कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो नागरिकताको प्रतिलिपि सार्वजनिक गरेका छन्।
आफ्नो नागरिकताका विषयमा प्रश्न उठेपछि उनले सरोकारवाला तथा सर्वसाधारणको जानकारीका लागि भन्दै शुक्रबार नागरिकताको प्रतिलिपि सार्वजनिक गरेका हुन्।
‘राज्यका विभिन्न पदाधिकारीले व्यक्तिगत रूपमा प्रतिशोध र रिसइबी लिएर मेरो नागरिकताको विषयमा प्रश्न उठाएकामा सरोकारवाला तथा सर्वसाधरणको जानकारीका लागि मेरो नागरिकताको प्रतिलिपि यहाँ राखेको छु’, नागरिकताको प्रतिलिपिसहित उनले लेखेका छन्, ‘नाबालिगसहित परिवारका सदस्यका बारेमा २०३३/२०३४ सालमा राज्यले संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता र २०५७ मा प्रतिलिपि लिएको हुँ। राज्यले अभिलेखबाटै यी सबै विषय स्वाभाविक रूपमा पुष्टि हुन्छन्।’
हेर्नुहोस् सिरोहियाले सार्वजनिक गरेको आफ्नो नागरिकताको प्रतिलिपि-
यसअघि सिरोहियाले आफ्नो नागरिकताबारे शंका लागे राज्यलाई अनुसन्धान गर्न सक्ने बताएका थिए।
Shares
प्रतिक्रिया