समाज


दुर्घटनामा आफ्ना कर्मचारीको मृत्यु भएपछि बकैया गाउँपालिकाले दियो शोक बिदा

दुर्घटनामा आफ्ना कर्मचारीको मृत्यु भएपछि बकैया गाउँपालिकाले दियो शोक बिदा

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार ९:३०, मकवानपुर

मकवानपुरको बकैया गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। 

बकैया गाउँपालिकामा कार्यरत कर्मचारी भीमसेन बजगाईँको निधनको शोकमा गाउँपालिकाले मंगलबार बिदा दिने निर्णय गरेको हो।

बकैया गाउँपालिका-५ मा गएको शुक्रबार बा २ ख ६९४३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २-०३-०२१ प ६६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बकैया-५ को भडौराका ३५ वर्षीय बजगाईँको मृत्यु भएको थियो।  

दुर्घटनामा गम्भीर घाइते भएका बजगाईँको उपचारको क्रममा हेटौँडाको चुरेहिल अस्पतालमा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .