राजनीति


महासमिति सदस्यलाई देउवाले भने : संविधान संशोधनका लागि छलफल थालौँ

महासमिति सदस्यलाई देउवाले भने : संविधान संशोधनका लागि छलफल थालौँ

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन ७, २०८० सोमबार १६:४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्नेगरी छलफल प्रारम्भ गर्नुपर्ने बताएका छन्। 

पार्टीको आज (सोमबार) बाट सुरु भएको महासमिति बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै देउवाले संविधानको शासकिय स्वरुप, मुलभूत विषयमा प्रतिकुल प्रभाव नहुनेगरी संशोधनको छलफल सुरु गर्नुपर्ने बताएका हुन्। 

‘संविधान जारी भएको ८ वर्ष भएको छ। यसको कार्यान्वयनको क्रममा देखा परेका समस्या, जटिलता पहिचान गर्नुपर्ने भएको छ। संविधानले व्यवस्था गरेको शासकिय स्वरुप, मूलभुत विषयमा प्रतिकुल प्रभाव नहुनेगरी संविधानको संशोधन गर्नेगरी छलफल प्रारम्भ गर्नुपर्नेछ,’ देउवाले भने। 

उनले संविधानको शासकिय स्वरुप नेपाली कांग्रेसको मान्यता अनुसार नै रहेको दाबी गरे। 

‘नेपालको वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा भएको हो। संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संसदीय शासन प्रणाली सुनिश्चित गरेको छ। शासकीय स्वरुप नेपाली कांग्रेसको मान्यता अनुसार छ,’ उनले भने। 

संविधानको रक्षा र सार्थक कार्यान्वयन आजको मुख्य एजेन्डा भएको देउवाको भनाइ छ। 

‘नेपाली कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनमा पक्षमा दृढ छ। यो हाम्रो दायित्व पनि हो। यसै संविधानको उचित कार्यान्वयनले देशमा दिगो, शान्ति, सुशासन, विकास र समृद्धि ल्याउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ,’ उनले भने। 

संविधानमाथि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यक रहेको बताउँदै उनले संविधान जनताको आशा, भरोसा गर्ने विषय बन्नुपर्ने तर्क गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .