फरक शासक, उस्तै शैली

उच्च ओहदामा पुगेको व्यक्ति अवकासपछि सामान्य नागरिक सरह बाँकी जीवन बिताउन किन चाहँदैन?



अग्रज पूर्वहरूलाई साँच्चिकै देशले अनावश्यक र भड्किलो सुरक्षा र सुविधा दिन आवश्यक छ, या यो कुनै शान–सौकतको विषय हो?

केही महिनायता काठमाडौंमा ट्राफिक जाम निकै बढेको छ। हुन त काठमाडौं मात्र हैन, मुख्य राजमार्गहरूको अवस्था पनि उस्तै छ। गत महिना एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी तीन वटा कार्यक्रममा सहभागी भइन्। धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको बस्ती हस्तान्तरण, उपराष्ट्रपतिको चियापान र नेपाल मण्डल धापा महोत्सव २०७३ मा सहभागी हुँदा काठमाडौंको सवारी आवागमन पूरै प्रभावित भयो। पंक्तिकार दिनभरि चार घण्टासम्म जाममा बस्नु पर्यो। सामान्य नागरिक चार घण्टा ट्राफिक जाममा पर्नु के सामान्य कुरा हो? एम्बुलेन्समा अस्पताल हिंडेका आपतकालीन सेवाका वाहनलाई समेत जामको विकल्प थिएन।

के आम नेपालीको जीवन कुनै महत्व छैन? के राष्ट्रपति चियापानमा सहभागी हुनु, उद्घाटनमा जानु मात्रै महत्वपूर्ण घटना हो? शक्तिमा भएकाले जे गर्दा पनि हुन्छ भन्ने शासक मनोवृत्ति हाम्रा नेताहरूमा विकास भएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री पदको गरिमालाई सम्मान गरिनु र आवश्यक सुरक्षा प्रबन्ध गर्नु नौलो विषय हैन। देशको गरिमामय पदमा बसेकाको सुरक्षालगायतको प्रबन्ध गर्नु राज्यको दायित्व पनि हो। हिजो राष्ट्रप्रमुख राजा हुँदा राजाको सवारीमा पूरै सडक खाली गरिन्थ्यो। के अहिले पनि त्यो आवश्यक छ? २४० वर्ष लामो राजतन्त्र अन्त्य भएर देश संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपाली जनताले पनि परिवर्तनको अनुभुति गर्ने इच्छा र आकांक्षा पक्कै राखेका थिए र छन्। त्यसै कारण नेपाली जनताले प्रत्येक परिवर्तनको आन्दोलनमा राजनीतिक दललाइ साथ दिएको कसैबाट लुकेको छैन।

माथि उल्लेखित घटनाले आम नेपालीको जीवनमा समयको कुनै महत्व छैन भन्ने अहम् प्रश्न सृजना गरेको छ। के सत्तामा पुग्नु भनेको राज्यले दिएको सम्मानलाई दुरूपयोग गर्नु हो? सत्तामा पुगेपछि थप जिम्मेवार हुनुको साटो किन हामी कसैप्रति जिम्वेवार हुनुपर्दैन जसरी व्यवहार गर्छौं। अहिले यी र यस्तै प्रश्न आम नेपालीको मनमा उब्जिरहेको छ। परिवर्तनपछिका वर्षमा त्यसलाई संस्थागत गर्ने र आम जनतासम्म अनुभुत गराउने गरी द्रुत गतिमा काम हुनुपर्दथ्यो। त्यो हुन नसक्दा जनतामा निराशा बढिरहेको छ। व्यवस्था परिवर्तन भएसँगै जनताले अनुभूत गर्ने खालको परिवर्तन ल्याउन नसक्ने र सपना मात्र देखाउने र भाषण मात्र गरिरहने हो भने परिवर्तनपछि बिस्तारै संस्थागत हुन थालेको धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रप्रति नै वितृष्णा जाग्ने क्रम बढ्ने निश्चित छ। त्यसका लागि राज्य संचालकहरू विशेष त नेतृत्वमा रहेकाहरूले अलि उदार भएर सोच्नु जरुरी छ। भरखरै भारतीय राष्ट्रपतिको भ्रमणमा दिइएको सार्वजनिक बिदा र एम्बुलेन्ससमेत रोकेर गरिएको ट्राफिक व्यवस्थापनको असर जनमानसमा तीव्र असन्तुष्टि र विरोधको विषय बन्यो।

गत महिना पंक्तिकार दक्षिण कोरियाको ग्वाङ्जु सहरमा भरखरै निर्मित अत्याधुनिक म्युजियम घुमेर निस्कँदै गर्दा एकजना कोरियन मित्रले चिनाए– हाम्रो पछाडि म्युजियम घुमिरहेका व्यक्ति दक्षिण कोरियाका पूर्वसभामुख चुङ उई हवा हुन्, हामीले उनीसँग भलाकुसारी गर्यौ फोटो खिचायौं। उनको अघिपछि कुनै सुरक्षाकर्मी थिएनन, एक्लै स्वतन्त्र रूपमा उनी हिंडिरहेका थिए। हामी म्युजियम घुमिरहेको समयमा आकाशमा लडाकु विमान घुमिरहेका थिए। ती पूर्वसभामुखले चाहेको भए सुरक्षाकर्मी, सहयोगी, अगाडिपछाडि साइरनवाला गाडी लिएर हिंड्न सक्थे होला। तर उनी सामान्य कोरियाली नागरिकजस्तै घुमिरहेका भेटिए। नेपालमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलाई आजीवन सुविधा दिने व्यवस्था छ। त्यसका विशिष्ट तहमा पुगेका व्यक्तिलाई सम्मान गर्नु र सुरक्षा दिनु राज्यको दायित्व हो। त्यसमा कुनै दुई मत छैन तर एकपटक पदमा पुगेपछि पनि सक्रिय राजनीतिमा रहेका र फेरि उच्च तहमा पुग्ने सम्भावना भएका व्यक्तिलाई सुविधा दिनु भनेको राज्यको दोहन गर्नुबाहेक केही होइन। 

पंक्तिकार टिमोर लेस्टे भन्ने देशको राजधानी डिलीमा पुग्दा त्यहाँका पूर्व राष्ट्रपति जोसे रामोजोत्रा (जो नोबेल शान्ति पुरस्कार विजेता पनि हुन्) उनी आफै सानो रोभा कार चलाएर एक्लै हिंडिरहेका थिए। साइरनवाला गाडीबिना नै यी पूर्वराष्ट्रपति सँधै हिंड्दा रहेछन्। पंक्तिकारले फिनल्यान्डका पूर्वराष्ट्रपति तारजो हालोनेनलाई पनि सुरक्षा बिना हेलसिन्की सडकमा देखेको थियो। उनी हेलसिन्की सडकमा मान्छेहरूसँग गफिँदै हिंडिरहेका थिए।

०४६ सालको जनआन्दोलनपछि पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनसमेत गर्दा २७ वर्षमा २५ सरकार बने। गत वर्ष म्यानमारका प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले नेपाल भ्रमणको क्रममा उनको जीवनमा पहिलोपटक यति धेरै पूर्वप्रधानमन्त्रीहरू एकै दिन भेटेको चर्चा गरेकी थिइन्। ०४६ पछि बनेका सरकारका सात जना पूर्वप्रधानमन्त्रीहरू अहिले पनि छन्। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति र उपराष्ट्रपति दुवै पूर्व भइसकेका छन्। ०४६ यता एक हजार जति मन्त्रीहरू हामीले उत्पादन गरिसकेका छौं। त्यसमा थप सभामुख, उपप्रधानमन्त्री प्रधानन्यायाधीश, पूर्व मूख्यसचिव, पूर्व सेना प्रमुख, पूर्व प्रहरी प्रमुख, पूर्व सशस्त्र प्रमुख सबैको हिसाब गर्ने हो भने दुई हजारभन्दा बढीले अहिले राज्यबाट सेवा सुविधा लिन्छन्।

के देशका अग्रज पूर्वहरूलाई साँच्चिकै देशले अनावश्यक र भड्किलो सुरक्षा र सुविधा दिन आवश्यक छ, या यो कुनै शान–सौकतको विषय हो? किन कुनै उच्च ओहदामा पुगेको व्यक्ति अवकासपछि सामान्य नागरिक सरह बाँकी जीवन बिताउन सक्दैन वा चाहँदैन? एकपटक सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।

प्रकाशित ७ मंसिर २०७३, मंगलबार | 2016-11-22 18:40:50

प्रतिकृया दिनुहोस

  • सुन्नुस त! विचार हाम्रा पनि छन्

    जब ग्राहक बारीमा सीधै ताजा तरकारी किन्न जान थाल्छ, बिचौलियाहरु बिच्किन थाल्छन्। र बिचौलिया नबिच्केसम्म ताजगी अलि परको कुरा हुन्छ। विचारका...

  • चित्ताकर्षक रारा, अद्भुत यात्रा

    यसपटक रारा घुम्ने रहरको मूल मुटुभित्र फुटेर आयो। इच्छाहरु यति रसाएर आए कि अनिच्छा र अल्छीका झिल्काहरुका लागि कुनै स्थान रहेन। यसपटकको...

  • खगेन्द्र संग्रौला

    गाई–निबन्धे गाली र खगेन्द्र संग्रौला

    संग्रौला सामाजिक सञ्जालमा निकै गाली खाने लेखकमा पर्छन्। उनले ट्वीटरमा केही लेख्नेबित्तिकै उनलाई गाली गर्नेहरू जाइलागिहाल्छन्। हिंसाको पक्षपोषण...

  • मिल्काइदेऊ नाथे ढोंग-२

    मैले सोधेँ, ‘हामीमध्ये को–को खुलेर हाँस्न सक्छौँ।’ प्रायः सबैको उत्तर थियो, ‘धेरै हाँस्ने बानी छैन।’ एकजना अभियन्ताको स्वीकारोक्ति थियो, ‘कुरा त...

  • पहेँलो जर्नल छोडेर गएकी निर्मला म्याडम

    हँसिलो मुहार र नेवारी लवजमा उनले मेरो संक्षिप्त परिचय मागेकी थिइन्। पहिलो भेटमै म उनको व्यक्तित्वबाट प्रभावित भएको थिएँ। उनको उज्यालो अनुहार आज पनि...

  • डाक्टर रामेश र चार्ल्स शोभराज

    मुटुविहीन मान्छेको मुटु ठीक गर्दा

    चार्ल्स भारतको तिहाड जेलबाट भागेका थिए। पुनमका पिता सोही जेलको एक कनिष्ठ अधिकारी थिए। उनले सो घटनबारे सुनेकी थिइन्। उनको पिताले भोगेको तनाव र...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दार्जिलिङमा गोर्खाल्याण्ड माग गर्दै प्रदर्शनकारी

    के हुँदैछ दार्जिलिङमा?

    मात्र ३१५० वर्गकिमी क्षेत्रफल र २० लाखभन्दा कम जनसंख्या भएको दार्जिलिङ उपमहाद्वीपमा एक थोप्लो मात्रै हो। तर यसको रणनीतिक महत्व भौगोलिक अवस्थितिमा...

  • क्रान्तिका तीन उद्गम–थलोमा चुनावी दौड

    हरेक इतिहाससँग तिथिमिति हुन्छन् तर तिथिमिति मात्रै हुँदैनन्। त्यसमा पात्र र भू–क्षेत्रले बनाएको बिम्ब पनि हुन्छ। राजनीतिक दलहरूको इतिहाससँग पनि...

  • खेलराज पाण्डे

    बुटवलको चुनावी खेलमा खेलराजले गोल हान्लान्?

    आसपासका अरू नगरमा पार्टीका जिल्ला सचिव, पूर्वजिल्ला उपसभापति र क्षेत्रीय सभापति मेयरका उम्मेदवार छन्। उनीहरूभन्दा पदीय हिसाबले जुनियर खेलराज पाण्डे...

  • फाइल

    दबाबमा कांग्रेसका शीर्ष नेता, को कहाँ छन् सक्रिय?

    कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव भने काठमाडौंमै आराम गरिरहेकी छिन्। अस्वस्थ रहेकी यादव असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका...