समाज


मई दिवसमा ‘अन्टुक’ले गर्‍यो विराटनगर र इटहरीमा नगर सफाइ

मई दिवसमा ‘अन्टुक’ले गर्‍यो विराटनगर र इटहरीमा नगर सफाइ

नेपालखबर
बैशाख १९, २०८१ बुधबार १९:१८, विराटनगर

१३५ औँ मई दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)ले आज कोसी प्रदेशको विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिका क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको छ। 

विराटगरमा नगर सरसफाइपछि आयोजित कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा कोसी प्रदेशका इन्चार्ज हरिवोल गजुरेलसहितका नेताले सम्बोधन गरेका थिए। 

कार्यक्रममा नेता गजुरेलले देशको अर्थतन्त्र मजबुत बनाउने मुख्य शक्ति श्रमिक वर्ग भएको बताए। 

उनले श्रमिक वर्ग देशको वहुआयामिक विकासको आधार रहेकोले उनीहरुको अधिकारको सुनिश्चितता नभएसम्म मुलुकको विकास र रुपान्तरण सम्भव नहुनेमा जोड दिए। 

कार्यक्रममा पार्टीका सुनसरी इन्चार्ज निर्मल बरालले २०७२ को संविधानले श्रमिक वर्गलाई मूलरुपमा सम्बोधन गरे पनि नीति निर्माण तहमा मजदुरहरुको प्रतिनिधित्व सुनिश्चित गर्न संघर्ष गर्नुपर्ने बताए। 

मजदुर नेता टीका प्रसाईंले श्रम ऐनको १४५ औँ दफा खारेज गरी बाँकी ऐन कार्यान्वयन गरिनुपर्ने बताए। उनले सामाजिक सुरक्षा कार्यक्रम सम्पूर्ण पालिकाहरुले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा माओवादी केन्द्रको कोसी प्रदेशकी सह इन्चार्ज सावित्री कुमार काफ्ले, कोसी प्रदेश अध्यक्ष हर्क नेम्बाङ, माओवाी नेता भोगेन्द्र यादव, मजदुर नेताहरु उपेन्द्र राय, धर्मलाल माझी, गंगा मगर लगायतको सहभागिता थियो। 

त्यसैगरी मई दिवसको अवसरमा अन्टुकले सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा पनि सरसफाई गरेको छ। रंगशाला रोडस्थित अन्टुकको कार्यालयबाट सुरु भएका र्यालीले इटहरी बजार क्षेत्र परिक्रममा गरेको थियो। 

मजदुर नेताहरु टीका प्रसाईं, राजन काफ्ले लगायतको नेतृत्वमा आयोजित नगरसरसफाई कार्यक्रममा माओवादी केन्द्रका नेताहरुकोसमेत सहभागिता थियो। 

सरसफाईको अन्त्यमा आयोजित समापन सभामा माओवादी केन्द्र सुनसरीका इन्चार्ज निर्मल बराल, कोसी प्रदेशका मजदुर फ्याक्सनका इन्चार्ज हिमाल सुवेदी, मजदुर नेता टीका प्रसाईंले सम्बोधन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .