राजीनामा पर्दैन, लड गगन थापा भिड



क्षणभरमै गगनको नैतिकता नागरिकको परीक्षा केन्द्रमा आइपुग्यो। उनले अंक कम ल्याएका हुन्। फेल भएका होइनन्। एकै सटमा पूर्णाङ्क ल्याउन सक्ने हाम्रो प्रणाली छैन।

६२–६३ को जनआन्दोलनमा कांग्रेसलाई सकस भएको थियो गणतन्त्रको नारा लगाउन।

गगन थापा कुर्लिए सडकमा, सजिलो पारिदिए। सडकमा प्रभाव जमाएका गगनले त्यसपछिका दिनमा संचारमाध्यममा पनि राम्रै प्रभाव कायम राखे। एक किसिमले उनी मिडियामा हट केक बनिरहे। चातुर्य, सामाजिक सम्बन्ध र अध्ययनशीलताका कारण पनि उनी चर्चाबाट विमुख हुन परेन।

राम्रा कुराले चर्चामा आइरहे तर उनको काम देख्न आतुर नेपाली बिस्तारै बिच्किन थालिसकेका थिए।

संविधानसभाको दोस्रो चुनावमा विपक्षी पार्टीका मतदाताको मत समेत ल्याउन सफल भएर उनले आफूलाई फेरि ‘फर्म’ मा ल्याए।

तर घैंटे प्रकरणले गगनको लोकप्रियताको डिग्री ह्वात्तै घटायो।

निशस्त्र अवस्थामा रहेको अपराधीलाई सरकारले मार्नु हुन्न भन्ने उनको अडान बेठिक होइन। पुलिस अफिसरको पपुलर स्टन्टको उनले मानवअधिकारको अडानसहित विरोध गरे। पहिलोपटक नमज्जासँग अलोकप्रिय भए। राजनीतिक जोडघटाउबाट माथि उक्लेर जोखिम मोले र उदाउँदो राजनेताको स्वरुपमा माझिँदै गरेको आभास दिए।

देशमा पट्यारलाग्दो र निराश राजनीति चलिरहेको, लोकमानको दादागिरी बढिरहेको बेला उनी स्वास्थ्य मन्त्री भए।

जनमानसमा एक्कासी तरंग आयो। स्वभाविक हो उनीमाथि अपेक्षाको ओइरो पनि लाग्यो।

क्याम्पस अगाडि केही वर्षअघि नारा लगाइरहेको तन्नेरी देशको स्वास्थ्य मन्त्री हुँदा अब केही होला कि?! यति आशा जनताले गर्ने नै भए।

स्वास्थ्य क्षेत्रमा भएको बेथिति बिरुद्ध डा. केसीको अनसनकैै पक्षधर थापाले मन्त्रालय सम्हाले। संयोग गजबको। एकपछि अर्को चाङ लागेका चुनौतीले उनलाई अफिसमा गिज्याएर पर्खिरहेकै थिए।

अस्पतालको निरीक्षणबाट सुरु भएको उनको प्रारम्भिक काम मृगौला रोगीको निशुल्क डायलेसिससम्म आइपुग्दा लोकप्रिय बन्यो।

पैसावाल राजनेताहरुले उपचार खर्च मागेर उनको निद हराम गरिरहेकै थिए। केन्द्रविन्दुमा आइपुगिन् सुजाता कोइराला।

हुनेखाने मान्छेले सरकारको टाउको नखाए पनि हुने। सुजातामा त्यो विवेकको के आश गर्नु। पन्ध्र लाख भन्दा बढी उपचार खर्च नदिने स्वास्थ्य मन्त्रीको अडानलाई गिज्याउँदै सरकारले पचास लाख दिने निर्णय गर्यो।

उपचार खर्च नपाएर आत्महत्या गरेका समाचारले मिडियाको हेडलाइन तातिरहेको समय छ।

विकट जिल्लामा एउटा डाक्टर नहुनु त हामीलाई दालभात समाचार लाग्छ।

पाठेघरको उपचार नपाएर माटोमा रगत चुहाउँदै, पसिना मिसाउँदै काम गर्ने महिलाले राज्यलाई पुर्याएको योगदान हिसाब बाहिरको कुरा छ।

यता एक धनाढ्य राजनेताको उपचारमा सिंगो राज्यको निर्णय केन्द्रित छ।

यस्तो बेला स्वास्थ्य मन्त्रीको लोकप्रियता सगरमाथाको चुचुरोमा बसिरहन सक्दैन।

काम गर्दै जाँदा जस र अपजस आउनेजाने कुरा हुन्। मुख्य कुरा आफ्नो अडान र नियत हो।

क्षणभरमै गगनको नैतिकता नागरिकको परीक्षा केन्द्रमा आइपुग्यो। उनले अंक कम ल्याएका हुन्। फेल भएका होइनन्। एकै सटमा पूर्णाङ्क ल्याउन सक्ने हाम्रो प्रणाली छैन।

गगन थापा राजिनामा देउ! सुन्दा निकै प्रगतिशील लाग्ने यी वाक्यहरु दोहोर्याउन एउटा तप्का लागिपरको छ।

नैतिकता भनेको कहिल्यै जिम्मेवारी नलिने र ताली खाइरहने विरोधी भाषण गरिरहनु होइन। निहीत जिम्मेवारी पुरा गर्दै जाने र अपजस लिने पनि हो। अप्रिय हुने तर गर्नुपर्ने काम निरन्तर गरिरहनु हो। हामीलाई यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर सरकारमै बसेका मान्छेले भन्दै हिँड्ने भाषणको बानी लागेको छ।

यसो गर्दैछु, यति मात्रामा सफल भएँ, अरु कामका लागि यो यो योजना छन् भनेको सुन्ने बानी लागेको छैन। गगन थापाले राजीनामा दिएर फेरि सडकमा आएर भाषण गर्ने? मिडियामा अन्तर्वार्ता दिने र ट्विट लेख्ने?

विरोध गर्न सजिलो हुन्छ। विरोधीहरुको माझ बसेर थोरै भएपनि सुधारको काम गर्न गाह्रो हुन्छ। गगन थापासँग उर्जा छ, खुबी छ। सजिलो काम गर्न राजीनामाको लागि हौस्याउनु आवश्यक छैन। प्रणालीभित्रै बसुन्। कहर सहुन्। काम गरुन्। पररर ताली बज्ने भाषणको लोकप्रियता मात्र होइन, कोशिस गर्दा फेल भइन्छ, अलोकप्रियताको निम पनि चाखुन्।

हाम्रो सिंगो राज्य प्रणालीभित्र देखिएका, नदेखिएका धमिराहरुको जगजगी छ। बिस्तारै रेशमी किराहरु पस्नु पर्छ। धमिराहरुको हुलसँग एकैपटकमा विजय हासिल गर्न सकिन्न। लडिरहनु, गगन थापा। थिति बसाल्ने कोशिसमा लागिरहनु। राजीनामावाला सस्तो लोकप्रियता बेकार छ।

प्रकाशित २९ कार्तिक २०७३, सोमबार | 2016-11-14 16:31:48

प्रतिकृया दिनुहोस

  • आयातीत पीडाको कहानी

    हिजोआज नेपालका हरेक घरका नजिक वा टाढाका सदस्य विदेशिनु अकाट्य सत्य बनेको छ। तीमध्ये खाडी मुलुक जानेको संख्या बढी भएको कुरा पनि अर्को यथार्थ हो।...

  • कवि केशव सिलवाल

    सहरमा एक पुँजीवादः काँठमा एक रामचन्द्रे

    मिश्र सरको पुँजीवादबाट पीडित साक्ष्य हो रामचन्द्रे। उसलाई सिंहदरबारको कुनामा थन्किएको राज्यले नजर लगाउँदैन। उसको आहत कसैलाई सुन्ने फुर्सद छैन।...

  • विनोदविकास सिंखडा

    मेरो समयको एसएलसी र आजको एसइई

    एकाबिहानै फेसबुक खोलेर हेर्दा थाहा पाएँ, यो सालको एसएलसी सुरु भइसकेछ। आजभोलि त एसएलसीलाई ‘एसइइ’ पो भन्दा रहेछन्। सबै भन्छन्– यो परीक्षा जीवनको...

  • रवीन्द्र मिश्र

    रवीन्द्र मिश्रको समूहमा व्यक्ति प्रधानताको लक्षण

    राजनीति गर्छु भन्नेहरूले ति एजेण्डाका बारेमा स्पष्ट दृष्टिकोण सार्वजनिक नगरी सुख छैन। अहिले भएका वा भविष्यमा बन्ने सबै राजनीतिक दलले आफ्नो...

  • खस्कँदो छ उद्योग वाणिज्य महासंघको साख

    विस्तारै हटिरहेको लोडसेडिङ, उद्योगी र मजदुरबीचको सुमधुर सम्बन्ध र विदेशी लगानी बढिरहेको अवस्थामा अबको नेतृत्वले मुलुकमा लगानीको वातावरण रहेको...

  • समलिङ्गी जोडी रजनी र शर्मिला

    यस्ता छन् एक लेस्वियन जोडीका दुःखसुख

    नेपाली तेस्रो लिङ्गी अञ्जली तामाङको चर्चा काठमाडौँदेखि न्युयोर्कका पत्रपत्रिकासम्म पुग्दा मलाई पनि केही समयअगाडि बिबिसी साझा सवालमा आएका तेस्रो...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • साडी, स्वीटर र ब्लाउजमा बुट्टा भर्ने तथा कढाइ गर्ने सीप सिकिरहेका एकल जीवन बिताउँदै आएका रोल्पाका महिला

    सीप सिकेर जीवन बदल्ने प्रयास गर्दैछन् रोल्पाका यी एकल महिला

    उमेर नपुग्दै विवाह गर्ने चलन रोल्पामा अझै घटेको छैन। सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्ध विच्छेद...

  • परासर आश्रमतनहुँको सेती र मादी नदीको किनारमा अवस्थित परासर आश्रम

    पर्यटकीय स्थलमा बदलिँदै छ व्यास क्षेत्र

    पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासका दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहुँको सकृयतामा करिब २७...

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...