मुखर्जी किन नजाने भए लुम्बिनी?

भारतीय राष्ट्रपति मुखर्जी हिन्दुधाम पशुपति र जानकी जाने तर बौद्धधाम लुम्बिनी नजाने कुराले कुटनीतिक र धार्मिक दुवै अर्थ बोकेको छ



भारतीय राष्ट्रपति प्रणव मुखर्जीको शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण अन्तिम समयमा आएर रद्द भएको छ। कार्तिक १७ देखि तीन दिने नेपाल भ्रमणमा आउन लागेका मुखर्जीले जनकपुर र पोखराको मात्रै भ्रमण गर्ने कार्यतालिका बनेको छ।

मुखर्जी सेरोमोनियल राष्ट्रपति भएपनि उनी भारतको राष्ट्राध्यक्ष हुन्। १ अरब २५ करोड जनसंख्या भएको भारतजस्तो उदाउँदो विश्व शक्तिका राष्ट्रपति मुखर्जीको लुम्बिनी भ्रमणको चर्चा स्वभाविक रुपमा चासोको विषय हुने नै भयो। फेरि, मुखर्जीको भ्रमणले सम्पूर्ण भारतको प्रतिनिधित्व गर्ने भएकोले लुम्बिनी जाने कुराको स्थानको समेत विशेष महत्व र अर्थ हुने विज्ञहरुको भनाइ छ।

पशुपति र जनकपुर भ्रमणको सन्देश
राष्ट्रपति मुखर्जीले १८ कार्तिक बिहिबार बिहान हिन्दु धर्मालम्बीहरुको प्रसिद्ध तीर्थस्थल पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ। त्यसैगरी मुखर्जीले १९ गते बिहान बुद्ध एयरको विमानबाट १० बजे जनकपुर अवतरण गर्ने कार्यसूचि छ। जनकपुरमा मुखर्जीले अर्को हिन्दुहरुको पुण्यधाम जानकी मन्दिरको दर्शन गर्ने छन्। हिन्दु र बुद्ध धर्म दुवैको प्रचार र प्रवद्र्धनमा लागेको भारतका राष्ट्रपति मुखर्जीले हिन्दुधर्मका पीठहरुको मात्र भ्रमण गर्नुको पनि कुटनीतिक सन्देश हुन्छ नै।

लुम्बिनीसहित भगवानबुद्ध २९ वर्षसम्म बसेको तिलौराकोट दरबार, देवदह रामग्राम र स्वयम्भू, बौद्धनाथ, नमोबुद्धलाई समेत बौद्ध (सर्किटमा समेट्न नेपालले भारत समक्ष आग्रह गर्दै आएको छ। बौद्धबाहेक भारतको विश्वनाथ (काशी) देखि नेपालको पशुपतिनाथ र अन्य शिवरशक्तिको सर्किट तयार गर्न नेपाल–भारत छलफलमा छन्।

भारतले अहिलेसम्म बोधगया–सारनाथ–कुशीनगर हुँदै लुम्बिनीसम्मको चक्रपथ राजमार्ग बनाउने प्रस्ताव बहसमा ल्याएको छ।

यस्तो अवस्थामा राष्ट्रपति मुखर्जीले हिन्दुधामहरुको मात्र भ्रमण गर्दा भारतले नेपाललाई हिन्दु राज्य बनाउन दबाब दिंदै आएको कुरालाई मलजल गर्ने देखिन्छ।

नयाँ संविधानमा नेपाल धर्मनिरपेक्ष राष्ट्र उल्लेख गरिएपछि भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी(विजेपी)का नेताहरुले बारम्बार नेपाल हिन्दु राष्ट्र हुनुपर्ने बताउँदै आएका छन्।

राष्ट्रपति मुखर्जीको लुम्बिनी भ्रमण रद्द भएपछि नेपाललाई हिन्दु धर्म बनाउने भारतीय चाहनालाई उजागर गरेको कुटनीतिक मामिलाका जानकारहरुले लख काटेका छन्।

लुम्बिनीमा भारतीय चासो
कतिपय कार्यक्रम र सन्दर्भमा भारतका राजनीतिक नेताहरु बौद्ध धर्मका पर्वतक गौतम बुद्ध भारतमा जन्मेको दाबी गर्दै आएका छन्। त्यतिमात्र होइन, बुद्धका पिता राजा शुद्धोधनले राज्य गरेको कपिलवस्तु युपीराज्यमा पर्ने भारतीय दाबी छ।

कपिलवस्तु र बुद्ध जन्मेको ठाउँ दुवैमा भारतीय दाबी रहेको अवस्थामा राष्ट्रपति मुखर्जीले लुम्बिनीको भ्रमण गर्दा विश्वव्यापी रुपमा बुद्ध नेपालमा जन्मेको सन्देश जाने भएकोले पनि राष्ट्रपतिलाई लुम्बिनी भ्रमण नगर्न भारतीय कर्मचारीले सुझाएको बताइन्छ।
शुद्धोधनको दरबारको भग्नावशेष भेटिएको भन्दै भारतको युपीमा नक्कली कपिलवस्तु निर्माण गरिएको छ। जबकि बुद्धको जन्म नेपालको रुपन्देहीस्थित लुम्बिनीमा र शुद्धोधनको दरबार नेपालको कपिलवस्तु जिल्लास्थित तिलौराकोटमा भएको कुरा ऐतिहासिक पुरातात्विक अन्वेशषणबाट प्रमाणित भइसकेको विषय हो।

नक्कली प्रमाणमा आधारित कपिलवस्तु संग्रहालयको गत चैत्रको पहिलो साता, (०७२) भारतीय पर्यटन, संस्कृति तथा नागरिक उड्ययनमन्त्री डा.महेश शर्माले उद्घाटन गरेका थिए। पुरातत्व सर्वेक्षण लखनउ मण्डलले उक्त कार्यक्रम आयोजना गरेको थियो। मन्त्री शर्माले बुद्धको जन्मस्थल र कार्यस्थल भारतको कपिलवस्तुस्थित पिपरहवा र गनवरिया रहेको दाबी गरेका थिए। उनले शाक्यवंशका राजाहरुको अधिनमा राजा शुद्धोधन र रानी महामायाले सो राज्य गरेको उल्लेख गरेका थिए।

अझ मन्त्री शर्माले बुद्धले आफ्नो २९ वर्ष पिपरहवामा र गनवरियामा बिताएको दाबी गरेका थिए। भारतले बुद्धको जन्मस्थल पिपरहवा र गनवरियाको विकासका लागि १ अर्ब ७० करोड भारतीय रुपैयाँ विनियोजन समेत गरेको छ।
भारतीय जनता पार्टीका सांसद जगदम्बिका पालले पनि गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका थिए।

सन् १९७० को दशकमा गरिएको पुरातात्विक अन्वेशषणका क्रममा ‘ओम देभपुत्र विहार कपिलवस्तु संघ’ र ‘महा कपिलवस्तु विखु संघ’ लेखिएका दुई वस्तुलाई बुद्ध भारतमा जन्मिएको प्रमाण भन्दै देखाइएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत गत सेप्टेम्बरमा भियतनामको भ्रमणका क्रममा बुद्ध भारतमा जन्मिएको दाबी गरेका थिए। प्रधानमन्त्री मोदीले पटक–पटक शान्तिका बुद्ध भारतमै जन्मेको भन्दै शान्ति खोज्न भारत आउन भियतनामका प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। त्यसो त गत सेप्टेम्बरको अन्तिम साता मोदीले अमेरिका पुगेर पनि बुद्ध भारतमा जन्मिएको दोहोर्याए। क्यालिफोर्नियाको सनजोसस्थित साप सेन्टरमा भारतीय समुदायलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘हामी गान्धी र बुद्ध जन्मिएको देशबाट आएका हौं।’

तर मोदीले नेपालको संसदमा भाषण गर्ने क्रममा भने पटकपटक ‘नेपाल बुद्धको जन्मभूमि हो’ भनेका थिए। भारतीय यी दाबीलाई फितलो पार्ने ठानेर नै अन्तिम समयमा राष्ट्रपति मुखर्जीको लुम्बिनी भ्रमण रद्द गरिएको हो भन्न सकिने आधार मुखर्जीको भ्रमण तालिका आफैले जनाउँछ।

मोदीले सार्क सम्मेलनको बेला नेपाल आउँदा जनकपुर र लुम्बिनीको दर्शन गर्ने अभिलाषा राखेपनि उनको भ्रमण अन्तिम समयमा आएर रद्द भएको थियो।

 

प्रकाशित १४ कार्तिक २०७३, आइतबार | 2016-10-30 09:38:44
author photo

चन्द्रलाल गिरी नेपालखबर विशेष संवाददाता हुन्

@chandralalgiri

चन्द्रलाल गिरीबाट थप


प्रतिकृया दिनुहोस

  • जीवनमा रिलका पात्र

    एक पात्र जो टन्टलापुर घाममा आफू र आफ्ना बालखाका लागि खोला किनारमा गिटी कुट्दै छ। उसको त्यो कथालाई हामी वास्तविक जीवनमा सुन्न त्यति महत्व दिँदैनौ...

  • घरबार एकातिर, माया अर्कैतिर!

    कीर्तिपुरमा पढ्न आउँदा म विवाहित र एक बच्चाकी आमासमेत बनिसकेकी थिएँ। मेरा साथीहरू २६ कटेका छन् सबै। खासै कोही प्रेमको कुरा गर्दैनन्। २५ वर्ष पुग्दा...

  • मज्जाले प्रेम गर तर वियोगमा रुँदै नहिँड

    प्रेम गर्यो त गर्यो सकियो। मैले त प्रेम गर्न सकें त्यो नै मेरो सफलता हो। एउटा सफल प्रेम मैले बाँचें । बस्, प्रेमको सफलताको मापदण्ड प्रेम नै हो।...

  • पहिलो कला साहित्य उत्सवको एक दृश्य

    युवा–विद्यार्थी केन्द्रित साहित्योत्सव

    काँकरभिट्टामा यही फागुन १२ गतेदेखि आयोजना हुन लागेको तीन दिने कला साहित्य उत्सव विद्यालयका शिक्षक र विद्यार्थीहरूका उपयोगी हुनेछ। साधारणतया...

  • ध्वनि प्रदुषणको चपेटामा बिचरा बिरामी!

    केही महिनाअघिसम्म स्वास्थ्यमन्त्री गगन थापाकै निर्वाचन क्षेत्रमा पर्ने धुम्बाराही चोकैको एउटा भवनमा ‘अनमोल अस्पताल’ सञ्चालनमा थियो। सोही भवनको आधा...

  • कर्णाली-भेरी खोला, फेरि भेट होला-नहोला

    ‘हाम्रा बज्या भेडा पाल्दा खन्, हामी पनि भेडो पाल्न्या हुम्।’ यति भनिसकेर फुच्चेले एकपटक सुँक्क गर्यो, नाकको भेडोको लम्बाई घट्यो। मैले क्यामेरा...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • केरुङ–रसुवागढी नाका

    नुवाकोटमा नेपाल-चीन औद्योगिक पार्क निर्माण यसै वर्ष अघि बढ्ने

    विश्वको अल्पविकसित मुलुकमध्ये पर्ने नेपालमा कृषि वस्तुबाहेक अरु अधिकांश कुरा आयातमा निर्भर हुनुपरेको बताउँदै वाङ्ले यसबाट आम नेपालीको आवश्यक मागको...