कि हुनेले डुल्छ दिल्ली, कि नहुनेले



उनले डायलग मारे ‘जिना हे तो पिछे हट्, मर्ना हे तो आगे!’ अनि? ‘त्यो गुन्डा पछिपछि हट्यो रे। गोर्खालीको छोरा पो त बहिनी।’ उनका आँखा बिजुली जस्ता भए। त्यसपछि? ‘साला सब डराए। गुन्डा उचाल्ने चौकीका पुलिस पनि थरररर।’

चुपचाप भारतका कुनाकुनामा बगेका पसिना र आँसुको कुरा कति हुन्छ। अपमान र पीडा सहँदै नाकाहरुबाट भित्रिएको रेमिट्यान्सको हिसाब कँहा हुन्छ। दुई देशका भ्रमणमा खोज्नै पर्छ अब त।

फेरि अलिकति ‘मायुस’ भए उनी। बाजुरा मानाकोट गाविसका धनबहादुर बुढा। मैले भेट्दा बयालिस वर्षका थिए।

गास हाल्दै गरेको रोटी रोकेर भने– ¬‘बहिनी! कि हुनेले डुल्छ दिल्ली कि नहुनेले भएको पैसा उडाउन डुल्छ। नहुने पैसाको खोजीमा डुल्छ।’

खालि हात खालि खुट्टा बिस वर्ष अगि उनी दिल्ली हानीएको कुरा त अब खै के गर्नु!

गाँउमा टेप घन्काउँदै आउने लाहुरेहरुको जुल्फीको सानमा लरक्क लर्किएको उनको बैंसालु सपना।

छरिएर पोखिएछ दिल्लीका गल्ली गल्लीमा।

चौकीदार बस्दा निकै भेटेरे सास्ती र कहर।

पुलिस र गुन्डाले घरिघरि लुट्न खोजेछन्। नेपालीको छोरो नभएनी हातैमा खुकुरी भगाएछन्।

तर एकदिन त कुटिछाटेछन् धनबहादुरलाई।

रगताम्य भएका उनलाई भारतीय बहिनीले मलम लगाउँदै भनिछन्।

‘दाइ पिर नगर तिम्रो म छु। गरिबको देश हुँदैन। सम्झेर दुःखी नबन। म पनि आफ्नै देशमा देश खोजिरहेकी केटी हुँ।’

अनि पो त उनलाई कोही छ नि मेरो भन्ने लागेको। अर्को दिन फेरि गुन्डा कुट्न आउँदा डायलग मारेका। सबका सातो टिपेर अनि भारु ढाडमा बोकेर उनी पनि टेप ढल्काउँदै फर्के गाँउ।

यति भनेर उनले हातको रोटी मुखमा हाले।

काठमान्डौ जानु भा’छ?

मैले सोधी नसक्दै भने– ‘पुग्याको नाई।’

तर भारतमा उनलाई घर कहाँ हो भनेर कसैले सोध्दा काठमान्डौ भनेका रे। हाँस्दै सम्झिए– ‘क्यान पताउँथ्यो नानी झन हकार्‍यो। खल्लि परेछ। काठमान्डौको गल्ली गल्ली डुलेको। मैले दिल्ली डुलेजस्तै। मैले क्या जानु काठमान्डौका मान्छे अलग्गै हुँदा भनेर।’

गुण्डाको आक्रमणले बनाएको घाउ देखाउँदै

अनि फर्केनन् उनी दिल्ली फेरि कहिल्यै। गाउँमै बनाउने स्कुल र अस्पताल। काठमान्डौजस्तै बनाउने सकेसम्म। देख्न नपाए नि फोटोमा हेरेर।

यसरी पैसा बटुल्न आज पनि पश्चिम पहाड र तराई मूलका नेपाली दिनकै जान्छन् दिल्ली। जान्छन् कसरी, आउँछन् कसरी। भित्रन्छ कति पैसा? फुर्सद कम छ दुई देशका नीति निर्माताहरुलाई यो सबै खोज्न।

प्रधानमन्त्रीको यो पटकको भ्रमणमा पनि भारतमा रहेका नेपाली श्रमिकको एजेन्डा परेको छ। योजना आयोगका पूर्व सदस्य गणेश गुरुङका अनुसार।

उनी भन्दै थिए, ‘सबैभन्दा संवेदनशील कुरा त यही हो। तर हेरौं प्रमको टोली यो विषयमा कति सक्षम होला बोल्न।’

भारतमा जानेहरुले पठाउने पैसा मनी ट्रान्सफरबाट आउन थालेको छ। छ महिनाअघि मैले दार्चुला पुग्दा आइएमईको सेवा सञ्चालनमा रहेको देखेकी थिएँ। लेखिएको थियो, ‘अब भारतबाट पनि।’

तर पचास हजारभन्दा बढी रकम पठाउन नपाउने गरी तोकिएको यसको सीमाले नेपाली कामदारलाई परेको अप्ठेरो भ्रमणको विषय बन्ला भन्नेमा गुरुङ आशावादी थिए।

चुपचाप भारतका कुनाकुनामा बगेका पसिना र आँसुको कुरा कति हुन्छ। अपमान र पीडा सहँदै नाकाहरुबाट भित्रिएको रेमिट्यान्सको हिसाब कँहा हुन्छ। दुई देशका भ्रमणमा खोज्नै पर्छ अब त।

प्रकाशित २७ भदौ २०७३, सोमबार | 2016-09-12 09:33:24

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो रहेछ ह्वेल ठूलो हुनुको कारण

    ब्लु ह्वेल विश्वमै सबैभन्दा भीमकाय जीव हो। जेट प्लेनजत्रो लम्बाइ, कारजत्रो मुटु र एउटा वयष्क हात्तीको जति नै तौल भएको जीब्रो, ह्वेललाई सानो कसैले...

  • प्रचण्ड

    'मभन्दा अघि विदेशनीति विवेकभन्दा आवेगले निर्देशित थियो'

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन गर्दै सरकारले छिमेकीसँग सन्तुलित र राष्ट्रकेन्द्रित सम्बन्ध विकास गरेको बताए। उनले...

  • को हुन् साझाकी शोभा जसले कांग्रेस–एमालेलाई आच्छु आच्छु पारिन्

    पाटन औद्योगिक क्षेत्रमा शोभाको उन तथा हस्तबुनाई कारखाना पनि सञ्चालनमा रहेछ जहाँ पाँच सय भन्दा बढी महिला कामदारलाई उनले रोजगारी दिएकी छिन्। भन्छिन्,...