बेस्वादको अमेरिकी निर्वाचनमा हिलारी–ट्रम्पको अन्तिम जोडबल



ट्रम्पले जिते अमेरिकाभित्र र बाहिर (बाँकी विश्व) दुबैका लागि ‘ट्रम्प–जोखिम’ त छ नै। ट्रम्प जोखिमको मतलब, सनक्क सन्किने जोखिम। विश्वको सबैभन्दा शक्तिशाली देशको शक्तिशाली मान्छे सनक्क सन्किँदा के हुन्छ? हो, त्यही जोखिम।

झण्डै एक बर्ष लामो चुनावी बहस, आरोप–प्रत्यारोप र अनुमानका श्रृंखला अन्त्यको घडी अब धेरै लामो छैन। चुनाबी बहसमा कहिले पट्यारलाग्दा, कहिले लज्जास्पद, कहिले छुद्र र कतिपय अवस्थामा स्वाभाविक तानावानाको पटाक्षेपमा आगामी मंगलबार हुने राष्ट्रपतीको निर्वाचनसँगै पूर्णविराम लाग्नेछ।

यसको अन्त्य पनि यसरी हुनेछ कि, परिणाम जे आए पनि त्यसले अमेरिकाको राजनैतिक इतिहासमा नयाँ एउटा आकार कोर्नेछ। डेमोक्रयाटकी उम्मेद्वार हिलारी क्लिन्टनले जिते उनी अमेरिकाको पहिलो महिला राष्ट्रपती हुने छिन्। रिपब्लीकनका डोनाल्ड ट्रम्पले जिते, स्वभावमा र नीतिमा अली बढी नै अनुदार एक धनाढ्य व्यापारीले संस्थापनलाई किनारा लगाउने छन्।

व्यालेट नजिकिदै गर्दा दुबै उमेदरवारहरुले परिणाम आफ्ना पक्षमा पार्न अन्तिम बल लगाइरहेका छन्। खासगरी अन्तिम समयमा महत्वपूर्ण र निर्णायक मानिने फलोरिडा, पेन्सलभेनीया जस्ता ५–६ वटा राज्यलाई केन्द्रमा राखेर उनीहरुले आफ्नो जोडबल लगाइरहेका देखिन्छन्।

पछिल्ला दिनहरुमा गरिएका मत सर्भेक्षणहरुले श्पर्धा अझ ‘टफ’ बन्दै गैरहेको संकेत गरेका छन्। केही साता अघिसम्मका मत सर्भेक्षणहरुमा झण्डै दश प्रतिशतले अगाडी रहेकी हिलारी क्लिन्टनले पुरानो अन्तर गुमाउदै गइरहेकी छिन्। खासगरी, गोप्य सुचनाहरुले भरिएका इमेलहरुको प्रयोगका सम्बन्धमा एफबिआइले फेरि छानवीन शुरु गरेपछि र राष्ट्रपती बाराक ओबामाले ल्याएको स्वास्थ्य बिमा नीति ‘ओबामा केयर’ को प्रिमियम हवात्तै बढेपछि आफुलाइ अग्रस्थानमा राख्न हिलारी क्लिन्टनलाइ निकै मुस्किल परिरहेको छ।

डोनाल्ड ट्रम्पले महिलामाथि गरेका टिप्पणीहरु सार्वजनीक भएपछि र केही महिलाहरुले यौन दुर्ब्यवहार गरेको आरोप समेत लगाएपछि सर्भेक्षणहरुमा उनको अवस्था दुई साताअघि निकै खस्किएको थियो। त्यो बेलाका मत सर्भेक्षणहरुमा बाहिरिएपछि हिलारीलाई विजयको टीका मात्र लगाउन बाँकी रहेको टिप्पणी आउन थालेको थियो। तर चुनाव हो, मुद्दा र माहौलको अर्थ हुन्छ नै। त्यसैले विस्तारै ट्रम्पले हिरालीसँगको अन्तर न्युन गर्दा अमेरिकी डेमोक्र्याटहरु झस्कन पुगेका छन्।

अहिले जम्मा तीन–चार अंकको अन्तरमा हिलारी अगाडी छिन् भने निर्णायक मानिने फलोरिडा जस्ता राज्यहरुमा त दुबै बराबरीको अवस्थामा छन्।

