खेल


पोखरा स्पोर्ट्स अवार्ड : एथेलेक्टिसकी इन्द्रालाई ‘लाइफटाइम अचिभमेन्ट’

पोखरा स्पोर्ट्स अवार्ड : एथेलेक्टिसकी इन्द्रालाई ‘लाइफटाइम अचिभमेन्ट’

नेपालखबर
बैशाख २३, २०८१ आइतबार १४:१०, पोखरा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई प्रदान गर्ने भएको छ।

प्रतिभा छनोट समितिको बैठकले गरेको सिफारिसलाई मञ्चको कार्यसमितिले अनुमोदन गरेसँगै मल्लले अवार्ड पाउने निश्चित भएको हो।

मल्ललाई वैशाख २८ गते पोखरा सभागृहमा आयोजना हुने अवार्ड वितरण समारोहमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान अर्पण गरिनेछ।

यसअघि मञ्चले यो अवार्डबाट फुटबलका कृष्ण थापा, एथेलेक्टिसका खड्गबहादुर रानाभाट, क्रिकेटका डा. वीरेन्द्रसिंह गुरुङ, बक्सिङका चित्रबहादुर गुरुङ, फुटबलका आनन्द रञ्जित, बक्सिङका गणेशबहादुर भट्टराई र विद्याप्रसाद मर्सानीलाई सम्मान  गरिसकेको छ।

अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए।

ती अवार्डका लागि सम्भावित खेलाडीको सूची सार्वजनिक भइसकेको छ।

को हुन् इन्द्रा?

लाहुेर परिवारका जन्मेकी इन्द्रा आफ्नो समयकी उम्दा एथेलेक्सिट खेलाडी भएको खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। उनको विशेष दक्खल र रुचि दौडमै छ। उनले दर्जनौँ पदक जितेकी छन् भने राष्ट्रिय कीर्तिमान पनि बनाएकी छन्। चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १० किलोमिटर वाकिङमा स्वर्ण पदक जितेकी उनले ३२औँ राष्ट्रिय च्याम्पियनसिपमा पनि प्रथम स्थान हासिल गरेकी छन्।

३०औँ राष्ट्रिय च्याम्पियनसिपमा हाल्फ म्याराथनमा रजन पदक, १० किलोमिटर वाकिङमा स्वर्ण जितेकी उनले दोस्रो र तेस्रो राष्ट्रिय क्रस कन्ट्री च्याम्पियनसिपमा गोल्ड मेडल जितेकी छन्।

२६औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथो स्थान हासिल गरेर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी उनले २७औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको १० किलोमिटर वाकिङमा स्वर्ण, २८औँ राष्ट्रिय खेलकुदको १० किलोमिटर वाकिङमा स्वर्ण र १० किलोमिटर दौडमा रजत पदक जितेकी छन्। 

त्यसबाहेक उनले भारतमा भएको आठौँ एसियन ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपको १० किलोमिटर वाकिङमा सातौँ,  ५१औँ सिंगापुर ओपन च्याम्पियनसिपको पाँच किलोमिटर वाकिङमा चौथो, क्यानडामा भएको सेकेन्ड वर्ल्ड जुनियर ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपको ५ किलोमिटर वाकिङमा २३औँ स्थान र सिंगापुरमै भएको दोस्रो एयिसन जुनियर ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपको ५ किलोमिटर वाकिङमा चौथो स्थान हासिल गरेकी छन्।

त्यस्तै उनले सन् १९९५ मा भएको पेप्सी अन्नपूर्ण ट्रायथलन प्रतियोगितामा पहिलो महिला खेलाडीका रूपमा नाम लेखाएकी इन्द्रा द हिमालयन माउन्टेन बाइक च्याम्पियनसिपमा पनि पहिलो नेपाली खेलाडी बनिन्। त्यति मात्र होइन, उनी एभरेस्ट म्याराथनमा दौडिने पहिलो महिला खेलाडी पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .