।...

  • कवि केशव सिलवाल

    सहरमा एक पुँजीवादः काँठमा एक रामचन्द्रे

    मिश्र सरको पुँजीवादबाट पीडित साक्ष्य हो रामचन्द्रे। उसलाई सिंहदरबारको कुनामा थन्किएको राज्यले नजर लगाउँदैन। उसको आहत कसैलाई सुन्ने फुर्सद छैन।...

  • विनोदविकास सिंखडा

    मेरो समयको एसएलसी र आजको एसइई

    एकाबिहानै फेसबुक खोलेर हेर्दा थाहा पाएँ, यो सालको एसएलसी सुरु भइसकेछ। आजभोलि त एसएलसीलाई ‘एसइइ’ पो भन्दा रहेछन्। सबै भन्छन्– यो परीक्षा जीवनको...

  • रवीन्द्र मिश्र

    रवीन्द्र मिश्रको समूहमा व्यक्ति प्रधानताको लक्षण

    राजनीति गर्छु भन्नेहरूले ति एजेण्डाका बारेमा स्पष्ट दृष्टिकोण सार्वजनिक नगरी सुख छैन। अहिले भएका वा भविष्यमा बन्ने सबै राजनीतिक दलले आफ्नो...

  • खस्कँदो छ उद्योग वाणिज्य महासंघको साख

    विस्तारै हटिरहेको लोडसेडिङ, उद्योगी र मजदुरबीचको सुमधुर सम्बन्ध र विदेशी लगानी बढिरहेको अवस्थामा अबको नेतृत्वले मुलुकमा लगानीको वातावरण रहेको...

  • समलिङ्गी जोडी रजनी र शर्मिला

    यस्ता छन् एक लेस्वियन जोडीका दुःखसुख

    नेपाली तेस्रो लिङ्गी अञ्जली तामाङको चर्चा काठमाडौँदेखि न्युयोर्कका पत्रपत्रिकासम्म पुग्दा मलाई पनि केही समयअगाडि बिबिसी साझा सवालमा आएका तेस्रो...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • साडी, स्वीटर र ब्लाउजमा बुट्टा भर्ने तथा कढाइ गर्ने सीप सिकिरहेका एकल जीवन बिताउँदै आएका रोल्पाका महिला

    सीप सिकेर जीवन बदल्ने प्रयास गर्दैछन् रोल्पाका यी एकल महिला

    उमेर नपुग्दै विवाह गर्ने चलन रोल्पामा अझै घटेको छैन। सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्ध विच्छेद...

  • परासर आश्रमतनहुँको सेती र मादी नदीको किनारमा अवस्थित परासर आश्रम

    पर्यटकीय स्थलमा बदलिँदै छ व्यास क्षेत्र

    पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासका दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहुँको सकृयतामा करिब २७...

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...