कम्प्युटरले होइन, मस्तिष्कले बनाउने हो डिजिटल पेन्टिङ



बुबा बलबहादुर केसी सामान्य स्केच बनाउनु हुन्थ्यो। पेन्टिङमा रुचि जगाउनमा ममा सबैभन्दा पहिलो प्रभाव उहाँकै परेको हुनुपर्छ। पत्रपत्रिकामा आउने समाचारभन्दा मेरो ध्यान त्यहाँ छापिने चित्रहरुमा हुने गर्थ्यो। त्यही भएर म भेटेजति चित्रहरु काटेर जम्मा गर्थेँ। तिनै चित्रलाई सादा कागजमा जानी नजानी उतार्थेँ। कक्षा सात पुग्दासम्ममा पेन्टिङका आधारभूत कुराहरुबारे धेरैथोरै अनुभव बटुलीसकेको थिएँ। तस्बिर हेरेर कागजमा हुबहु उतार्न अभ्यस्त भैसकेको थिएँ। तर, ग्यालरीमा प्रदर्शनीका लागि राखिएका थरिथरिका पेन्टिङ देख्दा भने कसरी बनाएका होलान्, कुन रङ कसरी लगाएका होलान्, आफूले पनि तेस्तै गर्न पाए, सिक्नपाए हुन्थ्यो भन्ने जिज्ञासा भइरहन्थ्यो।

यही रुचिका कारण एसएलसीपछि ललितकला क्याम्पसमा फाइन आर्ट पढ्न थालेँ। ब्याचलर तहमा पुगेपछि घरेलु समस्याका कारण कुनै पेशा अँगाल्नै पर्ने बाध्यता आयो। आफु चित्रकलाप्रति रुची राख्ने हुनाले यसै सम्बन्धि काम खोज्न थालें। क्याम्पस पढ्दा पढ्दै एक स्कुलमा चित्रकला शिक्षकको रुपमा काम गर्ने अवसर पाएँ। थोरै समयको शिक्षण पेशापछि त्यस्तै २०४७/४८ तिर कामना प्रकाशन गृहमा ग्राफिक डिजाइनरका रुपमा काम गर्न थालें जसका कारण मेरो औपचारिक शिक्षामा अवरोध पुग्यो। त्यहाँ लगभग दुई वर्ष जति काम गरें। औपचारिक शिक्षामा अवरोध आए पनि मेरो कामले यो क्षेत्रबारे नयाँ कुरा सिकाइरह्यो, अनि मैले सिक्ने रहर गरिरहेँ। सधैं केही नयाँ गरौं भन्ने भावनाले मैले स्व-अध्ययनलाई महत्व दिएँ।

म ग्राफिक डिजाइनको काम गर्ने हुनाले यसमा प्रयोग हुने सफ्टवेयर र हार्डवेयरद्वारा डिजिटल पेन्टिङ पनि गर्न सकिने कुरा थाहा पाएँ। विदेशमा डिजिटल माध्यमबाट परम्परागत चित्रकारिता पनि गरिने कुरा थाहा पाएँ। चित्रकलाप्रतिको आफ्नो अपुरो रुचिलाई डिजिटल माध्यमबाट नै भए पनि किन पुरा नगर्ने भन्ने सोच आयो। तर नेपालमा यो विषय सिक्ने कुनै इन्स्टिच्युट नभएको हुँदा विभिन्न वेबसाइट हेरेर, पुस्तकहरु अध्यन गरेर र स्व-अध्यनका अरु उपाय मार्फत डिजिटल पेन्टिङ प्रविधिको आधारभूत कुराहरु सिकें।

कम्प्युटरमा अभ्यस्त भएकोले बाहिरी संसारमा प्राविधिक रुपमा पेन्टिङमा गरिएका अभ्यासबारे पढेका कुरा अभ्यास गर्न मन लाग्थ्यो। अझै पनि लाग्छ। यही क्रममा म बिस्तारै परम्परागतबाट डिजिटल पेन्टिङतिर आकर्षित हुन पुगेँ। पराम्परागत चित्रकलाको निमित्त आफुसंग पर्याप्त समय नहुनु अनि आफ्नो पेशा पनि  डिजिटलमा प्रविधि अनुकुल भएको हुँदा यतातिर तर्फ मेरो झुकाब बढी हुन पुग्यो। यधपी फुर्सदको समयमा परम्परागत चित्रकलालाई पनि निरन्तरता दिने गरेको छु। परम्परागत र डिजिटल चित्रकला दुबैको आ-आफ्नै महत्व अनि बिशेषताहरु छन्।

डिजिटल पेन्टिङ फरक फरक सफ्टवेयर अनि हार्डवेयरको प्रयोग गरी कम्प्युटरको माध्यमद्वारा सिर्जना गरिने चित्रकला हो। हेक्का राख्नु पर्ने कुरा के छ भने, डिजिटल पेन्टिङ कम्प्युटरको माध्यमबाट सिर्जना गरिने कला त हो तर कम्प्युटरद्वारा स्वसिर्जित कला भने होइन। परम्परागत कलाकारितामा जस्तै यसमा पनि चित्रकारले परम्परागत माध्यम जस्तै पेन्सिल वा चारकोलद्वारा स्केच गरि आयल कलर, एक्रिलिक कलर, वाटर कलार, पेस्टल्स, गउच आदि माध्यममा पेन्टिङ तयार गर्न सक्छन्। तिनलाई कागज, क्यानभास, कपडा आदि माध्यममा प्रिन्ट गर्न सकिन्छ। परम्परागत चित्रकलामा वास्तविक वस्तुहरुको प्रयोग गरिनु र डिजिटलमा भर्चुअल वस्तुहरुको प्रयोग गरिनु नै यी दुईबीचको आधारभूत भिन्नता हो।

सुरुको अवस्थामा डिजिटल पेन्टिङ सफ्टवेयरहरुमा सिमित टुल्स थिए। समयसँगै नयाँ नयाँ प्रविधिको विकासले आधुनिक डिजिटल पेन्टिङ सफ्टवेयरहरुमा व्यापक परिवर्तन आएको छ। आधुनिक कलाकारितामा रुचि राख्ने कलाकारलाई यसबाट सहज मात्र भएको छैन, नयाँ सम्भावनाहरुको ढोका पनि खुल्दै आएको छ। यो सम्भावना अद्भूत र अपार छ। 

मैले डिजिटल पेन्टिङ गर्न थालेको लगभग ३/४ वर्ष भएको छ। यसअवधिमा मैले विभिन्न व्यक्ति अनि सामाजिक संजालमा आबद्द साथीका मुहार चित्र बनाउने अवसर पाएँ। एकचोटी लोकगायिका मुना थापा मगरको पोट्रेट बनाएको थिएँ, जुन उहाँले मन पराएर फेसबुकमा पोष्ट गर्नु भएपछि छोटो समयमै त्यसलाई धेरैले रुचाएका थिए।

नेपालमा डिजिटल पेन्टिङसम्बन्धी जानकारहरु धेरै छैनन् जस्तो लाग्छ मलाई। कतिपय मानिसमा अनि चित्रकारहरुमा समेत, डिजिटल पेन्टिङ भनेको कम्प्युटरले आफैं जेनेरेट गर्ने कुरा हो, सजिलै गर्न सकिन्छ  भन्ने भ्रम रहेको अनुभव गरेको छु मैले। मेरो अनुभवमा डिजिटल चित्रकारितामा पनि परम्परागत शैलीमा जतिकै मिहेनत, लगनशीलता अनि धर्यको खाँचो छ! यसमा पनि त्यत्तिकै सृजनशील हुन जरुरी हुन्छ। आधुनिक प्रविधिको विकासले डिजिटल चित्रकारितामा केहि सहजपन भने अबश्य छन!

ल्याण्डसकेप र मुहार चित्रप्रति मेरो विशेष झुकाव छ। नेपाली संस्कृति र सुन्दर मनोरम प्राकृतिक दृश्यहरुले मलाई चित्र कोर्न उत्प्रेरित गर्छन्। सङ्गीत सर्जक अम्बर गुरुङ  र क्याराभानका कलाकार थिन्ले लेन्डुप, नेता शुशील कोइरालाको मुहार चित्र उहाँहरुको निधनपछि सम्वेदना स्वरुप बनाएको हुँ।

पछिल्लो समयमा सामाजिक सञ्जालको भूमिका सबै क्षेत्रमा देखिएको छ। मेरो कामको सन्दर्भमा पनि सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेलेको महसुस गरेको छु। आफ्नो कलाकारितालाई विभिन्न मानिससमक्ष प्रस्तुत गर्न यसले धेरै सहज भूमिका खेलेको छ। आफ्नो कामको प्रशंसा र कमीकमजोरीबारे पाइने क्रिया-प्रतिक्रिया पनि यो माध्यबाट छिटै पाइन्छ। अझ, विचार र अनुभव साटासाट गर्न पनि यसले धेरै सहयोग गरेको छ।

मैले यहाँ आफुले जानेका, पढेका अनि अनुभव गरिएका कुराहरु यस क्षेत्र प्रति रुची राख्ने सबैको निमित्त जानकारी हेतुले राखेको हुँ, दिन प्रतिदिन नयाँ नयाँ प्रविधिको विकासले डिजिटल चित्रकारिताको क्षेत्र पनि झन् झन् फराकिलो बन्दै गैरहेको अवस्थामा भविष्यमा नेपालमा पनि यस सम्बन्धि अध्ययन अध्यापन हुने कुराको आस राखेको छु।

प्रकाशित ११ कार्तिक २०७३, बिहिबार | 2016-10-27 11:46:54
author photo

राजाराम केसी चोभारेको नाममा चित्रकारिता गर्छन्

@chovare


प्रतिकृया दिनुहोस

  • रेल कुदाऊ तर निकुञ्ज जोगाऊ

    रेलमार्गको कारण राष्ट्रिय निकुञ्ज मानिसहरुको प्रवेश सहज हुने देखिन्छ, जसले गर्दा लोपोन्मुख प्रजातिको संरक्षणमा अझ चुनौती थपिनेछ। निर्माणको बेला...

  • राजकुमार ह्यारीले मंगली तामाङ सम्झँदा

    कार्यक्रममा ह्यारीले नेपाल भ्रमणका दिन सम्झदैँ भविष्यमा पुनः नेपाल भ्रमण गर्ने इच्छा प्रकट गरे। उनले गोरखाको गाउँमा जसको घरमा बास बसे, उनको नामै...

  • झापाको कला साहित्य उत्सवमा 'मायाको शासन' छलफल सत्रमा सहभागी लेखकहरु प्रणिका कोयु, उमा सुवेदी, आहुति र सावित्री गौतम

    फर्केर हेर्दा ती दुई साहित्य उत्सव

    यो वर्ष अलि अनौठै तरिकाले देशमा आयोजना हुने दुई चर्चित साहित्य महोत्सवमा भाग लिन पुगियो। सामाजिक सञ्जालमा नेपाल साहित्य महोत्सवले मागेको सुझावमा...

  • निरोज कट्टेल

    प्रश्न गर्ने परिवेश खोई?

    साना नानीहरूसँग अनेक प्रश्न हुन्छन्। जसै उमेर बढ्दै जान्छ, प्रश्नहरू उब्जिन छोड्छन्। बाल्यकालमा भए जस्ता जिज्ञासा र प्रश्नहरू वयस्क हुँदै गर्दा...

  • आयातीत पीडाको कहानी

    हिजोआज नेपालका हरेक घरका नजिक वा टाढाका सदस्य विदेशिनु अकाट्य सत्य बनेको छ। तीमध्ये खाडी मुलुक जानेको संख्या बढी भएको कुरा पनि अर्को यथार्थ हो।...

  • कवि केशव सिलवाल

    सहरमा एक पुँजीवादः काँठमा एक रामचन्द्रे

    मिश्र सरको पुँजीवादबाट पीडित साक्ष्य हो रामचन्द्रे। उसलाई सिंहदरबारको कुनामा थन्किएको राज्यले नजर लगाउँदैन। उसको आहत कसैलाई सुन्ने फुर्सद छैन।...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • हङकङ–मकाउ पुलबाट खसेका एक नेपाली पौडेर निस्के, एक समुद्रमा बेपत्ता

    हङकङ–जुहाइ–मकाउ जोड्ने निर्माणाधिन पुलमा काम गर्ने क्रममा समुद्रमा खसेका एक नेपाली पौडेर निस्कन सफल भएका छन् भने अर्का एक जना समुद्रमै हराइरहेका...

  • अर्थ मन्त्रालय

    पुरानै संरचनाअनुसार धमाधम बजेट बनाउँदै मन्त्रालयहरु

    नयाँ संविधान अनुसार देश सङ्घीयतामा गएको र सोही अनुसार बजेट निर्माण गर्नुपर्ने भए पनि धेरै जसो मन्त्रालयले पुरानै संरचनामा बजेट बनाइरहेका छन्।...

  • रेल कुदाऊ तर निकुञ्ज जोगाऊ

    रेलमार्गको कारण राष्ट्रिय निकुञ्ज मानिसहरुको प्रवेश सहज हुने देखिन्छ, जसले गर्दा लोपोन्मुख प्रजातिको संरक्षणमा अझ चुनौती थपिनेछ। निर्माणको बेला...

  • नेपालको योजना चीन र भारतको आर्थिक पुल बन्नु होः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनद्वारा अघि सारिएको ‘एक पेटी एक मार्ग’बाट नेपालले लाभ लिने चाहना राखेको बताएका छन्। साथै उनले चीन र...