समाज


बाजुराको कोल्टीबाट सुत्केरी र गर्भवतीको उद्धार

बाजुराको कोल्टीबाट सुत्केरी र गर्भवतीको उद्धार

फाइल तस्बिर


नेपालखबर
बैशाख २३, २०८१ आइतबार ५:३२, बाजुरा

बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट शनिबार गर्भवती र सुत्केरी दुई महिलाको उद्धार गरिएको छ। 

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचारमा रहेकी दश दिनकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया ईश्वरी कार्की र स्वामी कार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। 

१० दिनकी गर्भवती कार्कीलाई उच्च ब्लड प्रेसरका कारण थप उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरिएको डा.प्रतीक न्यौपानेले जानकारी दिए। 

उनका अनुसार कार्कीको ब्लड प्रेसर नघटेको र दैनिक रुपमा बढ्न थालेपछि कोल्टीमा उपचार सम्भव नभएपछि रिफर गरिएको हो। 

त्यसैगरी गर्भवती महतराको पहिलो सन्तान पाउनेबेला पनि अप्रेशन गरेको र दोस्रो सन्तानसमेत अप्रेशन गर्नुपर्ने भएकाले जटिल प्रकृतिको समस्या भएकाले रिफर गरिएको डा.न्यौपानेले जानकारी दिए।

सुत्केरी र गर्भवतीको अवस्था जटिल भएका कारण कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए।  

दुबै जनालाई कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा लगिएको छ। जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएदेखि हालम्म जिल्लामा ३० जनाभन्दा बढी महिलाको हेलिकप्टरमार्फत उद्धार भइसकेको पौडेलले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .