ad ad

राजनीति


गिरीबन्धु टी-स्टेट प्रकरणबारे ओलीको आरोप- कांग्रेसले कमिसन खाएर ७० बिघा बेच्यो

गिरीबन्धु टी-स्टेट प्रकरणबारे ओलीको आरोप- कांग्रेसले कमिसन खाएर ७० बिघा बेच्यो

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८१ बुधबार १४:५२, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गिरीबन्धु टी-स्टेटको ७० बिघा जमिन कमिसन खाएर बेचेको आरोप लगाएका छन्। 

बुधबार नयाँ बानेश्वरमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले गिरीबन्धु टी–स्टेटको एकपटक ५१ बिघा र अर्काेपटक १९ बिघा जग्गा सट्टापट्टा गर्ने नाममा कमिसन खाएर बिक्री गरेको आरोप लगाएका हुन्। 

‘कांग्रेसले एमालेको सन्दर्भमा टिप्पणी गर्दा ख्याल गरोस्, जुन गिरीबन्धु टी–स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपटक ५१ बिघा, अर्को पटक १९ बिघा कमिसन खाएर सट्टापट्टा गर्ने नाममा बिक्री गरेको छ’, ओलीले भने, ‘त्यही टी स्टेट पछि अदालतले नियम र ऐन बनाएरमात्रै यस्ता कामहरू अगाडि बढाउनु भनेपछि अदालतको आदेशबमोजिम हामीले ऐन बनाएका र्हौँ।’

उनले अदालतको आदेशपछि आफूले नियम मात्रै बनाएको र त्यो कार्यान्वयन नभएको बताए। 

‘त्यसको कार्यान्वयन भएको छैन। त्यो नियममा विभिन्न सर्तहरू राखिएको छ, ती सर्तहरू पूरा भएर यो ठाउँको जग्गा सट्टापट्टा गर्ने यो ठाउँको बिक्ने भनिएको पनि छैन’, उनले भने, ‘अदालतले अहिले पनि फैसला गर्दा हदभन्दा बढीको त्यो जग्गा दिन पाइँदैन भन्नुपर्‍यो नि। दिनचाहिँ मिल्छ तर यसको अपरिपक्वता देखियो। हामी सम्मानित अदालतको सम्मान गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .