एकातिर भव्य गाईपूजा, अर्कोतिर चिसो काराबास



गाई
गाई
सन्देश दुमरु

एक साताअघि एउटा समाचार आयो– गाईको बाच्छी काटेको अभियोगमा बागलुङका इन्द्रबहादुर नेपाली र सकस विश्वकर्मालाई सर्वोच्च अदालतले १२ वर्ष कैद फैसला सुनायो। एकाध सञ्चारमाध्यमको ‘टुहुरे खबर’बाहेक यो विषय दुनियाँले सुन्ने गरी ‘पब्लिक इन्टेलेक्चुअल’को चासो वा बहसमा परेन। तर, त्यसको केही दिनमै देशले ‘धुमधाम गाई पूजा’ सम्पन्न गरेको छ।

गाई पूजा मनाइरहेको बेलामा जेल पठाइएका इन्द्रबहादुर नेपाली र सकस विश्वकर्मालाई भने कसैले सम्झेको छैन

यो देशको परम्पराले गाई–पूजा गर्छ र परम्पराअनुसार गाईको मासु खाने समुदायलाई चाहिँ हत्या अभियोगमा जेल चलान गर्छ। भारतमा पनि गाई समुदायगत विभाजनको चर्को विषय बनेको छ। मोदी नेतृत्वको सरकार आएपछि त अतिवादी हिन्दूहरुको ‘गौरक्षा अभियान’ले थुप्रै निर्दोष मानिसको ‘शिकार’ गरिसकेको छ। केही महिनाअघि गुजरातमा दलित समुदायले मृत गाईको छाला काटेपछि ठूलो विवाद भएको थियो। गाई दक्षिण एसियाको जिन्दगीमा केन्द्रीय भूमिकामै छ।

हिन्दू समाजले गाईलाई ‘पवित्र’ जनावर मान्छ। गाईको मात्रै पूजा होइन, उसको दुध, गोबर, गहुँत समेतलाई पवित्र मानिन्छ र पर्वहरुमा अनिवार्य गरिन्छ। पिसाबको समेत महत्व भएको र ‘प्रसाद’ मानिने भाग्यमानी पशु गाई नै हो। धर्मनिरपेक्ष राष्ट्र भएको नयाँ नेपालको नयाँ संविधानमा पनि गाई राष्ट्रिय जनावरकै रूपमा छ। मुलुकी ऐनअनुसार गौहत्या अभियोगमा गाईको मासु खाने समुदायलाई जेल चलान गरिएका अनेक घटना दोहोरिइरहेका छन्। १६३ वर्षअघि १९१० मा बनेको मुलुकी ऐनमा भएको गाईसम्बन्धी व्यवस्थाभन्दा अहिले पनि तात्विक फरक छैन।

दक्षिण एसियामा गाई महत्वपूर्ण जनावर छ। सुरुमा गाई संरक्षण वा गाई उपयोग सायद भौतिकवादी सुरुवात हुँदो हो तर पछि कर्मकाण्डीय परम्परा हावी हुँदै गयो। पशुलाई मानवीय हितमा प्रयोग गर्नुपर्नेमा पूजाको प्रतीक मात्रै बन्न थाल्यो। गाईलाई भगवान् मात्रै मान्ने र उसैको पुच्छर समातेर बैर्तनी तर्ने ध्याउन्नमा बहुसंख्यक हिन्दूहरुले आँखा चिम्लिरहे। राज्यले पनि गाई र गाई पूजालाई आफ्नो उपयोगमा लिइरह्यो।

नेपाली समाजको ठूलो हिस्सा आज पनि गाईपूजामा र समाजशास्त्री डोरबहादुर विस्टले भनेझैँ भाग्यवादमा अल्झेको छ। हिन्दू कर्मकाण्डका ग्रन्थहरुमा आधारित परम्परा विकृत तत्वहरु अब भने हटाउँदै जानुपर्छ। सामाजिक सद्भावमा मात्रै पर्वहरुलाई सीमित गर्नुपर्छ। गाईलाई राष्ट्रिय जनावर वा पूजा गर्नुपर्ने प्राणी होइन, बरु दुध, गोबर आदि दिने उपयोगी पशुका रुपमा लिनुपर्छ। यसका लागि राज्यले नै अग्रसरता लिनु आवश्यक छ। धर्मको आवरणमा समाजलाई अघि बढ्न नदिने सम्पूर्ण परम्परा र विश्वास हटाउँदै जानुपर्छ। त्यसले मात्र नेपाललाई एक समृद्ध देश बनाउन सक्छ।

नत्र, कसैले गाईको मासु खाएकै आरोपमा एक जुनी जेलमा बिताउनुपर्ने अवस्थाबाट नेपाली समाजले मुक्ति पाउँदैन। देशभरि भव्यतापूर्वक गाई पूजा मनाइरहेको बेलामा जेल पठाइएका इन्द्रबहादुर नेपाली र सकस विश्वकर्मालाई भने कसैले सम्झेको छैन।

प्रकाशित १५ कार्तिक २०७३, सोमबार | 2016-10-31 14:24:37

प्रतिकृया दिनुहोस

  • वैकल्पिक राजनीति भावना हो र?

    युवालाई सक्षम बनाएर राजनीतिमा स्थान दिनुपर्छ हतार गरेर होईन। रन्जुको हकमा योग्यता र उत्कृष्टता अझै जरुरी छ। सामाजिक मिडियामा उनको उमेदवारीको...

  • नेपाल-भारत सम्बन्ध सुधार्न पुल कि पर्खाल?

    व्यापकताका लागि पुल हालिन्छ, खुम्चिनका लागि पर्खाल लगाइन्छ। अवैध मानिसको प्रवेशले बोझ बढ्न थालेपछि मेक्सिको सीमामा पर्खाल लगाउने अमेरिकी राष्ट्रपति...

  • -

    बच्चाको स्कुल फेर्नुअघि सोच्ने कि!

    विद्यालय फेर्ने निर्णय आफ्नो हो कि बच्चाको आवश्यकता हो सो बारेमा परिवारमा खुला छलफल हुन जरुरी छ। अभिभावकले पहिले पढ्दै गरेको विद्यालयमा बच्चालाई...

  • नयाँ शक्ति नेपालकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमि

    हो, हिसिला भ्रष्टाचारी नै हुन्!

    केही दिन अगाडि हिसिला यमिले सडकमा लगाएको नारालाई लिएर सामाजिक सन्जालमा ‘राष्ट्रवाद’को पहिरै चलेको छ। फेसबुक–ट्वीटरमा देश बचाउन मानिसहरू लामबद्ध...

  • रेल कुदाऊ तर निकुञ्ज जोगाऊ

    रेलमार्गको कारण राष्ट्रिय निकुञ्ज मानिसहरुको प्रवेश सहज हुने देखिन्छ, जसले गर्दा लोपोन्मुख प्रजातिको संरक्षणमा अझ चुनौती थपिनेछ। निर्माणको बेला...

  • राजकुमार ह्यारीले मंगली तामाङ सम्झँदा

    कार्यक्रममा ह्यारीले नेपाल भ्रमणका दिन सम्झदैँ भविष्यमा पुनः नेपाल भ्रमण गर्ने इच्छा प्रकट गरे। उनले गोरखाको गाउँमा जसको घरमा बास बसे, उनको नामै...

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बाहिरी चक्रपथको स्केच नमूना

    बाहिरी चक्रपथको चक्कर

    बाहिरी चक्रपथको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) यो महिनाभर मन्त्रिपरिषदमा लगिने भइएको छ। यसका लागि शहरी विकास मन्त्रालयले गृहकार्य गरिरहेको छ।...

  • दुई चरणमा निर्वाचन गर्ने सहमति, मोर्चाले आन्दोलन फिर्ता लिने

    सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शुक्रबारदेखि भइरहेको वार्ता अन्ततः सहमतिमा गएर टुंगिएको छ। शनिबार प्रधानमन्त्री...

  • लगानी बोर्डको कार्यालय

    ३० नयाँ परियोजनाको सम्भाव्यता अध्ययन सुरु

    लगानी बोर्डले ३० वटा नयाँ परियोनाको अध्ययन सुरु गरेको छ। पूर्वाधार, उद्योग, कृषिक्षेत्र, सूचना प्रविधिलगायत ३० वटा परियोजनाको अध्ययन सुरु गरेको...