वेस्ट इन्डिजविरुद्ध अनिल शाहले अर्धशतक पूरा गरेका छन्। अनिलले ४२ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे।
त्यसअघि अर्का ओपनर आशिफ शेख ५१ रन बनाउँदै क्याच आउट भएका थिए। ३२ बलमा २ चौका र ५ छक्का मद्धतमा १३ औँ ओभरमो पाचौँ बलमा अर्धशतक पूरा गरे। उनी चौथो ओभरको तेस्रो बलमा क्याच आउट भए।
वेस्ट इन्डिजले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा १ सय ३१ रन बनाएर खेलिरहेको छ।
अनिल शाह ५८ रन बनाएर आउट भए। कुशल मल्ल ११ रनमा नटआउट छन्।
165
Shares
प्रतिक्रिया