समाज


भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी

भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १२:३०, लुम्बिनी

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ। 

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमा  हुने गोष्ठीमा विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको बौद्ध अध्ययन संकायका डीन डा माणिकरत्न शाक्यले जानकारी दिए। 

विश्वभरका मानिसहरु वातावरणीय सङ्कट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाले गोष्ठीको आयोजना गरिएको शाक्यको भनाई छ।

बुद्ध जन्मस्थलमा हुने गोष्ठीमा नेपालसहित श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, पोर्चुगल, फान्सलगायतका देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।

गोष्ठीमा बौद्ध शिक्षाको महत्व, लुम्बिनीसहितका बौद्ध स्थलहरुको संरक्षण र विकास तथा बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सम्बन्धमा छलफल र बहस हुनेछ । गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा समूहगत छलफल समेत गरिने जनाइएको छ।

गोष्ठीमा समकालीन विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाका कुन रूपहरू आवश्यक छन्, यस्तो शिक्षा फैलाउन लुम्बिनी बौद्ध विश्वविद्यालयले कसरी योगदान गर्नसक्छ र संसारभरका मानिसहरूले कस्ता प्रकारका पाठ्यक्रमहरू अपेक्षा गर्छन भन्ने विषयमा छलफल हुने छ।

बौद्ध शिक्षाको महत्वमा केन्द्रित भएर लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक कार्यक्रमबारेमा जानकारी दिन र मानवले सामना गरिरहेका जटिल समस्यालाई सम्बोधन गर्न योगदान पु¥याउने विश्वास गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .