पाकेटमारलाई खुलापत्र



प्रिय पाकेटमार !! सायद तिमी मलाई चिन्दैनौ होला तर म कमलादीबाट कोटेश्वर जानका लागि नेपाल यातायात चढेको कालो स्विटर प्लस कालै पाइन्ट लगाएको त्यही मनुवा हुँ जसको पर्स तिमीले अनामनगर आसपास उसलाई सोध्दै नसोधी आफैँले उसको गोजीबाट निकालेर लगेका थियौ।

गाडीका सहयोगी भाइले साह्रै बिझ्ने गरी 'सालाहरु भाडा तिर्ने पैसा नबोकी हिँड्छन् अनि पर्स हरायो भनेर ढर्रा पार्छन्' भनेर भन्यो। त्यो बेला मन नै अमिलो भएर पित्रिक्क आँसु खस्यो।

साँच्चै पर्स हात पार्ने बित्तिकै तिमीले एकचोटि पर्सलाई नियालेर हेर्यौ होला र नगद रु. ४,५०० रुपैयाँ देखेर खुशी पनि भयौ होला। अनि अनामनगर आसपासकै कुनै एउटा महङ्गो रेस्टुरेन्ट छिरेर मजाले भोजन गर्यौ होला। मलाई ब्ल्याक कफी प्लस स्टिम म:म एकदमै मन पर्छ, त्यो त तिमीले पक्कै पनि खाएनौ होला है? तिमीलाई थाहा छ कि छैन कुन्नी तर त्यो पैसा मैले पुतलीसडकदेखि हिँड्दै-हिँड्दै दरबारमार्गसम्म पुगेर घरबेटीलाई भाडा तिर्नका लागि भनेर नबिल बैंकको एटिएमबाट निकालेको थिएँ। घरबेटी अत्ति नै किचकिच गर्ने भएकाले जसरी पनि भाडा तिर्नै पर्ने वाध्यता थियो। फेरि त्यही बेला कमलादीको एटिएमले काम गरेन, गल्लीको बाटो थाहा नभ'काले भोको पेटमा खुब हिँडेको थिएँ।

तिमी खैरो-खैरो खालको उनीको सर्ट लाएर मेरै छेउमा उभिँदा झन् मैले यसो कुप्रो परेर तिमीलाई पछाडि जानका लागि साइड छोड्देको थिएँ। तिमीलाई चैँ 'ला! मेरो पर्स निकाल्' भनेजस्तो लागेर नै त फुत्तै निकालेको थियौ होला है। जाडो भ'काले भित्र टन्नै लुगा लगाउनु परेको थियो, त्यसैले तिमीले मेरो पर्स निकालेको थाहै पाइन छु।

अनि पैसालाई निकालेर आफ्नो गोजीमा राखी अरु कागजात देखेर तिनीहरुलाई ओल्टाइ-पल्टाई गरेर हेर्न थाल्यौ कि? को मान्छे रैछ, कस्तो मान्छे रैछ त्यस्तो मजाले गोजीमा हात हाल्दा पनि केही थाहा नपाउने कस्तो अजिव प्राणी रैछ भनेर तिमीलाई खुल्दुली पक्कै पनि भयो होला। हेर्दै गर्दा आरआर कलेजको एउटा स्टुडेन्ट कार्ड देखेपछि 'ए! आरआर पढ्ने केटो रैछ' भन्दै मुन्टो हल्लाउँदै कार्डमा लेखिएको विवरणहरु मजाले हेर्यौ होला। तर, त्यो कार्ड नक्कली हो है, प्रदर्शनीमार्गमा हिँड्दाखेरी चारचोटि पिसाब फेर्न छिरेको बाहेक अहिलेसम्म म आरआर क्याम्पस छिरेको छैन। कि तिमीलाई लेखापढी गर्नै आउन्न? त्यसो भए त कार्ड फुत्तै फाल्दियौ होला है!

ए पाकेटमार!

अझ गाडीमा भाडा तिर्ने बेलामा पो झन् मेरो बिजोग भयो त। पर्स हरायो भनेर एकछिन खोजिनिधि गरेँ तर कतै फेला परेन। त्योबेला तिमी अनामनगरतिरको कुनै खाजाघरमा बसेर स्टिम म:म खाँदै थियौ होला। गाडीका सहयोगी भाइले साह्रै बिझ्ने गरी 'सालाहरु भाडा तिर्ने पैसा नबोकी हिँड्छन् अनि पर्स हरायो भनेर ढर्रा पार्छन्' भनेर भन्यो। त्यो बेला मन नै अमिलो भएर पित्रिक्क आँसु खस्यो। त्योबेला कसैले थाहा नपाउने गरी सिँगान पुसेजस्तै गरी स्विटरको बाहुलाले आँसु पुछेँ। मास्क लगाउने बानी थ्यो भने पनि कमसेकम कसैले अनुहार त चिन्दैन थिए। साह्रै लाजमर्दो भयो।

त्यो अगाडिपट्टीको चेपमा आइइएलटिएसका लागि नगद रु. ८,५०० तिरेको एउटा रातो रसिद पनि छ। त्यो देख्यौ कि देखेनौ साँच्चि? देखेको भए त्यसकै टाउकोमा भएको इन्स्टिच्युटतिर गएर कार्ड पनि बनाएर लिएर आउनु; भविस्यमा काम लाग्न सक्छ। त्यो पर्समा भ'को ४,५०० रुपैयाँ निकालेको नबिल बैंकको एटीएम कार्ड पनि त्यहीँ भित्र छ है। त्यसको पिन नम्बर १३१३ हो। तर, बैंकमा त्यो लिएर नजानु नि मैले एटिएम चोरी भएको निवेदन दिइसकेको छु, तिमीलाई समातेर लैजालान्।

सुरुमा त मोटो पर्स देखेर साह्रै खुशी भ'को थियौ होला है। तर एक पछि अर्को सप्पै पैसा तिरेको रसिद मात्रै देखेर मलाई मनमनै मुख पनि छाड्यौ होला। आजसम्म काठमाडौँमा गरेको सबै खर्चको रसिद सम्हालेर राख्ने निकै नराम्रो बानी छ। रसिद निकालेर सफा नगरेको निकै दिन भइसकेको थियो। गोपिकृष्ण फिलिम हलमा 'पुरानो ढुङ्गा' हेरेको दुइटा टिकट नि देख्यौ होला, शिल्पी थिएटरमा गएर 'चिरिएका साँझहरु...' भन्ने नाटक हेरेको एउटा टिकट पनि देख्यौ होला। यस्ता धेरै खर्चको रसिदहरु पट्याएर राखेको थिएँ। सप्पै पल्टाएर हेर्यौ कि बाटो छेउमा फुटेको ढलमा फुत्त फाल्दियौ?

ए साँच्चि!
त्यो पर्स मलाई दाइले पहिलोपटक जागिर खाँदा पाएको तलबले किन्दिएको थियो। त्यसलाई त फालेनौ नि? नफालीकन सम्हालेर राख है। बरु आफैँ प्रयोग गर्नु। उपहार भनेको च्यात्तिएको भए पनि मूल्यवान नै हुन्छ।

उही तिमीले आफ्नै जस्तो पर्स निकाल्दै गर्दा पनि आनन्द मानेर अगाडिको केटीलाई हेरिराख्ने मनुवा!!

प्रकाशित १७ मंसिर २०७३, शुक्रबार | 2016-12-02 15:53:42

प्रतिकृया दिनुहोस

  • जीवनमा रिलका पात्र

    एक पात्र जो टन्टलापुर घाममा आफू र आफ्ना बालखाका लागि खोला किनारमा गिटी कुट्दै छ। उसको त्यो कथालाई हामी वास्तविक जीवनमा सुन्न त्यति महत्व दिँदैनौ...

  • घरबार एकातिर, माया अर्कैतिर!

    कीर्तिपुरमा पढ्न आउँदा म विवाहित र एक बच्चाकी आमासमेत बनिसकेकी थिएँ। मेरा साथीहरू २६ कटेका छन् सबै। खासै कोही प्रेमको कुरा गर्दैनन्। २५ वर्ष पुग्दा...

  • मज्जाले प्रेम गर तर वियोगमा रुँदै नहिँड

    प्रेम गर्यो त गर्यो सकियो। मैले त प्रेम गर्न सकें त्यो नै मेरो सफलता हो। एउटा सफल प्रेम मैले बाँचें । बस्, प्रेमको सफलताको मापदण्ड प्रेम नै हो।...

  • पहिलो कला साहित्य उत्सवको एक दृश्य

    युवा–विद्यार्थी केन्द्रित साहित्योत्सव

    काँकरभिट्टामा यही फागुन १२ गतेदेखि आयोजना हुन लागेको तीन दिने कला साहित्य उत्सव विद्यालयका शिक्षक र विद्यार्थीहरूका उपयोगी हुनेछ। साधारणतया...

  • ध्वनि प्रदुषणको चपेटामा बिचरा बिरामी!

    केही महिनाअघिसम्म स्वास्थ्यमन्त्री गगन थापाकै निर्वाचन क्षेत्रमा पर्ने धुम्बाराही चोकैको एउटा भवनमा ‘अनमोल अस्पताल’ सञ्चालनमा थियो। सोही भवनको आधा...

  • कर्णाली-भेरी खोला, फेरि भेट होला-नहोला

    ‘हाम्रा बज्या भेडा पाल्दा खन्, हामी पनि भेडो पाल्न्या हुम्।’ यति भनिसकेर फुच्चेले एकपटक सुँक्क गर्यो, नाकको भेडोको लम्बाई घट्यो। मैले क्यामेरा...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सुवास नेम्वाङ

    ‘संशोधन विधेयक न पास हुन्छ, न फेल’

    मधेशलाई पहाडबाट छुट्याउनेबित्तिकै स्रोतका आधारमा कमजोर प्रदेश बन्न जान्छ। त्यसैले यो मधेश र मधेशी जनताको हित विपरीत छ भन्ने हाम्रो अडान हो। एमाले...

  • शान्ति मण्डला निर्माणको बाटो खुल्यो

    सवैभन्दा माथिल्लो भागमा ५४ फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिनेछ। मण्डलाको प्रत्येक कुनामा हिन्दूधर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र...

  • 'पृथ्वीनारायणको एकीकरणलाई हामी पूर्णता दिन्छौं'

    केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपा एमालेले स्वयम् सेवक प्रशिक्षण कार्यक्रम सोमबारदेखि शुरु गरेको छ। आगामी २१ फागुनदेखि शुरु गर्न लागेको...

  • ला ला ल्याण्डका निर्माता जोर्डन होरोविट्ज वास्तविक विजेता मुनलाइट भएको बताउँदै

    मुनलाइट र ला ला ल्यान्डमय ओस्कार

    ८९ औँ ओस्कारमा उत्कृष्ट फिल्म घोषित हुँदै मुनलाइटले इतिहास रचेको छ। गल्तीवश केही समयका लागि ला ला ल्याण्डलाई उत्कृष्ट फिल्म घोषित गरिएपछि मञ्चमा...