धेरैजसो मतदाताहरुमा अझै एकखालको दुविधा छ। मतदाताहरु यसपटकको निर्वाचनमा आफूहरुका लागि चित्तबुझदो ‘च्वाइस’ नभएको ठानिरहेका छन्। कतिपय मतदाताहरुका बिचारमा “एकातीर बेला बेलामा, बोली र बिचारमाथिको नियन्त्रण गुमाउने एकजना धनाढय व्यापारी छन्, जोसँग राजनीतिमा चाहिने सन्तुतित व्यबहार र नीति छैन। र, अर्कोति बितेका तीस बर्षमा कहिले ‘फष्ट लेडी’का रुपमा , कहिले सिनेटर र कहिले बिदेशमन्त्रीका रुपमा परिक्षा दिइसकेकी ‘टेष्टेड’ हिलारी क्लिन्टन छिन्, जसबाट नयाँ ठुलै परिवर्तनको आशा छैन।”

अमेरिका र मेक्सिकोको बोर्डरमा पर्खाल लगाउने, अमेरिकामा गैरकानुनी रुपमा बसिरहेका एक करोड दशलाख भन्दा बढीलाइ फिर्ता पठाउने , मुस्लिमहरुलाइ अमेरिकामा प्रवेशमा केही समय रोक लगाउने र अमेरिकीहरुको हातबाट गुमेका रोजगारलाई फिर्ता ल्याउने नाराका भरमा डोनाल्ड ट्रम्प यहाँसम्म आइपुगेका हुन्। जुन नारा अमेरिकी मध्यम र उच्च वर्गिय गोराजातीको सोचसँग धेरै हदसम्म मेल खान्छ।

‘अमेरिका फस्ट’ र ‘मेक अमेरिका ग्रेट एगेन’ जस्ता ट्रम्पका नारापनि उनै मध्यम र उच्च वर्गिय गोराजातीहरुका लागि बढी कर्णप्रीय देखिएका छन्। तल्लो तह, काला जाती र अप्रावासीहरुको छनौटमा ट्रम्प हत्तपत्ति पर्दैनन्। यसैपनि रिपब्लिकनले कालाजातीहरुबाट दश प्रतिशत पनि मत पाउन सधैं मुश्किल देखिएकै हो।

अमेरिकामा ठुलो समस्या बनिरहेको बन्दुकमाथि केही नियन्त्रण, कलेजसम्म निशुल्क शिक्षा, आप्रवासीहरुप्रति उदार सोच र कामदारहरुको पारिश्रमिकमा बृद्धी जस्ता नाराका कारण हिलारी क्लिन्टनले युवा, तल्लो तहका नागरिक र अप्रवासीहरुको मन जितिरहेकी छिन्। यद्यपी अझै मतदाताको ठूलो संख्या मौन र दुविधामा देखिन्छ।

५ सय ३८ संख्या रहेको इलोक्ट्रोल कलेजमा जसले २ सय ७० पुर्याउँछ, गणित र इतिहास उसैको पक्षमा हुन्छ। एउटा कुरा के निश्चित छ भने, यसपटक जसले जितेपनि त्यो निकै कम अन्तरको जित हुनेछ। मतदानकै बेला निर्णय गर्ने निर्णायक मतदाताहरुले साँच्ची नै डोनाल्ड ट्रम्पलाइ जिताउनु अलिक बढी नै जोखिम मोल्नु हो भन्ने ठाने भने हिलारीले जित्नेछिन्। थोरै भएपनि स्थिति त्यतैतिर मोडिएको छ। एकपटक जोखीम पनि लिएर हेरौं भन्ने बढी मतदाताहरुलार्इ लागेमा ट्रम्पले जित्नेछन्।

ट्रम्पले जिते अमेरिकाभित्र र बाहिर (बाँकी विश्व) दुबैका लागि ‘ट्रम्प–जोखिम’ त छ नै। ट्रम्प जोखिमको मतलब, सनक्क सन्किने जोखिम। विश्वको सबैभन्दा शक्तिशाली देशको शक्तिशाली मान्छे सनक्क सन्किँदा के हुन्छ? हो, त्यही जोखिम।

ट्रम्पले त आफुले नजिते परिणाम सहजै नस्विकार्ने बताएर निर्वाचन प्रक्रियाभित्रै पनि अर्को जोखिमको बाटो देखाएका छन्। चुनावमा धाँधली हुन सक्ने भन्दै ट्रम्पले खासगरी कालाजातीहरुको बढी बसोबास रहेका सिकागो, सेन्ट लुइस जस्ता ठाउँहरुमा बिशेष निगरानी राख्न आफना कार्यकर्तालाई निर्देशन समेत दिएका छन्। यसले एकखालको झडपको स्थितितर्फ संकेत गरेको कतिपय बिश्लेषकहरुको बुझाइ छ।

चुनाबी बहसका क्रममा सार्वजनिक भएका दुबै उमेदवारका बिवादास्पद छवीहरुले मतदातालाई यसपटकको राष्ट्रपतीय निर्वाचनमा त्यति धेरै उत्साहित भने बनाएको छैन। मिडियाका लागि दुवै उमेदवार ‘मसलेदार’ बने पनि मतदाताका लागि भने वेस्वादको बाध्यताजस्तो।

 

प्रकाशित २० कार्तिक २०७३, शनिबार | 2016-11-05 13:06:36
author photo

सन्जय घिमिरे अमेरिकाको सानफ्रान्सिस्कोस्थित पत्रकार हुन्

@Sanjaya25110142


प्रतिकृया दिनुहोस

  • सुन्नुस त! विचार हाम्रा पनि छन्

    जब ग्राहक बारीमा सीधै ताजा तरकारी किन्न जान थाल्छ, बिचौलियाहरु बिच्किन थाल्छन्। र बिचौलिया नबिच्केसम्म ताजगी अलि परको कुरा हुन्छ। विचारका...

  • चित्ताकर्षक रारा, अद्भुत यात्रा

    यसपटक रारा घुम्ने रहरको मूल मुटुभित्र फुटेर आयो। इच्छाहरु यति रसाएर आए कि अनिच्छा र अल्छीका झिल्काहरुका लागि कुनै स्थान रहेन। यसपटकको...

  • खगेन्द्र संग्रौला

    गाई–निबन्धे गाली र खगेन्द्र संग्रौला

    संग्रौला सामाजिक सञ्जालमा निकै गाली खाने लेखकमा पर्छन्। उनले ट्वीटरमा केही लेख्नेबित्तिकै उनलाई गाली गर्नेहरू जाइलागिहाल्छन्। हिंसाको पक्षपोषण...

  • मिल्काइदेऊ नाथे ढोंग-२

    मैले सोधेँ, ‘हामीमध्ये को–को खुलेर हाँस्न सक्छौँ।’ प्रायः सबैको उत्तर थियो, ‘धेरै हाँस्ने बानी छैन।’ एकजना अभियन्ताको स्वीकारोक्ति थियो, ‘कुरा त...

  • पहेँलो जर्नल छोडेर गएकी निर्मला म्याडम

    हँसिलो मुहार र नेवारी लवजमा उनले मेरो संक्षिप्त परिचय मागेकी थिइन्। पहिलो भेटमै म उनको व्यक्तित्वबाट प्रभावित भएको थिएँ। उनको उज्यालो अनुहार आज पनि...

  • डाक्टर रामेश र चार्ल्स शोभराज

    मुटुविहीन मान्छेको मुटु ठीक गर्दा

    चार्ल्स भारतको तिहाड जेलबाट भागेका थिए। पुनमका पिता सोही जेलको एक कनिष्ठ अधिकारी थिए। उनले सो घटनबारे सुनेकी थिइन्। उनको पिताले भोगेको तनाव र...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दार्जिलिङमा गोर्खाल्याण्ड माग गर्दै प्रदर्शनकारी

    के हुँदैछ दार्जिलिङमा?

    मात्र ३१५० वर्गकिमी क्षेत्रफल र २० लाखभन्दा कम जनसंख्या भएको दार्जिलिङ उपमहाद्वीपमा एक थोप्लो मात्रै हो। तर यसको रणनीतिक महत्व भौगोलिक अवस्थितिमा...

  • क्रान्तिका तीन उद्गम–थलोमा चुनावी दौड

    हरेक इतिहाससँग तिथिमिति हुन्छन् तर तिथिमिति मात्रै हुँदैनन्। त्यसमा पात्र र भू–क्षेत्रले बनाएको बिम्ब पनि हुन्छ। राजनीतिक दलहरूको इतिहाससँग पनि...

  • खेलराज पाण्डे

    बुटवलको चुनावी खेलमा खेलराजले गोल हान्लान्?

    आसपासका अरू नगरमा पार्टीका जिल्ला सचिव, पूर्वजिल्ला उपसभापति र क्षेत्रीय सभापति मेयरका उम्मेदवार छन्। उनीहरूभन्दा पदीय हिसाबले जुनियर खेलराज पाण्डे...

  • फाइल

    दबाबमा कांग्रेसका शीर्ष नेता, को कहाँ छन् सक्रिय?

    कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव भने काठमाडौंमै आराम गरिरहेकी छिन्। अस्वस्थ रहेकी यादव असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका...