ad ad

समाज


होटल एभरेष्टमा ‘म्याड वल्फ होली फेस्टिभल’ हुँदै

होटल एभरेष्टमा ‘म्याड वल्फ होली फेस्टिभल’ हुँदै

नेपालखबर
चैत ७, २०८० बुधबार १६:१५, काठमाडौँ

यस वर्षको होलीमा होटल एभरेष्टमा ‘म्याड वल्फ होली फेस्टिभल’ हुने भएको छ। केटीएम लाइभ इन्टरटेनमेन्टको आयोजनामा बानेश्वरस्थित होटल एभरेष्टमा म्याड वल्ड होली फेस्टिभल हुने भएको छ।

यो वर्षको होली आगामी चैत ११ गते रहेको छ। सहभागीले होली फेस्टिभलमा रंग खेल्न टिकट काट्नुपर्ने आयोजकले जनाएको छ। कार्यक्रम ११ बजेबाट सुरु हुनेछ।

डिजे कलाकारहरूमा कुश, डिजे मार्टी, मनिष, डिजे फिन्जोक, डिजे नोर्छेन, डिजे अनिष, डिजे बिकी कुल, डिजे र्‍याबिट, डेभिड ल्हो, वोङ्फे र डिजे पाल्तेनको लगायत सहभागिता रहनेछ।

त्यसैगरी कार्यक्रम सञ्चालनका लागि सञ्जय सिलवाल गुप्ता, रविन श्रेष्ठ र रक्षा उप्रेतीको उपस्थिति रहनेछ।

सहभागीले खल्ती एपबाट टिकट लिनुपर्ने बताइएको छ। प्रवेश शूल्क १ हजार ५ सय रहेको छ । सहभागीले १५ सयको टिकटमा कलर बम पाउने छन्।

फेस्टिभलमा फुड र भेपको स्टल रहने पनि बताइएको छ। इभेन्टको मुख्य सहयोगी पार्टनर रुस्लान भोड्का, काला पत्थर, विनायक फेब्रिकेसन, मिउमिउ, खल्ती एप र आइएसएस रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .