अबिच्यूरी

पहेँलो जर्नल छोडेर गएकी निर्मला म्याडम



बीस वर्षपछि भइरहेको स्थानीय निर्वाचनको माहौल नियालिरहेको थिएँ। उत्साहपूर्वक बिहानी सत्रमा दुई मतदानस्थलको भ्रमण र दिउँसो भक्तपुरको पुरानो वस्तीसम्मै पुगेको थिएँ। तर दिउँसो २ बजेपछि एकाएक म शिथिल भएँ।साथी अनिस प्याकुरेलको मोबाइल सन्देश नै यस्तो थियो के गर्नु? पत्याउन मनै लागेन। तर निर्मला म्याडमको स्वास्थ्य स्थिति सम्झँदा कुरा साँचै हो कि झैं भनेर झस्किएँ पनि।

हतारहतार फेसबुक खोलेँ। 

फेसबुकका भित्ताहरुमा निर्वाचनका कुरा मात्रै थिएँ। पुस्तकालय क्षेत्रका कसैले निर्मला म्याडमको मृत्युको खबर लेखेको नदेख्दा एकछिन आशा पनि पलायो। बाथरुम छिरेँ, चिसोपानी आउने अपेक्षामा धारा खुल्लै छोडेर पर्खिएँ, तर तातै पानीले भए पनि मन शीतल बनाउने प्रयास गरेँ।

निकै बेरसम्म निधोमा पुग्न सकेको थिइनँ। तर साँझ पर्दा नपर्दै पुस्तकालय क्षेत्रका व्यक्तिहरूले निर्मला म्याडमको तस्बिरसहितका श्रद्धाञ्जलि पोख्न थालिसकेका थिएँ। फेसबुक हेर्नै मन लागेन। घटनाबारे परिवारलाई सुनाएँ, चिन्ने सदस्यहरू विस्मयमा डुबे। तर नचिन्नेका लागि त योभन्दा महत्वपूर्ण ताजा घटना निर्वाचनसम्बन्धी किस्सा नै थिए।

मलाई निर्मला श्रेष्ठ म्याडमको मृत्युमा श्रद्धाञ्जलिका शब्द लेख्न मनै लागेन। अरुले लेखेका तीन अक्षरे ‘आरआइपी’ देखेरै आजीत भइसकेको थिएँ। त्यसपछि उनको शोक सभामा विभागसम्म जाने आँट पनि आएन। उनैले चिनाएको विभागमा गएर उनैलाई श्रद्धाञ्जली दिन मेरा हातले मोटरसाइकलको एक्सिलेटर घुमाउने साहसै गरेनन्। मेरा गोडा त झन् त्यसै गले।

स्कुल पढ्दा काठमाडौं मलाई एसएलसी दिएर घुम्न आउने ठाउँभन्दा बढी केही लाग्थेन। मेरो घरकै दाइ र टोलकै धेरै दाइ दिदीहरु एसएलसी सकाएर काठमाडौं गएको देखेको थिएँ। पछि, म पनि तिनैमध्येका एक पात्र भएँ।

तर त्योबेलासम्म अध्ययन, बहस र सेवा जस्ता कुरा मेरो दिमागमा छिरेकै थिएन। काठमाडौंको रत्नराज्य क्याम्पसबाट स्नातक तह सक्दासम्म मैले पुस्तकालय विज्ञानबारे सुनेको समेत थिइनँ। तर राजनीतिशास्त्र र ऐच्छिक नेपालीमा स्नातक गरेपछि के पढ्ने भनेर खोज्दै जाँदा म यो विषयप्रति आकर्षित भएँ।

२०६६ साल माघ महिनाको कुनै आइतबार। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयले आफ्नै भवनको माथिल्लो तलामा यो विषय पठनपाठनका लागि दुई ओटा कोठा छुट्याएको रहेछ। दिउँसो १२ बजेतिरको समय थियो। म उत्साहित हुँदै नयाँ विषयबारे बुझ्न पुस्तकालय विज्ञान विभाग पुगेको थिएँ। मैले भेटेको पहिलो व्यक्ति नै त्यो विभागकी प्रमुख निर्मला श्रेष्ठ रहिछन्।

हँसिलो मुहार र नेवारी लवजमा उनले मेरो संक्षिप्त परिचय मागेकी थिइन्। पहिलो भेटमै म उनको व्यक्तित्वबाट प्रभावित भएको थिएँ। उनको उज्यालो अनुहार आज पनि मेरो आँखा अगाडि नाचिरहेको छ। तर दुर्भाग्य, त्यो अनुहार, त्यो बोली, त्यो व्यक्तित्व सबै कतै विलीन भएको छ। अङ्ग्रेजी भाषामा मिसिएर आउने उनको नेवारी लवजमा बेग्लै मिठास थियो।

निर्मला म्याडमको बैसाख ३१ म निधन भएको खबर सुनेयता मेरो दिमाग रन्थिनिएको छ। उनलाई चिनेको आठ वर्षमै उनीप्रति श्रद्धाञ्जलीका शब्दहरु कोर्नुपर्ला, यो मेरो कल्पनाबाहिरको कुरा थियो। तर आज यो होइन कि झैं लाग्ने यथार्थ बनेको छ।

पुस्तकालय विज्ञानबारे मैले जेजति सिकेँ, यो क्षेत्रमा जेजति काम गरिरहेको छ’, त्यसमा निर्मला म्याडमको प्रेरणाको विशेष हात छ। म र मेरा साथीहरुको भविष्य निर्धारणमा अहम् भूमिका खेल्ने उहाँले नै त हो म र मेरा साथीहरुलाई पुस्तकालय विज्ञानको क्षेत्रमा बामे सर्न सिकाएको।

पुस्तकालय विज्ञान प्राविधिक जगमा उभिएको विषय हो। त्यसअघि अर्कै विषय पढेका विद्यार्थीलाई एकै पटक स्नातकोत्तर तहमा अध्यापन गर्नु सहज काम थिएन। शून्यबाट सुरु गरेका मजस्ता विद्यार्थीसमेतलाई विषय विज्ञ बनाउने अभिभारा चुनौतीपूर्ण थियो। उहाँले पढाएका विद्यार्थीले पुस्तकालय क्षेत्रमै गरेको योगदान र पाएको सफलताको उहाँको शिक्षणलाई पनि जान्छ।

उहाँ सन् १९९५ बाट त्रिभुवन विश्वविद्यालयले शुरु गरेको पुस्तकालय विज्ञानको एक वर्षे स्नातक तहको संस्थापक सदस्य मध्येकी एक थिइन्। दुई दशकको अध्यापनपछि २०७० सालबाट निर्मला म्याडमले विश्वविद्यालय छोडिन्।

हुन त लेखनप्रति उनमा खासै रुची देखिएन। तर कक्षामा पढाउने मामिलामा अचम्मको आकर्षण थियो। आफैं विभागीय प्रमुख हुँदा होस् वा त्यो जिम्मेवारी छाडेका बखत उनले सधैं कक्षा लिन नसक्ने कुराबारे अघिल्लै दिन अवगत गराउँथिन्। जानकारी गराएर मात्र अनुपस्थित हुने उनको अनुसाशित स्वभावले मलाई प्रभावित पारेको थियो। दुई वर्षसम्म उनको कक्षा लिँदा अपवादबाहेक उनले कक्षा छोडिनन्, त्यो पनि विभागमा खबर गरेरै। पछिल्लो समयमा स्वास्थ्य समस्याले बढी पेल्न थालेपछि भने उनी कक्षामा अलि ढिलो आउन थालिन्।

विषयमा गहनता प्रस्तुत गर्न नसक्नु निर्मला म्याडमको कमजोरी नै थियो। तर उनले हरेक विषयलाई आफ्नोपन दिदैँ अनुभवजन्य प्रस्तुतिमा ढालेको मलाई मन पर्थ्यो। फिलिपिन्समा डिग्री अध्ययन गर्दाका किस्सा सुनाएर कक्षा कोठाको माहोल रोमाञ्चक बनाउनु उनको विशेषता थियो। पुस्तकालय विज्ञान विभागका अध्यापकमध्ये निर्मला म्याडम सबैभन्दा मायालु थिइन्। माया त अरुले पनि गर्थे, तर उनको माया अलि मुखर हुन्थ्यो, विद्यार्थीले सहजै महसुस हुन्थ्यो।

सन् १९९५ तिर एक वर्षे स्नातक तहमा २० जना विद्यार्थी भर्ना गरी अध्यापन थालेकी निर्मला म्याडम लामो समयसम्म त्यहीँ रमाइन्। सन् २००० मा स्नातक तहको अध्यापन स्थगित गरी स्नातकोत्तर तह कार्यक्रम त्रिविले स्वीकृत ग¥यो।

देशमै उच्च शिक्षाको पढाइ शुरु भएपछि विभिन्न पुस्तकालयमा काम गर्ने जनशक्ति उत्पादन गर्न र उच्च शिक्षाको धोको पु¥याउन अध्ययन विदा स्वीकृत गरेरै पनि कीर्तिपुर पुगे । सन् २००० पछि धेरै नेपाली पुस्तकालयकर्मीको अध्ययन गर्ने धोको पूरा गराउने समूह हर्ताकर्ता थिइन् उनी। यो विभागको स्थापनापछि धेरैका जागिरको बढुवा पनि सम्भव भयो । विषय विज्ञताको प्रमाणपत्र प्राप्त गर्न , विद्यार्थीले गरेका कामको अनुभवलाई सैद्धान्तिक रुप दिन त्रिविमा पुस्तकालय विज्ञान विभाग खुलेपछि नै सम्भव भएको हो।

सन् २००० पछि पुस्तकालय विज्ञान पढ्न भारतका विभिन्न विश्वविद्यालय जाने काम लगभग रोकियो। कोही बनिबनाउ सर्टिफिकेट लिन भारत पुगे तर पढ्ने उद्देश्यले सवै विद्यार्थी कीर्तिपुरमै रोकिए। नेपालकै पुस्तकालयमा नेपाली प्रकाशनसँग बढी काम गर्नुपर्ने विद्यार्थीका लागि त्रिवि केन्द्रीय पुस्तकालयले आफ्नो सम्पूर्ण सामग्री व्यावहारिक प्रयोजनका लागि पुस्तकालय विज्ञान विभागका विद्यार्थीलाई प्रयोग गर्न अघोषित छुट दियो। यस काममा पनि निर्मला श्रेष्ठको तत्कालीन केन्द्रीय पुस्तकालय प्रमुख कृष्णमणि भण्डारीसँगको निरन्तर छलफल र आग्रह निर्णायक रह्यो।

उनले स्नातक र स्नातकोत्तर तह सञ्चालन हुँदा १–१ कार्यकाल गरी जम्मा ८ वर्षसम्म पुस्तकालय विज्ञान विभागको प्रमुखका रुपमा कार्यक्रम सञ्चालन गरिन्। छैटौं समूहको स्नातकोत्तर छात्र भएर पुस्तकालय विज्ञान विभाग पुग्दा प्राविधिक शब्दावलीमा सहयोग नगरे पनि उनले मेरा लागि उच्च शिक्षा अध्ययन सक्न दिएको प्रेरणा गजब थियो। आफैंले लेखेको जस्तो शीर्षकमा पुस्तकालयबाट विद्यार्थीले सूचना संकलन गर्ने बानीको अध्ययन सम्बन्धी शोधकार्य गर्न मलाई निरन्तर उत्प्रेरित गरिरहिन्। अझ, आपैंmले शोध निर्देशनको जिम्मा पनि लिइन्।

शोधपत्र तयार गर्दा पुस्तकालयबाट सामग्री खोज्न अह्राउने उनको बानी थियो। यसबाहेक आपूmसँग भएका मिल्ने सामग्री फिर्ता गर्ने शर्तमा पटक पटक उपलब्ध पनि गराउँथिन्। उनको बारेमा सोच्दै गर्दा मलाई आफ्नो शोधपत्रको सम्झना आयो। पुराना सामग्री खोज्दै जाँदा र्याखमा उनले टिपाएका नोटहरु हात परे। भावविह्वल भएँ। उनको हस्ताक्षर भएको शोधपत्रसँगै एउटा पहेँलो रङको जर्नल पनि भेटियो।

अहो यो जर्नल त मैले फिर्ता गर्ने शर्तमा पो ल्याएको थिएँ। अब यो जर्नललाई म के गरौं? कुनै पुस्तकालयलाई दिउँ कि? या, उनको सम्झना मिसिएको चिनो सम्झेर आफैंसँग राखूँ? दुबिधामा छु, निर्मला म्याडमको आत्मा यो पहेँलो जर्नल मैले राख्दा खुसी होला कि, पुस्तकालयलाई उपहार दिँदा?

प्रकाशित ३१ जेठ २०७४, बुधबार | 2017-06-14 20:12:44
author photo

रमेश निरौला लाइब्रेरियन हुन्


प्रतिकृया दिनुहोस

  • सुन्नुस त! विचार हाम्रा पनि छन्

    जब ग्राहक बारीमा सीधै ताजा तरकारी किन्न जान थाल्छ, बिचौलियाहरु बिच्किन थाल्छन्। र बिचौलिया नबिच्केसम्म ताजगी अलि परको कुरा हुन्छ। विचारका...

  • चित्ताकर्षक रारा, अद्भुत यात्रा

    यसपटक रारा घुम्ने रहरको मूल मुटुभित्र फुटेर आयो। इच्छाहरु यति रसाएर आए कि अनिच्छा र अल्छीका झिल्काहरुका लागि कुनै स्थान रहेन। यसपटकको...

  • खगेन्द्र संग्रौला

    गाई–निबन्धे गाली र खगेन्द्र संग्रौला

    संग्रौला सामाजिक सञ्जालमा निकै गाली खाने लेखकमा पर्छन्। उनले ट्वीटरमा केही लेख्नेबित्तिकै उनलाई गाली गर्नेहरू जाइलागिहाल्छन्। हिंसाको पक्षपोषण...

  • मिल्काइदेऊ नाथे ढोंग-२

    मैले सोधेँ, ‘हामीमध्ये को–को खुलेर हाँस्न सक्छौँ।’ प्रायः सबैको उत्तर थियो, ‘धेरै हाँस्ने बानी छैन।’ एकजना अभियन्ताको स्वीकारोक्ति थियो, ‘कुरा त...

  • पहेँलो जर्नल छोडेर गएकी निर्मला म्याडम

    हँसिलो मुहार र नेवारी लवजमा उनले मेरो संक्षिप्त परिचय मागेकी थिइन्। पहिलो भेटमै म उनको व्यक्तित्वबाट प्रभावित भएको थिएँ। उनको उज्यालो अनुहार आज पनि...

  • डाक्टर रामेश र चार्ल्स शोभराज

    मुटुविहीन मान्छेको मुटु ठीक गर्दा

    चार्ल्स भारतको तिहाड जेलबाट भागेका थिए। पुनमका पिता सोही जेलको एक कनिष्ठ अधिकारी थिए। उनले सो घटनबारे सुनेकी थिइन्। उनको पिताले भोगेको तनाव र...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...