समाज


कैलालीमा माटोको ढिस्कोमा पुरिएकी महिलाको घटनास्थलमै मृत्यु

कैलालीमा माटोको ढिस्कोमा पुरिएकी महिलाको घटनास्थलमै मृत्यु

फाइल तस्बिर


नेपालखबर
बैशाख २३, २०८१ आइतबार ६:४०, काठमाडौँ

कैलालीमा घर पोत्ने माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ। 

गौरीगंगा नगरपालिका–५ लालीगुराँसकी ४१  वर्षीया लक्ष्मी सिजापतीको शनिबार  माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

स्थानीय शिवशक्ति सामुदायिक वन क्षेत्र माटो खन्ने क्रममा माथिबाट एक्कासी माटोको ढिस्को खस्दा उनी पुरिएकी थिइन्।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .