ब्लग

मूल प्रवाहीकरण गरौं मुद्दा

नाराबाजी नगरिकनै गरिएका कामहरू पनि महिलावादी विषय हुन सक्छन्



उल्लेख गरिसकेको सन्दर्भ हो। सान्दर्भिक लागेर फेरि गरें। नेपाल एफएममा महिला हिंसाबिरुद्ध अभियान कार्यक्रम चलाउँथ्यौ। एक दिन तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई फोन गरें उहाँकै मोबाइलमा।

कुनै देशमा बोक्सी भनेर मान्छे मारिदैँछ त्यो देशका राजनेता संसदमा के छलफल गर्छन्? समाजशास्त्रीहरूका लागि विषय किन बन्दैन?

विषय सुनेपछि उहाँले उल्टो प्रश्न गर्नुभयो महिला हिंसाको विषयमा गृहमन्त्रीलाई सिधा फोन? उत्तर दिएँ, देशको नागरिक माथि हिंसा हुनु भनेको राज्यको सुरक्षा संयन्त्रको विषय हो। यसको जवाफदेहिता त्यहीँबाट खोज्ने हो । केहीबेरको संवाद पछि हामीले यो विषयमा सुरक्षाको दृष्टिकोणबाट कुरा गर्यौं । हामीले पचहत्तरै जिल्लाका महिलाहरूको अवस्थाबारे कार्यक्रम गर्दै थियौं । प्रत्येक जिल्लाका सिडियोहरूलाई हामी फोन गर्दथ्यौं र मुद्दाको अवस्थाबारे जानकारी लिन्थ्यौँ।

हिजो लेखक बुद्धिसागरले ‘बोक्सीको आरोपमा मारिने विषय धेरै बौद्धिकका लागि ‘इस्यु’ होइन छलफल गरिने विषय मात्र हो’ भनेर ट्विट गरे, मन छोयो । कसैको लिङ्ग महिला छ ऊमाथि केही हुनासाथ त्यो ‘महिलावादी संघसंस्था’को विषय कसरी हुन्छ?

दुर्गम भनिएका जिल्लामा बसेर काम गर्दाको मेरो अनुभव छ। जब कोही महिला अप्ठेरोमा परेर मेरो ढोका ढकढक गर्थे म सिडियोकँहा पुग्थेँ।

न्यायधीश कँहा हुनुहुन्छ सोध्थें। स्थानीय सरकार नभएको त युग भयो त्यसको के कुरा गर्नु। न्यायधीश पाहुना जसरी आँउथे फूलमाला लाउथें र जान्थे।

मनोविज्ञान उही यी ससाना विषय त महिला हरूले टुङ्गो लगाइहाल्छन्। हामी ठूला कुरामा मिटिङ्ग गर्दैछौं। के हुन् ठूला कुरा? देशमा मान्छे मारिन्छन्, बलात्कार हुन्छ, बालबालिका बिचल्लीमा पारिन्छन् । न्यायको लागि सदरमुकाम बस्दा नागरिक टाट पल्टन्छन्। यी कसका विषय हुन्? आयातित प्रोजक्टमा लेखिने ‘मिसन’, ‘भिजन’, ‘गोल’ अन्तमा रिपोर्टका लागि कि राज्यका लागि?

अब तपाईंले अलि ठूलो ‘राजनीतिक’ विषयमा कलम चलाउनु पर्यो भन्नेलाई पनि भन्नु यही छ, सिन्डिकेटको कारण सडक चिहान बनेका, मान्छे जिँउदै जलाइएका, खानेकुराका नाममा बिष बेचेर ग्राहक मरेका , नक्कली औषधी बचेएिका चाहिँ ‘साना’ ‘अराजनितिक?’ अनि थप यस्ता विषयमा काम गरिरहेका स्थानिय सरकार नहुँदा र न्यायलय जस्ता निकाय लगभग निकम्मा हुँदा पनि समाज हाँकेका मान्छेका कथा पनि ‘सफ्ट इस्यु?’ समाज भन्ने कोलममा ब्लगमा पर्ने विषय! ताज्जुब छ बा!

नागरिकको लिङ्ग महिला हुनासाथ त्यो महिलाको मुद्धा हुन्छ कसरी । यही मनोवृत्तिकै कारण फैलिने अनेकथरि संघ संस्था। त्यो कुरा सबै अर्थमा नराम्रो होइन तर राज्यलाई जिम्मेवार बनाउने कदमतिर भन्दा आफ्नो दुनो सोझ्याउनेतिर लागे भने प्रतिउत्पादक नै हुन्।

कुनै देशमा बोक्सी भनेर मान्छे मारिदैँछ त्यो देशका राजनेता संसदमा के छलफल गर्छन? समाजशास्त्रीहरूका लागि विषय किन बन्दैन? किन बन्दैन सम्पादकीय र बरिष्ठ पत्रकारहरूका लागि विषय? पत्रिकाका पाना भित्र भित्रका समाचार बनाएर थन्काइन्छ किन? धेरै किन भयो तर प्रश्न त यही नै हो।

अब महिलावाद

के हो त यो? समानता भएको समाज बनाऔं। पुरुष र महिला दुवैलाई अहिलेको संरचनाले राम्रो गरेन। धेरै घाटा महिलालाई देखियो। नाफामा पुरुष पनि छैनन्। यो बृहत् छलफलको विषय हो । पहिला ‘महिलावादी’ भनेर घोषणा गर्नेहरूप्रति लागेको कुरा।

महिलाको विषय पुरुषले र प्रभाव भएका महिलाहरूले उठाएनन्। कसरी उठाएनन्? बदलिँदो समयका बदलिरहेका कुरामा हाम्रो ध्यान पुगेन कि! हामीभन्दा पहिला पनि धेरै देखिएका नदेखिएका मानिसहरू यो विषयमा बोलिरहे, बोलिरहेछन्, जसमा महिला र पुरुष दुवै छन्। नजरलाई अलिकति पर र दाँयाबाँया घुमाएर हेर्दा देखिन्छ। हालसालैको उदाहरण २ वर्षअघि बालुवाटारमा भएको महिलाहिंसा विरुद्धको अभियान। जसमा पुरुषहरूको छातीमा टाँसिएको नारामा लेखिएका हुन्थे ‘अति भयो बलात्कार, केही गर सरकार।’ यी त देखिने कुरा भए। एउटा महिला हिंसामा पर्दा दोषी एक पुरुष होला। बचाउने दश होलान्। रुने सय होलान् अनि समर्थनमा हजार। यसको पनि गणना गर्ने कि? केही वर्षपहिले यौनसम्बन्धी समाचारकै कारण एउटा अभिनेत्रीले दशैंको दिनमा आत्महत्या गरिन्। केही वर्षपछि समाचारले आहत परेकी अर्की अभिनेत्रीको समयसम्म आइपुग्दा समाज भित्रभित्रै अर्कै भइरहेको हामीले कम खोजेका पो छौं कि? उही सानो समूहमा हुने वार्तालाप र उनै तर्क–तर्कनामा त अल्झाउन खोजेका छैनौँ नारीवादलाई? अब हामी जाग्यौं बल्ल हुन्छ सबै परिवर्तन भन्ने टोन हामीले थाहै नपाई हावी त हुँदै गइरहेको छैन?

परिमार्जित नारीवाद मूलतः एउटा सिद्धान्त हो। यसले परिवार, समाज र राज्यबाट किनारामा परेका अझ फराकिलो हिसाबले भन्दा विश्वव्यापी रूपमा कमजोर मानिएका देशहरूकै लागि वकालत गर्छ। विकासका नाममा नागरिकलाई पर्ने अप्ठेरो विरुद्ध लड्छ। वातावरणको पक्षमा पैरवी गर्छ। पहिचानको राजनीतिले परेको असरबारे बोल्छ। देशमा भइरहेका भ्रष्टाचार र कमजोर पुरुषमाथि हुने अन्यायविरुद्ध बोल्ने सामथ्र्य राख्छ। हामीले कति गरेका छौं यस्ता काम? एक वर्षअघि कैलाली घटनामा २ वर्षे बालकको पनि इहलिला समाप्त पारियो। मान्छे जलाइयो। हामी कति बोल्यौं? कि उनीहरू पुरुष हुन् यसैले कम बोल्यौ वा बोल्दै बोलेनौं? सरकारले मधेसी नागरिकको ज्यान लिएको विषय हाम्रो बन्यो कि बनेन? महिलावाद मानवीयतालाई केन्द्रमा राखेर हिँड्ने नवसिद्धान्त हो। जुन सबैखाले राजनितिक सिद्धान्तभन्दा गहकिलो र फराकिलो छ। यो एक्लै होइन सबैलाई सङ्गै लिएर हिँड्छ।

महिलालाई कमजोर पात्र मात्र होइन उसको शक्ति, उन्नति र विचारहरू मूलधारमा आउनु पर्छ भन्छ। केही समयअघि हिमाल खबरपत्रिकाले कभरस्टोरी गर्यो, देशका तीन जल्दाबल्दा महिला उद्यमीहरूको बारेमा। सेतोपाटी र अहिले प्रभावशाली हुँदै गइरहेको नेपालखबरले महत्वका साथ छापिरहेछन् महिलाका कुरा। राष्ट्रिय दैनिकमा बिस्तारै आँउदैछ परिवर्तन। सबल महिला पात्र देख्यो कि टप्प टिप्ने काम अरुले पनि गरिरहेछन्।

महिलाहरूले परम्परागत संरचनालाई चुनौती दिएर बाँचेका, अरु महिलालाई परिवर्तनका वाहकका रूपमा प्रस्तुत गरेका, निरीहताको मात्र होइन शक्तिको कुरा गरेका पनि आफूलाई ‘महिलावादी’ भन्न मनपराउनेहरूले लैंगिकक मुद्दा भन्दैनन्। संचारमाध्यममा महिलालाई पीडितको रूपमा मात्र होइन विचार दिने पात्रका रूपमा पनि प्रस्तुत गरिएका कुराहरू पनि पछिल्ला दिनमा स्वघोषित ‘महिलावादी’ समूहले गनेको देखिन्न। आफूलाई जायज लागेका विचार र समूहका कुरा मात्र महिलावाद?

समय गार्गीको विद्वता र मनुस्मृतिको संकीर्णतामै पनि घुमिरहेको छैन। यो त दिन दिनै बदलिरहेको छ।

महिलाले जीवनशैलीको कुरा गर्दा, खुलेर बाँचेको कुरा त महिलावादीहरूको त सफलताको कुरा हो। नाराबाजी नगरिकनै गरिएका कामहरू पनि महिलावादी विषय हुन सक्छन्। जीवनका कर्मले पुरातन चिरिरहेका सभ्यता र विकासलाई कुनै वादको नामबिनै अघि बढाइरहेका पुरुष र महिला महिलावादी हुन्। ‘महिला’ भनेर किनारमा पेल्न खोज्ने र हामी ‘महिलावादी’ भनेर किनारमा बसेर सानो समूहमा मुद्दा अड्काउने सबै नारीवाद विरोधी नै हुन्। हाम्रो विषय अर्थ, सुरक्षा, विकास भ्रष्टाचार, न्याय, धर्म र बजार सबै हुन्। जता नराम्रो हँुदा पनि धेरै मारमा पर्ने महिला र बालबालिका नै हुन्। नारीवाद समुद्र हो। खहरे खोलो, कुल्सो र कुलेसो होइन।

प्रकाशित १५ भदौ २०७३, बुधबार | 2016-08-31 08:35:06

प्रतिकृया दिनुहोस

  • वैकल्पिक राजनीति भावना हो र?

    युवालाई सक्षम बनाएर राजनीतिमा स्थान दिनुपर्छ हतार गरेर होईन। रन्जुको हकमा योग्यता र उत्कृष्टता अझै जरुरी छ। सामाजिक मिडियामा उनको उमेदवारीको...

  • नेपाल-भारत सम्बन्ध सुधार्न पुल कि पर्खाल?

    व्यापकताका लागि पुल हालिन्छ, खुम्चिनका लागि पर्खाल लगाइन्छ। अवैध मानिसको प्रवेशले बोझ बढ्न थालेपछि मेक्सिको सीमामा पर्खाल लगाउने अमेरिकी राष्ट्रपति...

  • -

    बच्चाको स्कुल फेर्नुअघि सोच्ने कि!

    विद्यालय फेर्ने निर्णय आफ्नो हो कि बच्चाको आवश्यकता हो सो बारेमा परिवारमा खुला छलफल हुन जरुरी छ। अभिभावकले पहिले पढ्दै गरेको विद्यालयमा बच्चालाई...

  • नयाँ शक्ति नेपालकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमि

    हो, हिसिला भ्रष्टाचारी नै हुन्!

    केही दिन अगाडि हिसिला यमिले सडकमा लगाएको नारालाई लिएर सामाजिक सन्जालमा ‘राष्ट्रवाद’को पहिरै चलेको छ। फेसबुक–ट्वीटरमा देश बचाउन मानिसहरू लामबद्ध...

  • रेल कुदाऊ तर निकुञ्ज जोगाऊ

    रेलमार्गको कारण राष्ट्रिय निकुञ्ज मानिसहरुको प्रवेश सहज हुने देखिन्छ, जसले गर्दा लोपोन्मुख प्रजातिको संरक्षणमा अझ चुनौती थपिनेछ। निर्माणको बेला...

  • राजकुमार ह्यारीले मंगली तामाङ सम्झँदा

    कार्यक्रममा ह्यारीले नेपाल भ्रमणका दिन सम्झदैँ भविष्यमा पुनः नेपाल भ्रमण गर्ने इच्छा प्रकट गरे। उनले गोरखाको गाउँमा जसको घरमा बास बसे, उनको नामै...

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • काठमान्डौ को रक्तकालीमा स्थित ६ तल्लाको घर गर्लम्म ढलेपछिको बिहान छिमेकी दैनिकी पूजा गर्दै| यो घर बैसाख २९ को दोश्रो पराकम्पनपछि ढलेको थियो, तर त्यहाँ कुनै मानवीय क्षति भने भएन|

    भूकम्प स्मृतिः वैशाख १२ का यी १२ तस्‍विर

    ठीक दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाएका थिए। भूकम्पमा परी हजारौं मान्छे घाइते भएका थिए, लाखौं घर...

  • बच्चाले ‘गर्छ’ सिक्तैन

    शिक्षाविदहरू जतिखेर पनि ‘सीप’ को कुरा गरिरहेका हुन्छन् : पढाइको सीप, लेखाइको सीप, सम्प्रेषणको सीप, हुँदाहुँदा सुनाइको सीप। कुनै मुश्किल काम...

  • भुइँचालोपछि राहत पर्खिरहेका सर्वसाधरण (फाइल फोटोः पालनी मोहन)

    भूकम्पः वर्ष दोस्रो, किस्ताः न पहिलो न दोस्रो

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणको १४ महिना बिताइसक्दा पनि सबै पीडितले पहिलो किस्ता पाउन सकेका छैनन्। दुई वर्षअघि वैशाख १२ गते गएको...

  • तेल चोरी रोक्न जेठ १ बाट ट्यांकरमा 'लकिङ सिस्टम'

    ‘नेपाली ट्यांकरमा अटोमेटिक लकिङ सिस्टम जडान गर्ने विषयमा भारतले पनि सहमति जनाएको छ,’ आपूर्ति विभागका डाइरेक्टर तथा निगमका प्रवक्ता पोखरेलले...