ad ad

समाज


दुई एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

दुई एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १६:०, काठमाडौँ

प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएका उमेश राज जोशी र भीमप्रसाद ढकाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

आइतबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले दुवै एआईजीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको निर्णय अनुसार उनीहरुलाई एआईजीमा बढुवा गरिएको थियो।

बढुवा भएसँगै जोशीको प्रदेश समन्वय विभागमा र ढकालको मानव स्रोत विकास विभागमा पदस्थापन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .