ad ad

समाज


देशका यी ३ ठाउँमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, काडमाडौँमा पनि ३३ पुग्यो

अन्य ८ स्थानका तापक्रम पनि ४० आसपास
देशका यी ३ ठाउँमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, काडमाडौँमा पनि ३३ पुग्यो

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८१ शुक्रबार ७:४८, काठमाडौँ

केही दिनदेखि देशभर तापक्रम बढिरहेको छ। जसका कारण गर्मी भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार तराईका ३ स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा यसभन्दा माथि पुगेको छ।  

महाशाखाका अनुसार बिहीबार सबैभन्दा बढी अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ४१.४ डिग्री सेल्सियस पुगेको छ भने यसपछि बाँकेको नेपालगन्जमा ४०.५ र कैलालीको धनगढीमा ४० डिग्री सेल्सियस छ। 

यस्तै जनकपुरसहित देशका अन्य ८ स्थानमा पनि तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ।

महाशाखाको विवरणअनुसार बिहीबार अधिकतम तापक्रम धनुषाको जनकपुरमा ३९.६ डिग्री सेल्सियस, डोटीको दिपायलमा ३८ डिग्री सेल्सियस, सुर्खेतको वीरेन्द्रनगरमा पनि ३८, दाङको घोराहीमा ३७.७, सुनसुरीको धरानमा ३७.५, बाराको सिमरामा ३७.४ र मोरङको विराटनगरमा पनि ३७.४ डिग्री सेल्सियस पुगेको छ।

यसैबीच पहाडी क्षेत्रमा पर्ने काठमाडौँ उपत्यकामा समेत बिहीबार अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस पुगेको महाशाखाको विवरणमा उल्लेख छ। 

हेर्नुहोस् बिहीबारको  तापक्रम विवरण (आजको अपडेट आउन बाँकी नै छ)

मौसमविद्ले अबका तीन दिन अत्यधिक गर्मी हुने र तराईमा तातो हावा चल्ने भएकाले होसियारी अपनाउन सुझाव दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .