समाज


८ दिनअघि देउवाका ज्योतिषीले भनेका थिए : गठबन्धनको समीकरण नै परिवर्तन हुन सक्छ

८ दिनअघि देउवाका ज्योतिषीले भनेका थिए : गठबन्धनको समीकरण नै परिवर्तन हुन सक्छ

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार १६:४९, काठमाडौँ

२०७९ को निर्वाचनमा एकजुट भएका नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन सोमबार फेरि एक पटक टुटेको छ।

२०७९ पुस १० गते बनेको वाम दलसहितको गठबन्धनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फर्काउन सफल भएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवा पालैपालो प्रधानमन्त्री हुने गरी बनेको गठबन्धनमा तत्कालालई पूर्णविराम लागेको हो।

कांग्रेस र माओवादीको तत्कालीन गठबन्धन टुट्न सक्ने कुरा आठ दिनअघि मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाका ज्योतिषी सुरेशचन्द्र रिजालले गरेका थिए। 

देउवाका ज्योतिषीका रुपमा काम गरेका वास्तु शास्त्री रिजालले यही फागुन १३ गते सत्ता गठबन्धन समीकरण नै फेरिने भविष्यवाणी गरेका थिए।

कुनै बेला देउवा ७ पटकसम्म प्रधानमन्त्री हुने भविष्यवाणी गरेर चर्चा कमाएका रिजालले शनि ग्रहको निच दृष्टिमा कांग्रेस र माओवादीको सत्ता गठबन्धनमा समस्या आउने देखिएको उल्लेख गरेका थिए। 

उनले अदालतले दोषी ठहर गरेका व्यक्तिहरू सरकारमा रहिरहे गठबन्धन समीकरणमै फेरबदल आउने भविष्यवाणी फेसबुकमै सार्वजनिक रुपमा गरेका थिए। 

उनको भविष्यवाणीलाई प्रमाणित गर्दै सोमबार एमाले र माओवादी फेरि एक पटक सत्ता साझेदारीका लागि एकैठाउँ आइपुगेका छन्।

अर्थात्, सोमबारसम्मको सत्तारुढ कांग्रेसले प्रतिपक्षी बेन्चमा बस्ने निर्णय गरिरहँदा एमालेले प्रमुख सचेतक एवम् तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ।

‘ग्रहहरूका न्यायाधीश शनि ग्रहकाे निच (तृतीय) दृष्टि गुरु बृहस्पति माथि परिरहेकै समयमा छत्रभंग ग्रहयाेग परेकाले अदालतले दाेषी ठहर गरेका व्यक्तिहरू सरकारमा रहिरहे गठबन्धन समीकरण नै परिवर्तन हुन सक्ने संकेत!’, उनले ८ दिनअघि यसो भनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .