ad ad

राजनीति


देउवाले भाषण गर्दागर्दै जब बत्ती गयो...

देउवाले भाषण गर्दागर्दै जब बत्ती गयो...

चुनावी सभाका क्रममा देउवा। तस्बिर : वासुदेव मिश्र/नेपालखबर


नेपालखबर
बैशाख ६, २०८० बुधबार १७:०, तनहुँ

तनहुँ क्षेत्र नम्बर १ मा बुधबार दिउँसो आयोजित सत्ता गठबन्धनको चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोल्दा बोल्दै बत्ती गएको छ। 

तनहुँको डुम्रे बजारमा आयोजित चुनावी सभाका क्रममा देउवाले गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन आग्रह गरिरहेका थिए।

देउवाले भट्टराईलाई भोट माग्दै धमाधम अस्पतालदेखि टेक्निकल विश्वविद्यालयसमेत बनाइदिने भनेर विकासे योजना बाँडिरहेका बेला बत्ती गएको हो।

बत्ती गएर माइक रोकिएपछि आयोजकले जेनेरेटर चलाए। जेनेरेटर चलाएर माइक अन भएपछि उनले देशबाट लोडसेडिङ अन्त्य गर्ने वचन पनि दिए। तर नेपाल विद्युत् प्राधकिरणले नेपालबाट यसअघि नै लोडसेडिङ अन्त्य भएको घोषणा गरिसकेको छ। 

उनले जेनेरटर चलाइसकेपछि बोल्दै अब पनि देशमा सरकार आफूहरुकै बन्ने बताए। 'सरकार अर्काको बन्दैन बन्ने हाम्रै हो, गर्ने हाम्ले हो', उनले भने, 'त्यसैले हामी काम गर्छौँ, लोडसेडिङ पनि हटाउँछौँ।' 

देउवाले भट्टराईलाई जिताउन आग्रहसहित तनहुँमा टेक्निकल विश्वविद्यालय र अस्पताल बनाउने जिम्मा आफ्नो भएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .